प्रधानमन्त्री ओलीले बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएको छ ।

उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत हेर्न सकिनेछ ।


Advertisement

कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ । यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्