×

X
Nic Asia
Khukuri
Daraz

पत्रकारका दुःख अनेक

नेकपा हल्लाउने ती दुई समाचार; खण्डन, गाली ...र, यसपालि !

काठमाडाैं | भदौ २८, २०७७

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

लोकान्तर डट्कमका राजनीतिक संवाददाता सहकर्मी ईश्वर अर्यालले गएको असार २२ गते बिहान १० बजेको नियमित न्यूजरूम बैठकमा गुनासो गरे– 'दाइ,कुरा गर्‍यो भने तपाईंहरू हाँसेर उडाइदिनुहुन्छ, तर मलाई नेताहरूसँग कुरा गर्न र सूचना लिन गाह्रो भैसक्यो । मेरा सबै स्रोत मसँग नराम्ररी रिसाएका छन् । एकएक गर्दै मेरा स्रोत सकिने भए ।'

LAxmi BAnk
nabil BANK inside

उनी यत्तिमै रोकिएनन् । थपे, 'झलनाथ खनालले गएको वैशाखमा मलाई 'अब कहिल्यै सम्पर्क नगर्नुस्'भनेर फोन काटिदिए । नारायणकाजी श्रेष्ठले मेरो 'फोन,म्यासेज रेस्पोन्स'नै गर्दैनन् । माधव नेपालले खै कुन न्यूजमा चित्त दुखाएका छन् रे ! हुँदाहुँदा हिजोदेखि प्रचण्डको सचिवालय पनि मसँग 'फायर'छ । प्रचण्डका प्रेस संयोजक जुगलजी (विष्णु सापकोटा) ले मसँग चित्त दुखाए । सूर्य थापा पनि मसँग खुशी छैनन् । न्यूज छुट्यो भने तपाईंहरू तत्काल प्रश्न गर्नुहुन्छ, अवस्था यस्तो छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

हाम्रो सम्पादकीय टोलीका एक मेहनती संवाददाता हुन्ईश्वर अर्याल । उनको पृष्ठभूमि पत्रकारिता होइन, तर पछिल्लो साढे दुई वर्षयता उनी लोकान्तर डट्कमसँग आबद्ध छन् र पत्रकारका रूपमा आफूमा निखार ल्याइरहेका छन् । एक हिसाबले उनी पत्रकारितामा स्थापित भैसके ।

नेपाल फर्कनुअघि उनी युएईमा थिए । त्यहीँबाट लोकान्तरमा लेख पठाउँथे । एकदिन मलाई उतैबाट सोधे– 'म नेपाल फर्कन चाहन्छु । नेपाल आएपछि ठ्याक्कै के गर्छु सोचेको छैन तर पत्रकारितामा पनि रुचि छ । अवसर दिनुहुन्छ नि ?'


Advertisment
Saurya island

उनको लेखन शैली,विषय उठान,विषयवस्तुको ज्ञान र सामाजिक सञ्जालमा सक्रिय सहभागितालगायत पक्षसँग म परिचित थिएँ । जवाफ दिएँ  'नेपाल फर्केपछि अफिसमा आएर मलाई भेट्नू, कुरा गरौंला ।'

नभन्दै उनी केही महिनामै नेपाल फर्किए र मूलधारको मिडियामा पहिलोपटक व्यावसायिक पत्रकारिता शुरू गरेलोकान्तर डट्कमबाट ।

Vianet communication
IME BANK INNEWS

शुरूमा उनको बिट समाज,श्रम एवं वैदेशिक रोजगारी थियो, तर उनी राजनीतिमा विशेष रुचि राख्थे । पछि मैले नै उनलाई 'अब तिमी राजनीतिक बिटमा काम गर न त'भनें । साढे दुई वर्षदेखि उनी समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

असार २२ गतेको बैठकमा उनले जे भने त्यो नै उनको पहिलो गुनासो थिएन । राजनीतिक रिपोर्टिङ गर्ने हुनाले विभिन्न दलका नेता कार्यकर्तासँग उनको नियमित कुराकानी हुनु स्वाभाविक थियो ।

