६ दिनपछि ओली–प्रचण्डबीच संक्षिप्त वार्ता

पार्टीभित्र देखिएको विवाद समाधानका बारेमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलवार छलफल भएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच ६ दिनपछि मंगलवार छोटो कुराकानी भएको हो ।


Advertisement

छलफलका लागि दिउँसो करीब १ बजे पुगेका प्रचण्ड केहीबेरमै प्रधानमन्त्री निवास बालुटावारबाट बाहिरिएको बालुवाटार स्रोतले जानकारी दियो ।

पार्टीभित्रको विवाद समाधानको विषयलाई लिएर ओली र प्रचण्डबीच लगातार छलफल भएको थियो । ओली र प्रचण्डबीच यसअघिको बुधवार छलफल भएको थियो ।


Advertisement

नेकपाभित्रको विवाद अलि मत्थर भएपछि प्रचण्ड गत शनिवार गृहजिल्ला चितवन पुगेका थिए । चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले पार्टी एकताको पक्षमा अभिव्यक्ति दिएका थिए ।

प्रचण्ड लगायतका नेताहरूले ओलीको राजीनामा माग गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो । 

असार १० गतेदेखि शुरू स्थायी कमिटी बैठक १८ गतेदेखि रोकेर ओली प्रचण्डले सहमतिका लागि निरन्तर संवाद गरिरहेका छन् ।

पटक–पटक स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक साउन २ गतेका लागि बोलाइएको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्