कात्तिक ८, २०८०
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
🖍️ ध्रुवप्रसाद गौतम
विज्ञानको साभार ज्ञानअनुसार
मदेखि औसत १५ करोड किलोमिटर दूरीको
त्यो बल्दो ग्यासको विशाल गोला
मेरा लागि बिहान कलिलो घाम हुन्छ,
त्यही दिउँसो प्रचण्ड तातो टन्टलापुर हुन्छ
साँझ अगाडि मलिनो बन्छ
रात कता हराउँछ ?
तर सूर्य आफैँमा
न कलिलो छ न टन्टलापुर
न मलिनो न कतै हराएको धुमकेतु
न उदाउँछ न अस्ताउँछ ।
ऊ सधैँ छ एकनास प्रज्वलित
अनादि देखि निरन्तर ऊर्जावान
तर गतिवान पिण्डहरूका
फरक–फरक दूरी ढल्काइ र कोण
अनि समय बगाइका दृष्टि भिन्नताले
मैले देख्ने रंग र बुझ्ने ढंगहरू फेरिन्छन्
उसमा आरोपित विशेषणहरू बदलिन्छन्।
यो अस्तित्वका सारा घटना र चलिरहने दृश्यहरू
जीवन भोगाइका अनेक आयामहरु पनि
न ती आफ्ना बुझाइमा असत्य हुन्छन्,
न ती निरपेक्ष सत्य हुन्छन् ।
एउटै सूर्यलाई देख्ने र बुझ्ने
समयका फरक–फरक विशेषण जस्तै
अनुभूतिमा ती कहिले सत्य लाग्छन्
कहिले असत्य लाग्छन् ।
शायद त्यसरी नै
मलाई मेरो बुझाइ सधैँ सत्य लाग्छ,
मलाई तिम्रो बुझाइ सधैँ असत्य लाग्छ ।।
कागेश्वरी मनोहरा -९ , हात्तीडाँडा, गोठाटार ।
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...