प्रधानमन्त्रीले यदि त्यो समाचार हावादारी हो भन्ने लागेको भए त्यसलाई प्रिन्ट गर्न लगाएर आफूसँग प्रिन्टेड कपी राखेर बसेका हुँदैनथे होला । किनभने देशको कार्यकारी प्रमुखले कुनै अनलाइनमा प्रकाशित हावादारी समाचार प्रिन्ट गर्न लगाएर त्यसलाई देखाउँदै अर्को नेतालाई सोध्ने आँट शायद हाम्रोजस्तो खुला र लोकतान्त्रिक समाजमा अनुमान गर्न सकिँदैन ।

तर,नेताहरू उनलाई नयाँ-नयाँ देखेर हो या के हो नानाथरी कुरा सुनाउँदा रहेछन् । शायद उनी नयाँ,धेरै खुराफाती गर्न सिपालुहरूसँग झिम्मिनसकेकाले हुनसक्छ,नेताहरू (सबै होइन) सकभर उनलाई प्रभावित पार्ने कोशिश गर्दा रहेछन् । कसैले 'हामीलाई होइन,तपाईंको मिडिया फलानो नेतालाई समर्थन गर्छ,उतै सम्पर्क गर्नुस् न'भन्दा रहेछन् । कसैले न्यूज सही भए पनि 'तपाईंले लेखेको न्यूजमा सत्यता छैन' भन्दा रहेछन् । कसैले 'तपाईंलाई त्यो फलानो न्यूज फलानो सोर्सबाट प्राप्त भएको हो ?' 'त्यो न्यूज टिपाउने फलानो होइन ?भनेर 'अनुमाने केराकार',गर्दा रहेछन् । उनलाई सोधिने त्यस्ता खुराफातीजन्य प्रश्नको सूची लामै छ ।

ईश्वर जे सुन्थे त्यो हामीलाई सुनाउँथे । म ईश्वरलाई भनिरहन्थें 'तिमी पत्रकारितामा नयाँनयाँ छौ । यस्ता क्रिया,  प्रतिक्रिया आइरहन्छन् । यो पेशा नै त्यस्तो हो जहाँ लेखेपछि प्रतिक्रिया आउँछन् । कुरा सुन्नु तर गुनासो गर्‍यो भनेर आत्तिने,बहकिने,आफूलाई कमजोर ठान्ने होइन । सरासर आफ्नो काम गर्दै जाऊ । तिमीले ठीक गरेनौ भने हामी सुझाव दिइहाल्छौं । बजारको प्रतिक्रिया सुन तर आफूले इमान्दारीपूर्वक काम गर्दै जाऊ ।'

सुझाव दिने क्रममै मैले सुनाएको एउटा वाक्यले उनलाई छोएछ । उनकै शब्दमा त्यो सुझाव यस्तो थियो– 'तिमीले लेखेका समाचारमा प्रतिक्रिया नै आएनन्,खाली फुरुङ्ग या मख्ख पार्ने,प्रशंसा गर्ने किसिमका प्रतिक्रिया मात्र आइरहे भने सम्झ तिमी सही दिशामा छैनौं । तर तिमीले लेखेका सामग्रीका बारेमा कडा, तीतामीठा आलोचना,गालीताली मिश्रित र कहिलेकाहिँ रचनात्मक क्रिया प्रतिक्रिया एवं टिप्पणी आइरहेका छन् भने सम्झ तिमी सही दिशामा छौ ।'

तर हामीले ईश्वरलाई दिने सुझावले कताकता काम नगरिरहेको म स्वयंलाई 'फील'भैरहेको थियो, किनभने पछिल्ला दिनमा लोकान्तरमा आउने राजनीतिक समाचार (कतिपय सन्दर्भमा ब्रेकिङ न्यूज) का बारेमा म स्वयंलाई व्यक्तिगत रूपमा विभिन्न खाले (तथ्यहीन,कथा बुनिएका) प्रतिक्रिया प्राप्त भैरहेका थिए । म सोच्थें– 'मलाई त यतिसम्म भन्न भ्याउँछन् भने मेरो संवाददातालाई कति भन्दा हुन् ।'

आदरणीय पाठकवृन्द,

पछिल्ला वर्षमा नेपाली पत्रकारितामा आउने समाचार,ती समाचार सामग्रीमाथि हुने टिप्पणी,प्रतिक्रिया,हाम्रो समाज र नेताहरूको सञ्चारमाध्यमप्रतिको दृष्टिकोणबारे हल्का चर्चा गर्न खोजिएकाले माथिको प्रसंगबाट यो आलेख शुरू भएको हो ।

