संसदीय दललाई कांग्रेसको निर्देशनः  संविधान संशोधनको पक्षमा मतदान गर्नू

नेपाली कांग्रेसले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ।

कांग्रेस केन्द्रीय समितिको शनिबारको बैठकले उक्त प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको नेता गगन थापाले ट्वीट गरेका छन्। शनिबार अबेर राति बसेकाे कांग्रेस केन्द्रीय समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे।


Advertisement

ल बैठक सकियो।परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन ।


Advertisement

प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ। संसद सचिवालयले नयाँ नक्सा अनुसार संविधानको अनुसूचीमा रहेको नेपालको निशान छाप बदल्नको लागि सरकारले गरेको संविधान संशोधन विधेयक संसदको आइतबारको सम्भावित कार्यसूचीमा राखिसकेको छ।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेटी सरकारले गत जेठ ५ गते नयाँ नक्सा प्रकाशित गरेपछि निशान छाप बदल्न संविधान संशोधन आवश्यक छ। त्यसका लागि प्रतिनिधि सभाले यसअघि जेठ १४ गतेका तय गरेको उक्त विधेयक टेबुल गर्ने कार्यसूची अन्तिम समयमा आएर हटाएको थियो।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्