महाभारत धारावाहिकमा गान्धारी बन्ने रेणुका इसरानी अहिले देखिन्छिन् यस्तो

भारतमा कोरोनाभाइरस संक्रमण रोक्नका लागि लगाइएको लकडाउन (बन्दाबन्दी) का बेलामा दूरदर्शनले रामायण र महाभारत धारावाहिक देखाउन थालेको छ । यी दुवै शोले राम्रो टीआरपी बटुलिरहेका छन् ।

यससँगै धारावाहिकमा खेल्ने कलाकारहरूको पनि चर्चा चल्न थालेको छ । 


Advertisement

महाभारतमा गान्धारीको भूमिका निर्वाह गर्ने रेणुका इसरानी त्यसअघि हम लोग भन्ने धारावाहिकमा पनि देखिएकी थिइन् ।

महाभारतमा रेणुकाको आँखामा पट्टी बाँधिएको रूपमा देखिएपनि मानिसहरूले उनलाई चिन्न थालेका थिए । महाभारतमा काम गर्दा उनी २२ वर्षकी थिइन् । 


Advertisement

त्यतिखेर उनी अभिनय क्षेत्रमा जम्ने कोशिश गरिरहेकी थिइन् । महाभारतले उनलाई नसोचेको सफलता दिलायो । 

रेणुकाले राजस्थानको जयपुरमा महारानी कलेजबाट पढाइ सकेकी हुन् । उनी अलराउन्डर गोल्ड मेडलिस्ट हुन् । दिल्लीमा नाटक खेल्ने क्रममा पनि उनले अनेकौं पुरस्कार जितेकी थिइन् । 

महाभारतमा गान्धारी बन्नुअघि रेणुकाले एउटा गुजराती नाटकमा पनि गान्धारीको भूमिका निर्वाह गरिसकेकी थिइन् । 

आँखामा पट्टी बाँध्दा अनुहारको हाउभाउ अभिव्यक्त गर्न अलिक गाह्रो परेको भए पनि त्यति कलिलै उमेरमा आफूले गान्धारीको गहन भूमिका खेल्न पाएकोमा खुशी भएको रेणुकाले बताइन् ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्