अब यो आलेखको शुरूमै चर्चा गरिएको असार २२ गतेको प्रसंगमा फर्किऊँ । खासमा सहकर्मी ईश्वर अर्याल असार २२ गतेको बैठकमा अलि बढी चित्त दुखाउँदै प्रस्तुत हुनुका पछाडि उनको बाइलाइनमा असार २१ गते लोकान्तर डट्कममा प्रकाशित 'नेकपामा सहमतिको प्रयास: ५ बुँदे ड्राफ्ट छलफलमा'शीर्षकको समाचारमा आएको प्रतिक्रियाले काम गरेको रहेछ ।

नेपालका दुई कम्युनिस्ट पार्टी मिलेर बनेको शक्तिशाली दल नेकपाको घर झगडाको उग्र रूप हामी सबैले देख्यौं । झगडा कुन तहसम्म पुग्यो र कहाँ आइपुगेको छ भन्ने पनि हामीले देखिरहेकै छौं ।

त्यही झगडा जारी रहँदा असार २१ गते बिहान मलाई प्राप्त भएको सूचनामा आधारित समाचार थियो असार २१ मा ईश्वरको बाइलाइनमा छापिएको त्यो सामग्री । मैले जे सूचना जुन स्रोतबाट पाएँ त्यो शुरूमा ईश्वरलाई सुनाएँ । सत्तासँग निरन्तर सम्पर्कमा रहेका एक बौद्धिक तर गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिबाट आएको सूचना थियो त्यो । पत्रकारिताकै सिद्धान्तबमोजिम मैले यहाँ त्यो स्रोतको नाम खुलाउन मिल्दैन,हुँदैन । उनले मलाई दिएको सूचनालाई मैले विश्वास गरें । ईश्वरलाई थप बुझ्न लगाएँ । ईश्वर त्यो बुझ्नतिर लागे । लोकान्तरका समाचार सम्पादक सुशील पन्तलाई पनि मैले त्यो सूचनाबारे जानकारी गराएँ । राजनीतिक र संसदीय रिपोर्टिङमा राम्रो अनुभव सम्हालेको पत्रकार भएकाले सुशीलले पनि त्यो सूचनाको विभिन्न स्रोतबाट पुष्ट्याइँ गरे । असार २१ गते दिउँसो २ बजे म, सुशील र ईश्वरबीच छुट्टै बैठक बस्यो र तयार भयो –'नेकपामा सहमतिको प्रयास : ५ बुँदे ड्राफ्ट छलफलमा'शीर्षकको समाचार ।

त्यो समाचारमा नेकपा विवाद मिलाउने हो भने प्रचण्डलाई पार्टीमा पूर्ण कार्यकारी अधिकार दिइनुपर्ने,पार्टी चलाउने जिम्मा प्रचण्डलाई छाडेर प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने,प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण निर्णय लिनुअघि पार्टीमा छलफल र सहमति लिनुपर्ने,सरकारका कमीकमजोरीका बारेमा आलोचना गर्न तयार हुनुपर्ने,सरकारका कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने लगायतका विषय समेटिएको थियो । हामीले ५ बुँदे नै तयार,त्यही ५ बुँदे अन्तिम हो भनेर त्यो समाचारमा कतै लेखेका छैनौं,थिएनौं । नेकपा फुटबाट जोगाउने हो भने समाधानको विकल्प यी हुन सक्छन् भनेर कसैले प्रधानमन्त्री ओली,प्रचण्ड लगायतका नेतालाई सुनाएका/सुझाएका विषयलाई ५ बुँदामा समेटेर तयार पारेको समाचार थियो त्यो ।

पोष्ट भएको एकैछिनमा त्यो समाचार व्यापक हुन थाल्यो । हामीलाई तत्कालै विभिन्न स्रोतहरूबाट प्रतिक्रिया आउन थाले । धेरैले त्यो हावादारी समाचार भएको,लोकान्तरले पुष्टिविना जे पायो त्यही छापेको आरोप लगाए । केहीले सार्वजनिक रूपमै त्यसको खण्डन गरे । त्यसरी खण्डन गर्नेमा प्रचण्डको सचिवालय अग्रपंक्तिमा रह्यो । उनको सचिवालयका तर्फबाट छोरी गंगा दाहालले असार २१ गते राति फेसबूकमार्फत् त्यो समाचारको खण्डन गरिन् ।

