गभर्मेन्ट-गभर्मेन्ट यस पापा, प्रपर पीसीआर टेष्ट नो पापा ! [फोटो/भिडियो]

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

लकडाउन उल्लंघन गरेर प्रदर्शन नगर्न सरकारले दिएको चेतावनीविपरीत काठमाडौंमा युवाहरू शुक्रवार पनि प्रदर्शनमा उत्रिएका छन् । 

कोरोना रोकथाम प्रयासमा सरकारले गरेका काम प्रभावकारी नभएको भन्दै काठमाडौंको वसन्तपुरमा युवाहरूले आन्दोलन गरेका हुन् । 


Advertisement

उनीहरूले कोरोना रोग नियन्त्रणमा खर्च भएको भनिएको १० अर्ब रुपैयाँको हिसाब सार्वजनिक गर्नुपर्ने, आरडीटी टेष्ट बन्द गरी पीसीआर गर्नुपर्ने, बन्दाबन्दीमा धरासायी भएका व्यापार व्यवसायलाई सरकारले राहत दिनुपर्ने लगायतका माग लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीमध्ये कतिपयले 'गभर्मेन्ट-गभर्मेन्ट यस पापा, प्रपर पीसीआर टेष्ट नो पापा' लेखिएको प्लेकार्डमार्फत सरकारलाई व्यंग्य गरेका छन् ।


Advertisement


गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्