×

NMB BANK
NIC ASIA

ठाँटीकाँधकी हरिकलाका लागि लकडाउन : खानाको लागि न पालिकाको भर, न छ आफ्नै घर !

बैशाख १५, २०७७

NTC
Premier Steels

बन्दाबन्दी लागु भएको नेपालमा आज चौंतिस दिन भएको छ । यो ३४ औं दिनमा आइपुग्दा आफ्नै जग्गा जमिन नभएका, ज्यालामजदुरी गर्नेहरुको अवस्था निरन्तर दयनीय बन्दै गइरहेको छ । ठाँटीकाँध गाउँपालिका वडा नं. एक ठाँटीकाँधमा अर्काको घरमा बस्दै आइरहेकी हरिकला वादी कहिले लकडाउन सकिएला र पेट भरि खान पाउँला भन्ने चिन्तामा रहेकी छिन् ।

Muktinath Bank

‘पहिले माटाको सुल्पा विक्री गरेर भएपनि खाद्यान्नको जोहो गर्थें र पेट पाल्थें । गाउँमा कसैसँग मागेर भएपनि यो पेट भर्ने गरेकी थिएँ ।’ तीन वर्ष अगाडी भत्किएको घर देखाउँदै हरिकलाले भनिन्, ‘श्रीमान वितेको आठ वर्ष भन्दा बढि भएको छ । अहिले त मागेर खाना खाउँ भनेपनि कसैले सजिलै दिने अवस्था छैन ।’ लकडाउनले आफूलाई गाउामा जान बन्देज लगाउँदा भोको बस्नुपरेको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एकातिर गाउँमा जान पाइएको छैन, अर्कोतिर जग्गा पनि छैन । थोरै सार्वजनिक जग्गामा खेति लगाइएपनि त्यसले एक महिना पनि खान पुग्दैन । एकल महिला भत्ता पाउने गरेपनि फागुनमा पाइने भत्ता अहिलेसम्म पाइएको छैन । ऋण गरौं कोही पत्याउँदैनन् । कसरी बाँच्ने होला ? के खाने होला ?’ उनले लोकान्तरसँग कुराकानी गर्दै भनिन्, ‘अर्काको घरमा बस्नु परेको छ । घरको थाडो भत्किाएको छ । अर्काको घरका व्यक्ति आएको खण्डमा बाहिर  खुला आकाशमा नै सुत्नुपर्ने अवस्था छ ।’ कसैले पनि अहिलेसम्म सहयोग नगरेको उनको गुनासो छ ।


Advertisment
Nabil box
Kumari

‘दुइ लाख जति भइदिएको भए घर बनाउँथे, रुखो सुको रोटी आफ्नै चुलामा पकाएर खान्थें,’ चौध वर्षको एक छोरासँगै बस्दै आएकी हरिकलाले दुइ हात जोडदै भनिन्, ‘एक एक किलो चामल उधारो ल्याएर खाएको ऋण तिर्न पाएकी छैन ।’ आफु एक्लै भएका कारण के धन्दा गर्नु कसरी गर्नु भन्नेमा रहेको उनको भनाइ थियो ।

Vianet communication

‘पसल खोलौं भने कहाँबाट खोलौं, शुल्पा विक्री गरेर पनि पर्याप्त आम्दानी हुँदैन । तम्बाकु खाने व्यक्ति गाउँमा कम भएका कारण सुल्पा पनि विक्री हुन छाडेको छ । गाउँपालिकाले कोरोनाबाट जोगिन भन्दै साबुन बाँडेको सुनेकी थिएँ, मैले त त्यो साबुन पनि पाइन,’ उनले भनिन्, ‘गरिब भनेर नाम लेख्ने धेरै आए, खाना र सहयोग गर्ने कोही आएनन् । दुखिहरुकालागि कोही हुँदा रहेनछन् ।’

उनले आफू माइत भएको बेलामा भोट हाल्नको लागि यहाँ बोलाइएको बताउँदै उक्त गुण नेताले चाँडै भुलेको गुनासो गर्छिन् ।

‘ठाँटीकाँध सरकारले अहिलेसम्म भत्ता दिएको भए भोकै बस्नुपर्ने अवस्था आउदैन थियो ।’ उनले भनिन्, ‘भोकबाट जोगिने अवस्था खोज्दैछु, सहयोग गरिदिएको भए आभारी हुने थिएँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x