हेरौं गंगा दाहालले गरेको खण्डनको स्क्रीनशट :

पत्रकार पनि मानिस नै हुन् । नियत खराब भएका वा पत्रकारिताको खोल ओढेर दलाली गरिरहेकाहरूका बारेमा म टिप्पणी गर्न चाहन्न । तर व्यावसायिक पत्रकारिता गरिरहेका हामीजस्ताबाट पनि कहिलेकाहिँ गल्ती हुन सक्छन् । पत्रकारले गल्ती नै गर्दैनन् भन्ने होइन । गल्ती नै नगर्नका लागि त लेख्नै हुन्न । केही पनि गर्दै नगर्नेबाट मात्र गल्ती नहुने अपेक्षा हुनसक्छ । केही गर्ने या गर्न खोज्ने जो कोहीबाट गल्ती हुन्छ नै । नियत खराब नहुँदानहुँदै पनि गल्ती हुन सक्छ । गल्ती गरेको पुष्टि भए क्षमा माग्ने हो,अन्यायमा परेको पक्षलाई उचित स्थान दिएर उनको भनाइ या गुनासो छापिदिने हो । क्षमाले नपुगे सजाय भोग्ने हो । यति बुझेरै पत्रकारितामा छौं हामी ।

तर यही भदौ २६ गते सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले पारित गरेको नेकपा अध्यक्षद्वयको सहमतिको प्रस्ताव पढ्दा हाम्रो त्यो समाचार गलत थिएन भन्ने पुष्टि भएको छ । नेकपाको हालैको विवाद मूलतः पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्रीका रूपमा सरकारका काममा केन्द्रित हुने र प्रचण्डलाई पार्टीमा कार्यकारी अधिकार दिने विषयमा पुगेर टुंगिएको बुझ्न सकिन्छ । हामीले लेखेको त्यो ५ बुँदासहितको समाचारको १ नम्बर बुँदामा प्रचण्डलाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकार दिने उल्लेख थियो ।

हामीले प्रधानमन्त्रीले महत्त्वपूर्ण राजनीतिक निर्णय लिनुअघि पार्टीमा छलफल गर्नुपर्ने,पार्टीको सुझावलाई समेत ध्यान दिएर निर्णयमा पुग्ने बुँदा हाम्रो समाचारमा उल्लेख गरेका थियौं । २६ गतेको स्थायी कमिटीले पास गरेको प्रस्तावमा पनि त्यो विषय उल्लेख छ ।

हामीले सरकारका कामलाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने,सरकार विधि,पद्धतिबाट चल्नुपर्ने लगायत बुँदा समाचारमा उल्लेख गरेका थियौं । स्थायी कमिटीबाट पारित सहमतिको दस्तावेजमा पनि ती विषय उल्लेख छन् ।

हामीले त्यो समाचारमा नेकपाको आगामी महाधिवेशनबारे चर्चा गरेका थिएनौं । जुन अहिले चर्चामा छ । अर्को,सरकार सञ्चालनका लागि संयन्त्र बनाउने र त्यसको संयोजक माधव नेपाललाई बनाउन सकिने बारेमा छलफल भैरहेको हाम्रो समाचारमा उल्लेख थियो तर त्यो विषय अध्यक्षद्वयको सहमतिको प्रस्तावमा उल्लेख छैन ।

यसरी हेर्दा मूलभूत रूपमा हामीले विश्लेषणका रूपमा छापेको त्यो समाचार सही ठहर हुन गएको हाम्रो बुझाइ छ । असार २१ मा हामीले प्रकाशित गरेको समाचार दुई महिनापश्चात अर्थात् भदौ २६ मा पुगेर सही ठहरिन पुग्यो । तर यसबीचमा हामीले विभिन्न तह र तप्काका नेताहरू,तिनका कार्यकर्ता,फेसबूक,ट्विटरमा सक्रिय (तर अधिकांश समय पूर्वाग्रही मानसिकताबाट ग्रसित) साथीहरूबाट प्रशस्तै गाली खायौं त्यो समाचार लेखेबापत । हो त्यही गालीको प्रारम्भिक तर स्वाभाविक प्रतिक्रिया थियो असार २२ गतेको लोकान्तरको सम्पादकीय बैठकमा ईश्वरले व्यक्त गरेको गुनासो । यो दुई महिनाका बीचमा सम्पादकको हैसियतमा मैले कम्तिमा ९ ठाउँमा त्यो समाचारको विश्वसनीयताको बारेमा स्पष्टीकरण दिनु परेको छ धेरैजसो अनौपचारिक छलफलहरूमा ।

