×

NMB BANK
NIC ASIA

एजेण्डा बिनै २ दिन बस्यो संसदीय दलको बैठक, सरकारप्रति सत्तारुढ दलका सांसद आक्रोशित

असार १५, २०७७

NTC
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी संसदीय दल कर्णाली प्रदेशको बैठक विना एजेण्डा २ दिन बसेको छ ।

Muktinath Bank

सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने, बजेट माथि सत्तारुढ सांसदको आक्रोश मत्थर पार्ने लगायतका एजेण्डामा छलफल हुने कुरा थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असार १३ गते विहान सात बजे सुरु भएको बैठकको शुरूमै सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७÷०७८ का लागि ल्याइएको बजेटमाथि एक घण्टा बोले ।


Advertisment
Nabil box
Kumari

उनले बोलेलगत्तै अन्य कुनै पनि एजेण्डा तय नगरी सरकार विरुद्ध सत्तारुढ दलका सांसदहरुले बजेटमाथि, सरकारको कार्यशैलीमाथि लगातार आक्रोश पोखिरहे । सोही दिनको अन्तिम वक्ताका रुपमा रहेका सांसद धर्मराज रेग्मीले एजेण्डा विहीन बैठकको के अर्थ छ भनेर प्रश्न गरे ।

Vianet communication

‘बैठकको एजेण्डा के हो ? किन बोलाइएको हो ? बजेटकै विषयमा हो की अरु केहि हो ?’ उनले भनेका थिए, ‘विना एजेण्डा २ दिनसम्म बैठक बस्नुको कारण के रहेछ ?’

सत्तारुढ दलका ३१ जना सांसदहरुको सहभागिता रहेको उक्त बैठक असार १४ गते विहान ८ बजेदेखि साँझ ८ बजेसम्म बस्यो । बैठकमा चन्द्रबहादुर शाही, करवीर शाही, देवी वली, सीता नेपाली, गुलावजँग शाही, यामलाल कंडेल लगायतले आफ्ना धारणा राखे । तर ती सबैको धारणा बजेट संशोधन गर्ने, सरकारका काम कारवाही चुस्त र दुरुस्त बनाउनु पर्ने भनाई राखे ।

‘हामीले त सरकारलाई निरन्तर खबरदारी गरिरहेका छौं । सरकार तीव्र गतिका साथमा हिड्नुपर्छ । कहाँ समस्या छन्, ती समस्या समाधान गर्न हामी तयार नै छौं,’ एक सांसदले लोकान्तरसँग भने, ‘तरपनि सरकार टसको मस हुँदैन । कर्मचारीकै आधारमा बजेट बनाउने, उनीहरुको हालीमुहाली हुने र जिल्लामा डल्लो बजेट पठाई कार्यान्वयनमा कर्मचारीकै हात माथि पर्ने काम गलत हो । कम्तीमा सरकारले डल्लो बजेट फुटाउनै पर्छ । यो वर्ष घाटा बजेट पनि छैन । धेरै बजेट कम भएको पनि छैन । सरकारले बजेट सुधार नगरेसम्म हामी ताली बजाएर पास गर्ने पक्षमा हामी छैनौं ।’

दलका प्रमुख सचेतक गुलावजंग शाहले बैठकमा समसामयिक एजेण्डा भएको बताए । ‘सरकारलाई माननीयले डल्लो बजेट फुटाउन, सरकारलाई परेका समस्या समाधान गर्न आवश्यक सुझाव दिनु भएको हो,’ उनले भने, ‘माननीय ज्यूहरुको बजेट प्रति र सरकारको काम कारवाही प्रति चर्को असन्तुष्टि बैठकमा देखियो । दलको बैठकको अन्य एजेण्डा भन्दा पनि बजेटकै पेरीफेरी थियो । सरकारका मन्त्रीहरु फेर्ने भन्ने कुरा एजेण्डा नै थिएन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x