×

NMB BANK
NIC ASIA

केन्द्रको जस्तै राजनीतिक चलखेल नेकपा कर्णालीमा शुरू, मुख्यमन्त्रीले गुटगत बैठक गरेको आरोप

बैशाख १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंमा प्रधामन्त्री केपि शर्मा ओलीलाई एक्ल्याइएको अभ्यास कर्णालीमा पनि शुरू भएको छ ।

Muktinath Bank

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर वोगटी र सह इन्चार्ज यामलाल कंडेललाई थाहै नदिई सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भर्चुअल बैठक पार्टीका कर्णाली इन्चार्ज जनार्दन शर्मा र पार्टी  सचिव मायाप्रसाद शर्माबीच आइतबार सम्पन्न गरेपछि नेकपा कर्णाली वृत्तमा खैलाबैला मच्चिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री सचिवालयको आधिकारिक पेजबाट शनिबार साँझ सार्वजनिक गरिएको उक्त तस्वीरमा सरकारका मन्त्री र पूर्व माओवादी पक्षधरका नेताहरुको मात्रै बैठकमा सहभागि भएको देखिन्छ । ‘सरकारका कामकारवाही र कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरुको सम्वन्धमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्रीज्यू, मन्त्रीज्यू र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश ईन्चार्ज जनार्दन शर्मा र मायाप्रसाद शर्मा विच अन्तरक्रिया । भर्चुअल प्रविधिको प्रयोग गरि गरिएको अन्तरक्रियामा सरकारले तय गर्नुपर्ने आगामी रणनीतिको सम्वन्धमा पार्टी नेताहरुले सुझाव दिनुभएको छ,’ पेजमा लेखिएको छ ।


Advertisment
Nabil box
Kumari

‘सरकारले आयोजना गर्ने यस्तो बैठकमा पूर्व एमाले पक्षधरका नेतालाई सहभागि गराइएको छैन । यो आपत्तिजनक छ,’ अनेरास्ववियू सुर्खेतका संयोजक धुपेन्द्र शाहीले भने, ‘सरकारले नै गुट चलाईरहेको छ जस्तो महसुस भएको छ ।’

Vianet communication
Laxmi Bank

उनले पार्टीमा गुटबन्दी चर्को भइरहेको बताउँदै त्यसतर्फ सरकार संवेदनशील हुनपर्नेमा नभएको आरोप लगाए । ‘सरकारले पार्टी अध्यक्षलाई सह इन्चार्जलाई बाइपास गरेर जानुको अर्थ के हो ?’ प्रश्न गर्दै संयोजक शाहीले भने, ‘विधान बमोजिम जानु पर्छ कि पर्दैन ? फेरि पनि पूर्व माओवादी र पूर्व एमाले भन्दै सरकारले कित्ता काट गरिरहने ?’

सरकारले यसरी गुटलाई बढावा दिने काम राम्रो नभएको उनको भनाइ थियो । नेकपा कर्णाली प्रदेश सहइन्चार्ज यामलाल कंडेलले उक्त बैठकबारे कुनै पनि जानकारी नभएको बताउँदै भए गरेका कुराको बारेमा अनभिज्ञता प्रकट गरे ।

‘मलाई केहि जानकारी नै छैन ।’ उनले भने, ‘यसबारेमा मैले थप कुरा के भन्नु र ?’ नेता कंडेलले शनिबार नै सामाजिक सञ्जालमा स्टाटससमेत लेखेका छन् ।

‘अहिले सम्म कर्णाली प्रदेशमा कोरोना भाईरसको प्रभाब देखिएको छैन । राम्रो कुरा हो । यस्तै रहिरहोस हामी सबैको कामना छ । सबै आ–आफ्नो स्थानमा सजग नै रहेको पाईन्छ । प्रदेश सरकारले पनि आफ्नो सक्रियता बढाइरहेको हुदा हुँदै पनि सरकारमा रहनु भएका साथीहरूले जे गरिरहनु भएको छ गम्भीरता पुर्बक समीक्षा गरि लकडाउन अनुकुलको निर्णय र व्यवहार गर्न हार्दिक अनुरोध गर्दछु ।’ नेता कंडेलको यो स्टाटसपछि मुख्यमन्त्री शाहीले इन्चार्जसँग कुराकानी गरेको नेकपा श्रोतको दाबी छ ।

नेता कंडेल र सरकारमा रहेका प्रकाश ज्वाला पूर्व एमालेका हुन । दुवै जना सहइन्चार्ज पनि हुन । ज्वाला सरकारको मन्त्री भएका कारण बैठकमा सहभागि भएको नेकपा श्रोतको दाबी छ । 

नेकपा कर्णाली प्रदेश कमिटिका एक सदस्यले सबैलाई राखेर जानु भन्दा सरकार पुरानै गुटका आधारमा चलिरहेको बताए । ‘सरकारले नेकपाो विधिान बमोजिम जानु पर्छ । यहाँ एक दुइ व्यक्ति बलियो वा पहुँच भन्दा पनि सबैलाई समेटेर कर्णालीका नागरिकको भावना अनुसार अघि बढनुको विकल्प छैन,’ उनले भने, ‘सामुहिक रुपमा कुनै समस्या भएको खण्डमा सरकारले सबैलाई राखेर काम गर्नुपर्छ । एक्लै चल्न खोज्नु मुर्खता हो ।’

नेकपामा पूर्व एमालेमा सह इन्चार्ज कंडेल, अध्यक्ष वोगटी ओली पक्षधर हुन भने अर्का सह इन्चार्ज ज्वाला माधव नेपाल खेमाका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x