×

NMB BANK
NIC ASIA

अब पाठकले नेपाली पुस्तक पढ्दा र सुन्दा साहित्यकारले रोयल्टी पाउने

बैशाख २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली भाषामा पूर्णरूपमा साहित्यिक सामग्री पस्कने अनलाइन पोर्टल सार्वजनिक भएको छ । 

Muktinath Bank

व्यावसायिक साहित्यिक पत्रकारिताको खाँचो पूरा गर्न साहित्यपोस्ट डट्कम बजारमा ल्याएको प्रधानसम्पादक अश्विनी कोइरालाले बताएका  छन् । उक्त पत्रिका  बुद्ध जयन्ती, उभौली पर्व र गुरु गोरख जयन्तीको अवसर पारेर बिहीवार सार्वजनिक गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिन्दु, बौद्ध र  किँरात धर्मका महत्वपूर्ण पर्व एकै दिन परेका कारण सबै भाषा, संस्कृति र  साहित्य प्रेमीलाई समेट्न यो उपयुक्त दिन हुने कोइरालाले बताएका छन्  ।


Advertisment
Nabil box
Kumari

साहित्यपोस्ट डटकमले नेपाली भाषा, साहित्य र संस्कृतिका सामग्री पस्कने बुझिएको छ । यो अनलाइनमार्फत अडियो बुक, डिजिटल बुक र भिडियो बुक पढन,  सुन्न र हेर्न सकिने छ । 

Vianet communication
Laxmi Bank

‘प्रारम्भमा हामी अक्षर र दृश्यमार्फत पाठकमाझ पुग्नेछौ । केही समयपछि अडियो र डिजिटल बुक पनि यसैमार्फत हेर्न, पढ्न र सुन्न सकिनेछ ।’ कोइरालाले भने, ‘प्राविधिकरुपमा बलियो बनाउनु पर्ने आवश्यकताका कारण अडियो बुक र डिजिटल पुस्तक पाठकसम्म पुग्न केही समय लाग्ने छ ।’

पछिल्लो समय डिजिटल पुस्तकको बजार बढ्दै गएको र सम्पूर्ण साहित्यिक सामग्री एकै थलोबाट प्राप्त गर्न सजिलो होस् भन्ने अभिप्रायले साहित्यपोस्टको योजना बनेको बताइएको छ । विदेशमा रहेका पचास लाख नेपालीहरुले एकै ठाउँ भाषा, साहित्य र संस्कृतिका सामग्री प्राप्त गर्न सजिलो बनाउने योजना रहेको पनि कोइरालाले बताए । 

‘नेपालभित्र पनि गाउँ गाउँमा साहित्यिक सामग्री पुग्न सकेका छैनन् ।’ प्रधानसम्पादक कोइराला भन्छन्, ‘विद्यालयहरुले पनि आफ्ना विद्यार्थीहरुलाई त्यही माध्यमद्वारा साहित्यिक सामग्री पठाउन सकून् भन्ने चाहाना छ ।’

पाठकहरुले सुनेका र पढेका प्रत्येक सामग्रीबाट लेखकले रोयल्टी पाउने भएकाले यसबाट साहित्यकारहरुको आम्दानीमा पनि बृद्धि हुने अपेक्षा  गरिएको छ । कोइरालाका अनुसार आधा घन्टादेखि एक घन्टा बीचका अडियो पुस्तक एक पटक पाठकले सुन्दा लेखकले कम्तिमा दुई रुपैंया प्राप्त गर्नेछन् । कम्प्युटरमार्फत कुन पाठकले कुन पुस्तक कतिपल्ट कति समय लगाएर सुने,  त्यसको अटोमेटिक विधिमार्फत गणना गरिने भएका कारण लेखकहले पाठकले सुनेअनुसारकै रोयल्टी पाउने दावी गरिएको छ । 

दुई दशक कान्तिपुर पब्लिकेसन्समा पत्रकारिताको अनुभव सँगालेका कोइराला पछिल्लो दुई वर्ष यता अनलाइनखबर डटकमका साहित्य विभागमा कार्यरत थिए । साहित्यपोस्ट सञ्चालनमा आउने भएपछि उनले अनलाइनखबरबाट उनले अवकास लिएका हुन् ।  

‘साहित्यमै केही गर्ने उद्देश्यका साथ कान्तिपुर पब्लिकेसन्सको स्थायी जागीर छाडेको थिएँ । एक वर्ष विभिन्न किसिमको सर्भे गरेँ । साहित्यमा पनि भविष्य छ भन्ने निक्र्याैलपछि अरु अवसर छाडेर साहित्यपोस्टमा आएको हुँ ।’ कोइरालाले भने, ‘जबसम्म देशमा पठन संस्कृति बलियो हुन्न, देश विकास हुन्न । विकसित देशका  भाषा, साहित्य र संस्कृतिको फैलावटले पनि उनीहरुको सम्पन्नतामो ठूलो भूमिका खेलेको छ । यहि कारण नेपाली भाषामा पनि सजिलो, सस्तो र सुलभरुपमा आम जनतासम्म साहित्य पुर्याउने हाम्रो योजना हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x