सरिता गिरीलाई सांसद र पार्टी सदस्यबाट निस्कासन गर्ने समाजवादी पार्टीको निर्णय

फाइल फोटो

सरिता गिरीलाई सांसद र पार्टी सदस्यबाट निस्कासन गर्ने समाजवादी पार्टीको निर्णय 

पार्टी निर्देशन उल्लंघन गरेको तथा राष्ट्रहितविपरीतको अभिव्यक्ति दिएको भन्दै समाजवादी पार्टी नेपालले सरित गिरीलाई सांसद तथा पार्टी सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको छ ।


Advertisement

मंगलवार बसेको समाजवादी पार्टी संसदीय दलको बैठकले गिरीलाई सांसद सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको जनता समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

नेपालको नयाँ नक्साको विपक्षमा अभिव्यक्ति दिएको, संविधान संशोधनको पक्षमा मतदान गर्न दिएको निर्देशन उल्लंघन गरेको आरोप गिरीमाथि लागेको छ ।


Advertisement

पार्टी महासचिव रामसहायप्रसाद यादव नेतृत्वको ३ सदस्यीय कार्यदलले गिरीलाई हटाउने सिफारिश सहितको प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्