हाम्रो त्यो ५ बुँदावाला समाचारले केही दिन राम्रै बजार पनि पायो । मैले याद गरेसम्म तीनवटा मूलधारका अनलाइन र केही राष्ट्रिय दैनिकले हाम्रो त्यो समाचारको विरुद्धमा नेताहरूलाई 'कोट'गरेरै समाचार लेखे । कतिपयले 'लोकान्तरले बल्ल खायो,स्वाद भेट्यो'भनेर सार्वजनिक रूपमा टिप्पणी पनि गरे । त्यही समाचारका कारण हामीमाथि गरिएका तल्लोस्तरका गाली र टिप्पणीमा म जान चाहन्नँ । आफू केही नगर्ने तर अरूका कमीकमजोरी केलाएर बस्ने,अर्कालाई सत्तोसराप गरेर स्वाद लिनेहरूको जीवन त्यसरी नै बितोस्,शुभकामना

अब आजको दिनमा आइपुग्दा हाम्रो त्यो समाचारको प्रसंगमा सोध्न चाहन्छौं – 'हामीमाथि बर्साइएका गाली,बेइज्जती,आलोचना,तल्लोस्तरका टिप्पणीहरूको क्षतिपूर्ति कसरी हुन्छ ?'

मेरो दुई दशकको पत्रकारिता यात्रामा जति स्रोतसँग समाचारका लागि सम्पर्क भएको छ तीमध्ये मलाई नेपाली नेता जति (एकाध छाडेर) भर भएको कोही पनि लागेन । एक त नेपालका पार्टीहरूमा गुटैगुट । ती गुटभित्रका नेताका पनि प्रत्येकका आ–आफ्नै दाउपेच र स्वार्थ । एक घण्टा अगाडि एउटा नेतालाई भेट्यो र कुराकानी गर्‍यो एकथोक भन्छ । त्यही नेताको पार्टीको अर्को नेतासँग भेटेर कुरा गर्‍यो अर्कै कुरा गर्छ । कसको कुरा पत्याउने ?

हुन त हामी यहाँ याचना गरिहरहेका छैनौं । पत्रकारितामा यस्ता प्रतिक्रिया स्वाभाविक मानिन्छन् । यस्ता गाली अपेक्षित पनि हुन्छन् । हामीले लेखेको समाचारमा गाली नै आउनु हुन्न,टिप्पणी गर्नै पाइन्न भन्ने होइन । त्यो भ्रममा हामी छैनौं । तर क्रिया,प्रतिक्रिया र टिप्पणीका पनि स्तर चाहिँ हुन्छन् । व्यावसायिक सीमाभित्र रहेर गरिने टिप्पणी र दिइने सुझावले हामीलाई मार्ग निर्देशन नै गर्छ । तर जुन विषय आज आएर सही ठहरियो त्यो विषय गलत भनेर उतिबेला खण्डन गरिदिँदा हामीले लोकान्तर डट्कममार्फत् गरिरहेको पत्रकारिताको विश्वसनीयतामा एक हदसम्म प्रश्न त उठ्यो नि !,यो लोकान्तरले पनि जे पायो त्यही लेख्दोरहेछ भनेर कतिपय पाठक वर्गमा तत्काल भ्रम त पर्न गयो नि !एक हिसाबले हामी कतिपयको नजरमा तत्कालीन अवस्थामा गलत समाचार दिने मिडियाको सूचीमा त पर्‍यौं नि !हो,सही गर्दागर्दै पनि भोग्नुपरेको यो पीडाको दबाइ के छ ?कसले सुन्ने हाम्रो आवाज ?

आज आएर हाम्रो समाचार मूलभूत रूपमा सही ठहरिँदाको क्षणमा कसैले हामीले भोगेको त्यो तीतो विगतको सम्झना गरिदिन्छ ?कोही नेता बोल्छ– ',लोकान्तरले त दुई महिनाअघि नै सही विश्लेषण पस्केको रहेछ । बरु उतिबेलै यस्तो सम्झौता गरेको भए कम्तिमा दुई महिनाको समय खेर जाने त थिएन भनेर ?'

