भदौ २१, २०७६
सुर्खेत – राउटेलाई जंगलका राजा भनिन्थ्यो । राउटे समुदाय जंगलमै रमाउँथ्यो र जंगलमै फिरन्ते जीवन बिताउँथ्यो । राउटेको जंगली जीवन एकादेशको कथाजस्तै बनाइएको छ । राउटेको जीवन सुधार्न भन्दै सरकार र विभिन्...
ज्यानमारा कोरोनभाइरस जनावरहरूबाट मानिसहरूमा कसरी सरेको हो भन्ने विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । बीबीसीकी हेलेन ब्रिग्सले कोरोनाभाइरसको स्रोत पत्ता लगाउन वैज्ञानिकहरूले कस्तो कोशिश गरिरहेका छन् भनी लेखेकी छन् ।
चीनको कुनै एक क्षेत्रमा एउटा चमेरोले आकाशमा उड्दै गर्दा दिसामार्फत कोरोनाभाइरसको अवशेष छोड्यो । त्यो दिसा एउटा जंगलमा खस्यो । सम्भवतः सालकले त्यसलाई सुँघ्यो र त्यसैमार्फत अन्य जनावरमा कोरोना फैलियो ।
संक्रमित भएको जनावर मानिसको सम्पर्कमा आयो र त्यो मानिसमा बिरामी फैलियो । त्यसपछि वन्यजन्तु बेच्ने बजारका कामदारहरूमा कोरोना फैलियो र तिनीहरूबाटै संसारभरि भाइरस संक्रमण भयो ।
वैज्ञानिकहरू कोरोनाभाइरस जनावरहरूबाट फैलिएको कुरा साबित गर्न खोजिरहेका छन् । जूलोजिकल सोसाइटी अफ लन्डनका प्राध्यापक एन्ड्रु कनिंघम घटनाहरूको सिलसिला जोड्ने काम भइरहेको बताउँछन् । यो खोज कुनै जासूसी कथा जस्तो भएको उनको कथन छ ।
कनिंघमका अनुसार, अनेकौं जंगली जनावर कोरोनाभाइरसका स्रोत हुन सक्छन् तर विशेषगरी चमेराहरूमा फरक फरक किसिमका कोरोनाभाइरस भेटिन्छन् ।
तर हामीहरू यस संक्रमणका बारेमा कत्तिको जानकार छौं ?
स्तनधारी जनावरहरू प्रत्येक महादेशमा पाइन्छन् । तिनीहरू प्रायः आफैं बिरामी हुँदैनन् तर विषाणु एकदमै छिटो फैलाउँछन् । युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक केट जोनसका अनुसार, चमेराहरूले आफैंलाई परिवर्तन गरेका अनेकौं प्रमाण पाइन्छन् । उनी भन्छन्, ‘चमेराहरू बिरामी भए भने तिनमा धेरै विषाणु आइलाग्छन् । चमेराको जीवनशैली हेर्दा उनीहरूमा विषाणु व्यापक भेटिन्छ ।’
युनिभर्सिटी अफ नटिंघमका प्राध्यापक जोनाथन बोल भन्छन्, ‘चमेराहरू स्तनधारी भएकाले यिनीहरूले सीधै मानिसलाई संक्रमित गराएको वा अन्य जनावरमार्फत गराएको शंका गर्ने ठाउँ छ ।’
एक रहस्यमय जनावरको शरीरमार्फत चीनको वुहानमा संक्रमण फैलिएको कुरा पनि अनुसन्धान हुँदैछ । सालकमाथि पनि शंका गरिँदैछ । संसारभरि सालकको खुबै तस्करी गर्ने गरिन्छ । यो विलुप्त हुन लागेको जीव हो ।
एसियामा यसको ठूलो माग छ । परम्परागत चिनियाँ औषधिको निर्माणमा यसको उपयोग गरिन्छ । केही मानिस त यसको मासु पनि स्वाद मानेर खान्छन् । सालकमा कोरोनाभाइरस भेटिन्छ । मानिसहरूमा संक्रमण फैलिनुअघि चमेरा र सालकको विषाणुमा आनुवंशिक आदानप्रदान भएको हुन सक्छ ।
