×

NMB BANK
NIC ASIA

कालीगण्डकी पहिरोमा मृतककाे संख्या तीन पुग्याे: एक बेपत्ता, जनप्रतिनिधि पनि घाइते

असार ३०, २०७७

NTC
Premier Steels

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा परी एक जना बेपत्ता छन् भने दुई घाइते भएका छन्।

Muktinath Bank

मंगलबार पानीकाे पाइप जाेडन हिँडेका ६ जना स्थानीयहरु पहिरोमा परेका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीमध्ये कालीगण्डकी गाउँपालिका वडा ४ का इमानसिंह राना, ६० वर्षीय जीमानसिंह थापा र ५० वर्षीय टीकाबहादुर थापाको मृत्यु भएको हो  


Advertisment
Nabil box
Kumari

पहिरोबाट घाइते भएका रानाको उपचारकाे क्रममा बिर्घा स्वास्थ्य चौकीमा मृत्यु भएको हो भने अन्य २ जनाको पहिरोमा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। 

Vianet communication

घटनाबारे थाहा पाएपछि वडा प्रहरी कार्यालय वालिङ, बेलटारीबाट खटिएको नेपाली सेनाको टोली र वालिङबाट सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा खटिएको थियो।

स्थानीयको सहयोगमा दिनभर भएको उद्धार कार्यमा जीमानसिंहको शव साँझ ५ बजेमात्र फेला पारिएको थियो । त्यसपछि मात्र टीकाबहादुर पहिरोमा मृत फेला परेका थिए । 

पहिरोमा अझै कालीगण्डकी गाउँपालिका वडा ४ खहरेका प्रेमचन्द्र पाण्डे बेपत्ता छन्। उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। 

पहिरोमा वडा ४ खहरेका ६८ वर्षीय हुमनाथ पाण्डे र वर्ष ५५ का वीरबहादुर रानाको उद्धार गरी उपचारार्थ पाल्पा अस्पताल पठाइएको थियो । उनीहरुको बिर्घा स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको हो। घाइतेमध्ये पाण्डे वडा ४ का वडा सदस्य समेत हुन्। 

पहिरो आएको देखेपछि भाग्ने क्रममा उनीहरु घाइते भएका हुन् । 

उता,  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका वडा ३ चिसापनीका देवबहादुर गेदन मगर मृत फेला परेका छन्।

स्थानीय चिसापानी खोलाको किनार बाँसको झ्याङगमा उनको शव मंगलबार बिहान फेला परेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ। उनी अघिल्लो दिनदेखि बेपत्ता थिए। 

घटनास्थलबाट नेकपा स्याङ्जाका अध्यक्ष सूर्य शर्मा ‘पारस’ले हराइरहेका व्यक्तिको भोलि फेरि खोजी गरिने जानकारी दिए।

‘घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइएको छ भने बेपत्ताको खोजीकार्य जारी छ,’ पारसले भने, ‘बिहानैदेखि प्रहरीको टोलीले उद्दार कार्य थालनी गरेको थियो ।’


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x