आदरणीय नेताज्यूहरूलाई हामी के स्मरण गराउन चाहन्छौं भने आज दुई महिनापछि आएर तिनै विषयमा मिल्नु नै थियो भने उतिबेलै मिलेको भए के बिग्रन्थ्यो ? उतिबेलै मिलेको भए शायद यसबीचमा सरकारले आफ्नो काममा केन्द्रित हुने अवसर पाउँथ्यो । तपाईं नेताज्यूहरूले अन्य रचनात्मक काम गर्न भ्याउनुहुन्थ्यो । गाली चाहिँ हामीलाई बेस्सरी गर्नुभयो । बेइज्जत हाम्रो भयो तर फेरि हामीले नै उठाएका मुख्य बुँदामा सहमति गर्नुभयो । एकपटक सम्झेर हेर्नुहोस् तआज लोकान्तरको स्थानमा तपाईंहरू भएको भए के गर्नुहुन्थ्यो ?तर,हामीलाई गाली पचाउने बानी परिसकेको छ । हामी कुनै बदला लिने रणनीति वा विषयमा सोचिरहेका होइनौं । हामी त्यो कल्पना पनि गर्दैनौं ।

नारायणकाजी निवासको त्यो गोप्य भेट र हामीमाथि लागेको आरोप

नेकपा झगडासँगै जोडिएर हामीले अनाहकमा गाली खानु परेको, पीडा सहनु परेको अर्को पनि समाचार छ । त्यो हो गत वैशाख २२ गते नेकपा नेता नारायणकाजी श्रेष्ठको घरमा भएको बैठक र त्यस बारेमा लोकान्तरमा प्रकाशित समाचार ।

वैशाख २० गते प्रधानमन्त्री केपी ओलीले नेकपा सचिवालय बैठकमा सरकारबाट भएका कमी कमजोरीका लागि आत्मालोचना गरेछन् । अर्का अध्यक्ष प्रचण्डको पनि उस्तै अभिव्यक्ति आएछ । तत्कालीन अवस्थामा देखिएको नेकपाको झगडा शान्त भएको ठानिएछ ।

तर वैशाख २२ गते फेरि प्रचण्ड,नेता नेपाल र खनाल श्रेष्ठको हात्तीवनस्थित निवासमा गोप्य रुपमा भेट भएछन् । त्यसै दिउँसो उनै सहकर्मी ईश्वर अर्यालको बाइलाइनमा लोकान्तरमा समाचार आयो'नारायणकाजी निवासमा प्रचण्डनेपाल समूहको गोप्य भेला : यी मुख्य शर्त नमाने ओलीको राजीनामा'

यस्तो शीर्षकमा लोकान्तरमा समाचार प्रकाशित भएपछि हामीमाथि खासगरी प्रचण्डनेपाल खेमाबाट गालीको वर्षा भयो । भोलिपल्ट बिहान नेता श्रेष्ठले त्यो समाचारको खण्डन गरे ।

हेरौं उनको खण्डनको स्क्रीनशर्ट :

यता नेताहरू लोकान्तरको त्यो न्यूजको जोडतोडले खण्डन गर्दै थिए । हामीलाई भ्याएसम्मको गाली गर्दै थिए,बेइज्जत गर्दै थिए । उता बालुवाटारमा प्रधानमन्त्री ओली चाहिँ त्यो समाचारको पुष्ट्याइँ गर्दै रहेछन् । मैले पछि ओलीनिकट एक गैर राजनीतिक व्यक्तिबाट पाएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले लोकान्तरमा प्रकाशित त्यो समाचार शतप्रतिशत सत्य भएको पुष्टि आफ्नो संयन्त्रमार्फत् गरेछन् । हामी अनुमान लगाउन सक्छौंप्रधानमन्त्रीले चाहेको अवस्थामा त्यो समाचारको पुष्ट्याइँ गर्ने काम एउटा मामुली विषय थियो ।

उक्त समाचारमा प्रचण्डनेपाल समूहले ओली समक्ष केही कडा शर्त राख्ने र ती पूरा नभए पुनः ओलीको राजीनामाको विषय चर्काउने प्रसंग उल्लेख थियो । पार्टीमा एक व्यक्ति,एक पद कार्यान्वयनका लागि दबाब दिने,केही मुख्यमन्त्री फेर्न सुझाव दिने,अख्तियारमा पूर्व सचिव प्रेमकुमार राईको सम्भावित नियुक्ति रोक्न दबाब दिने लगायत विषय त्यो समाचारमा उल्लेख थिए ।

