भारतका उम्दा अभिनेता इरफान खानको मृत्यु

बलिउड तथा हलिउडका उम्दा कलाकार इरफान खानको बुधवार मृत्यु भएको छ । मंगलवार उनलाई मुम्बईको कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा भर्ना गरिएको थियो । 

सन् २०१८ मा उनलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो । 


Advertisement

उनको मृत्युको खबर फिल्म निर्देशक सुजित सरकारले ट्विटरमा शेयर गरेका थिए । 

इरफान सन् २०१९ मा विदेशमा उपचार गराउन गएका थिए । त्यस अवधिमा उनले निर्देशक होमी अदजानियाको अंग्रेजी मिडियम फिल्ममा मात्र काम गर्न पाएका थिए । 


Advertisement

इरफानकी आमा सईदा बेगमको मृत्यु शनिवार भएको थियो र उनले भिडियो कलमार्फत अन्त्येष्टिमा सहभागी भएका थिए । 

इरफानले विभिन्न इन्डस्ट्रीमा दशकौंसम्म काम गरेका थिए । भारतीय फिल्मका साथै उनले विदेशी फिल्महरू स्लमडग मिलनेयर, जुरासिक पार्क, दी अमेजिङ स्पाइडरम्यान र लाइफ अफ पाइ लगायतमा खेलेका थिए । 

उनका प्रसिद्ध फिल्ममा सलाम बम्बे!, मकबूल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुण्डे, पिकु, तलवार र हिन्दी मिडियम पर्छन् ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्