अन्तरिक्षयात्रीको पिसाबबाट बसाइनेछ चन्द्रमामा बस्ती !

अन्तरिक्ष वैज्ञानिकहरूले चन्द्रमामा बस्ती बसाउनका लागि अन्तरिक्षयात्रीको पिसाब सस्तो र सहज विकल्प भएको बताएका छन् । 

नयाँ अनुसन्धानमा लेखिएअनुसार, अन्तरिक्षयात्रीको मूत्र र चन्द्रमाको माटो मिसाएर चन्द्रमामा बस्ती बसाउन सकिन्छ । पृथ्वीबाट सामान पठाउने खर्च पनि यसले जोगाउँछ । 


Advertisement

अमेरिकी अन्तरिक्ष एजेन्सी नासा, युरोपेली अन्तरिक्ष एजेन्सी र चिनियाँ अन्तरिक्ष एजेन्सीले आगामी केही दशकमा चन्द्रमामा बस्ती बसाउने योजनामा काम गरिरहेका छन् । चन्द्रमामा सास फेर्न सहज वातावरणको अभाव,

रेडिएसन, अत्यधिक तापक्रम र उल्कापिण्डहरू खसिरहने भएकाले लामो समयसम्म त्यहाँ बस्न बलियो संरचना आवश्यक हुन्छ । 


Advertisement

यसको समाधानका लागि स्पेनको पोलिटेक्निक विश्वविद्यालयका वैज्ञानिकहरूले मानवमूत्रमा पाइने युरियालाई चन्द्रमाको माटोसँग मिसाएर ३डी प्रिन्टेड कंक्रिटको संरचना बनाएका छन् । 

वैज्ञानिक रामोन पेमिइसले भने, ‘कुनै पनि निर्माण सामग्रीलाई अत्यधिक तापक्रम परिवर्तन हुँदा पनि टिकिरहने बनाउनुपर्नेछ ।’ 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्