विशेषज्ञहरू कुनै पनि निष्कर्षमा पुग्न हिचकिचाइरहेका छन् । सालकमाथि गरिएका अध्ययनको पूर्ण आँकडा पनि जारी गरिएको छैन । त्यसैले सालकबाट कोरोना फैलिएको कुरा पुष्टि गर्न गाह्रो छ ।
प्राध्यापक कनिंघमका अनुसार, सालकको पृष्ठभूमि र त्यससँग जोडिएको अनुसन्धान निकै महत्त्वपूर्ण छ ।
सालक तथा अन्य वन्यजन्तुका मासु बजारमा बिक्छन् । त्यहाँ विषाणुहरू एक जीवबाट अर्को जीवमा जान पाउँछन् । मासु बजार एक जीवबाट अर्को जीवमा विषाणु फैलाउने सबभन्दा जोखिमयुक्त स्थान हो । त्यहाँ मानिस पनि संक्रमित हुन्छन् ।
कोरोनाभाइरस फैलिएपछि चीनको वुहानमा वन्यजन्तु बजार बन्द गरियो । त्यहाँ जिउँदो वा मारिएका जनावरको मासु बेचिन्थ्यो । उँट, कोआला र अनेकौं चराका मासु पनि त्यहाँ भेटिन्थे ।
कोरोना फैलिनमा अनि हजारौंजनाको मृत्यु हुनमा को जिम्मेवार थियो भन्ने कुरा हामीले थाहै नपाउन सक्छौं । युनिभर्सिटी अफ ईस्ट एंग्लियाकी प्राध्यापक डायना बेल भन्छिन्, ‘हामीहरू सतर्क भयौं भने खतरनाक विषाणुबाट बच्न सक्छौं । हामीहरू फरक फरक देशका, भिन्न जलवायुका अनि भिन्न जीवनशैली अपनाउने जनावरहरूलाई एकै ठाउँमा ल्याइरहेका छौं । पानीमा बस्ने र रुखमा बस्ने जनावरहरूलाई हामी घालमेल गरिरहेका छौं । हामीले यसलाई रोक्नुपर्छ ।’
सुर्खेत – राउटेलाई जंगलका राजा भनिन्थ्यो । राउटे समुदाय जंगलमै रमाउँथ्यो र जंगलमै फिरन्ते जीवन बिताउँथ्यो । राउटेको जंगली जीवन एकादेशको कथाजस्तै बनाइएको छ । राउटेको जीवन सुधार्न भन्दै सरकार र विभिन्...
सर्वोच्च अदालतबाट अवकाश पाउँदै गरेका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफ्नो निजी निवासको सिँगारपटारमा लाखौं रुपैयाँको सरकारी खर्च गरेका छन् । काठमाडौंको नैकापस्थित निजी निवासमा कार्कीले सर्वो...
सरकारी सम्पत्तिमा रजाइँ गरिरहेको तारागाउँ रिजेन्सी होटल (हायात) माथि सरकारी समितिको अध्ययन अलपत्र परेको छ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले फागुन २९ गते ७ दिनको समय दिएर अ...
भारतको राजस्थानमा यसै वर्ष हुने विधानसभा चुनावको मिति नजिकिँदै गर्दा मुख्यमन्त्री अशोक गहलोतले राहतको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत मुख्यमन्त्री गहलोतले महंगी राहत शिविरमा प्राप्त सुझावका आधारम...
सरकारकै एउटा निकायले उठाएको शुल्कमाथि राज्यकै अर्को निकायले आँखा लगाएका कारण नेपाल पर्यटन बोर्डले डेढ दशकदेखि उठाउँदै आएको पर्यटन सेवा शुल्क विवादमा तानिएको छ । पर्यटन बोर्डले नेपाल भित्रिएका पर्यटक बाहिरि...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स (दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि) प्रविधि खरिद प्रकरणमा ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष न...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...