कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
कोरोना भाइरस संक्रमणको त्रास र प्रभावका कारण पोखरा छोड्नेहरूको संख्या बढ्दो छ ।
बसपार्क क्षेत्रमा मानिसहरूको भीड देखिन्छ भने यातायातका साधन यात्रुले भरिएका छन् ।
काखमा बच्चा च्यापेर बसको पर्खाइमा रहेकी पर्वतको कार्कीनेटाकी कमला पौडेलले केही दिन गाउँमा बसेर पोखरा फर्किने बताइन् । पोखरामा डेरामा बस्ने उनका पति र ८ वर्षका अर्को छोरा पनि छन् ।
कमलाले भनिन्, ‘के जाति कोरोना आयो भन्छन्, स्कूल पनि छुट्टि गरे । गाउँमै आनन्द छ । त्यसैले सबैजना घर जान लागेको ।’
कमला जस्तै शहर छोड्नेको लर्काे केही दिनयता ह्वात्तै बढेको हो । मानिसहरू पोखरा छोडेर गाउँ फर्किदा शहर समेत शून्य हुँदै गएको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि अध्यक्ष योगेन्द्रबहादुर केसीका अनुसार दशैंको बेलामा हुने चापभन्दा बढी भएको छ । पोखराबाट पूर्वको तुलनामा पश्चिम जानेहरू अझ बढी छन् ।
केसीले भने, ‘सामान्य अवस्थामा पश्चिममा ८ वटा रात्रिबस छुट्ने गरेकोमा शनिवार मात्र ३० वटा रात्रिबस छुटे । महेन्द्रनगरका लागि दैनिक १ मात्र रात्रिबस छुट्ने गरेकोमा अहिले ४ र धनगढीका लागि २ गाडी छुट्ने गरेकोमा ५ गाडी छुटेका हुन् ।’
प्रधानमन्त्री ओलीले शुक्रवार देशबासीका नाममा गरेको सम्बोधनमा चैत १० गते सोमवारदेखि लामो दुरीका सवारीसाधन रोक्ने घोषणा गरेकोमा आइतवार लामो दुरीका सवारीसाधन चल्ने अन्तिम दिन हो । सार्वजनिक सवारीसाधन सोमवारदेखि एक जिल्ला कटेर अर्को जिल्लामा जान नपाइने पनि भनिएको छ । त्यसकारण हतारहतार मानिस गाउँ फर्किंदा सवारीसाधनमा भीड बढेको हो । नेपालमा यातायात क्षेत्रमा सबैभन्दा ठूलो कम्पनी पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीसँग सम्बन्धित हाल १ हजार ४०० गाडी छन् ।
बजारको तुलनामा गाउँमा बस्ती कम हुने र भीडभाड समेत कम हुने भएकोले सरकारले पनि गाउँ फर्किन मानिसलाई उक्साएको छ । आइतवारदेखि अत्यावश्यक कार्यालयबाहेक सरकारी कार्यालय बन्द छन् । स्कूल–कलेज यसअघि नै बन्द गरिएको छ ।
नेपाल यातायात व्यवसायी संगठनका केन्द्रीय सचिव बलराम सापकोटाले यात्रुले पनि कोरोना भाइरसविरुद्ध सचेतता अपनाउनुपर्ने सल्लाह दिन्छन् । उनले गाडीमा चढ्नुअघि सकेसम्म मास्क प्रयोग गर्न सुझाएका छन् ।
पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीका अनुसार पोखरामा हाल १२ देखि १५ लाख मानिसको स्थायी वा अस्थायी बसोबास छ । पोखरा नेपालमै सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको महानगर हो ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...