त्यो समाचार हामीलाई दिने स्रोत निकै बलियो थियो । त्यसमाथि प्रधानमन्त्री ओली स्वयंले आफ्नै स्रोत र संयन्त्रबाट त्यो समाचार सही भएको पुष्टि गरेका थिए । प्रधानमन्त्रीले यदि त्यो समाचार हावादारी हो भन्ने लागेको भए त्यसलाई प्रिन्ट गर्न लगाएर आफूसँग प्रिन्टेड कपी राखेर बसेका हुँदैनथे होला । किनभने देशको कार्यकारी प्रमुखले कुनै अनलाइनमा प्रकाशित हावादारी समाचार प्रिन्ट गर्न लगाएर त्यसलाई देखाउँदै अर्को नेतालाई सोध्ने आँट शायद हाम्रोजस्तो खुला र लोकतान्त्रिक समाजमा अनुमान गर्न सकिँदैन । त्यो समाचार प्रकाशित भएको केही दिनमा ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेछन् । ओलीले लोकान्तरमा प्रकाशित त्यही समाचारको प्रिन्टेड कपी देखाउँदै प्रचण्डलाई सोधेछन् 'यो के पारा हो ?'

अब आजको दिनमा आइपुग्दा हाम्रो त्यो समाचारको प्रसंगमा सोध्न चाहन्छौं – 'हामीमाथि बर्साइएका गाली, बेइज्जती, आलोचना, तल्लोस्तरका टिप्पणीहरूको क्षतिपूर्ति कसरी हुन्छ ?'

स्रोतका अनुसार प्रचण्डले त्यो समाचार हावादारी भएको भन्दै त्यसको खण्डन गरेछन् । त्यसको केही दिनमा नेकपा सचिवालयको बैठक बालुवाटारमा बस्यो । त्यो बैठकको शुरूमै प्रचण्डले लोकान्तरको उक्त समाचारको खण्डन गर्दै भनेछन् 'यो कांग्रेसी पृष्ठभूमिको व्यक्ति सम्पादक भएको अनलाइनमा आएको गलत समाचार हो । यसमा सत्यता छैन । यस्तो हावादारी समाचार छाप्ने अनलाइनको सम्पादक पहिला खिलराजको सल्लाहकार पनि थियो रे !'

म यो सानो आलेखमा धेरै विषय कोट्याउन चाहन्नँ,सम्भव पनि छैन । तर यति मात्र भन्छु– 'म खिलराज रेग्मी (मन्त्रिपरिषद्का पूर्व अध्यक्ष) को सल्लाहकार भएको साँचो हो । तर मैले अहिलेसम्म कुनै पार्टीको सदस्यता लिएको छैन । चुनावमा भोट त व्यक्ति,एजेण्डा हेरेर कता हालिन्छ ठेगान हुँदैन । तर म अहिलेसम्म स्वतन्त्र हुँ र स्वतन्त्रै रहने प्रयास हुनेछ ।'

चाहे जे होस्,नेताहरू केही दिनअगाडि गरेको वाचा बिर्सेर अर्को तानाबाना बुन्नतिर लाग्ने अनि ती विषयसँग सम्बन्धित समाचार मिडियामा आए भने पत्रकारको खोइरो खन्ने प्रवृत्तिले कताकता हामी कस्तो समाजमा पत्रकारिता गर्दैछौं ?कस्ता नेता झेल्दैछौं भनेर चिन्तित चाहिँ बनाउँदो रहेछ ।

हाम्रा नेताका बोली र मिडिया

करियरको दौडानमा म अन्तर्राष्ट्रिय मिडिया बीबीसीमा पनि काम गर्न पुगें । नेपाली र अंग्रेजी दुवै भाषाका राष्ट्रिय दैनिक,टेलिभिजन र भित्रभित्रै पार्टटाइमरको रूपमा विश्व चर्चित न्यूज एजेन्सीमा पनि काम गरें ।

मेरो दुई दशकको पत्रकारिता यात्रामा जति स्रोतसँग समाचारका लागि सम्पर्क भएको छ तीमध्ये मलाई नेपाली नेता जति (एकाध छाडेर) भर नभएको कोही पनि लागेन । एक त नेपालका पार्टीहरूमा गुटैगुट । ती गुटभित्रका नेताका पनि प्रत्येकका आआफ्नै दाउपेच र स्वार्थ । एक घण्टा अगाडि एउटा नेतालाई भेट्यो र कुराकानी गर्‍यो एकथोक भन्छ । त्यही नेताको पार्टीको अर्को नेतासँग भेटेर कुरा गर्‍यो अर्कै कुरा गर्छ । कसको कुरा पत्याउने ?

पेशा पत्रकारिता । त्यसमा पनि छिनछिनमा अपडेट दिइरहनुपर्ने अनलाइन मिडिया । महत्त्वपूर्ण राजनीतिक घटनाक्रम भैरहेको दिनमा पाठकको ध्यान स्वाभाविक रूपमा हाम्रो मिडियामा परिरहेको हुन्छ । समयमै सही सूचना दिन सकेनौं भने हाम्रो मिडियामा पाठक भोलिबाट किन छिरोस् ? जुन अनलाइनले छिटो र विश्वसनीय समाचार दिन्छ,पाठक स्वाभाविक रूपमा त्यतै लाग्छ । समाचार छिटोछिटो नदिऊँ पाठक बिच्कने/गुमाउने डर । नेतालाई विश्वास गरेर समाचार छापौं बिहान १० बजे आफैंले छापेको समाचारको दिउँसो २ बजे आफैंले खण्डन छाप्नुपर्ने । दिउँसो २ बजे कुनै नेतालाई विश्वास गरेर छापेको समाचार साँझ ७ बजे फेरि आफैंले आफ्नै मिडियामा लगभग खण्डनकै शैलीमा छाप्नुपर्ने । राजनीतिक रिपोर्टिङमा सधैँ त होइन धेरैपटक यस्तो भएको छ । विभिन्न हैसियतमा विभिन्न मिडियामा काम गर्दा भोगेको पीडा हो यो मेरो । मलाई लाग्छ,धेरै नेपाली पत्रकार साथीहरूको भोगाइ पनि यस्तै हुनुपर्छ ।

नेता बिहान एउटा,दिउँसो अर्कै अनि साँझ फेरि अर्कै कुरा गर्छन् । हामीलाई झुक्याउँछन् । यदि पार्टी बैठकमा आफूलाई मन नपरेको विषयमा छलफल र निर्णय भएको रहेछ भने हामीले जति फोन गरेपनि नेता मरिगए फोन उठाउँदैनन् । आफ्नो स्वार्थ अनुसारको निर्णय भएको रहेछ र त्यसलाई बाहिर लैजान आतुर रहेछन् भने एक घण्टीमै झ्याप्पै फोन रिसिभ गर्छन् । आफूले भनेको कुरा मात्र मिडियामा आओस् भन्ने नेताको चाहना हुँदोरहेछ तर पत्रकारले सबै पक्षसँग सम्पर्क गरेर सन्तुलित समाचार प्रकाशित गरेको देखेपछि उनीहरूलाई त्यो मन नपर्दोरहेछ । आफूले चाहे अनुसारको समाचार आएको छ भने बिहान साढे ४ बजेतिरै फोन गरेर धन्यवाद दिन्छन् । आफूले नआइदेओस् भनेर कामना गरेको सूचना समाचारमा आएको रहेछ भने त्यही नेता 'यी पत्रकारहरूको कामै छैन । यिनीहरू खाली यस्तै चाहिने/नचाहिने दुई पैसे खबर छापेर बस्छन्'भन्दै हिँड्छन् । अब आदरणीय पाठकहरू नै भनिदिनुस् 'दोष हाम्रो मात्र कि नेताहरूको या हामीलाई सूचना दिने स्रोतको ?'

कतिपय सन्दर्भमा केही नेताहरूले जानीजानी प्रभावित पार्न मिडियामा न्यूज टिपाउने गरेको गुनासाहरू पनि सुनिने गरेको छ । भोलिपल्ट कसैले तैंले सूचना चुहाइस् कि क्याहो ?भनेर सोध्यो भने 'होइन,यी पत्रकारको काम छैन,अनुमानका भरमा हाने होलान्'भनेर आरोप लगाउँदै हिँड्दा रहेछन् ।

अर्को के देखिन्छ भने एउटै पार्टीका विभिन्न गुट सम्मिलित सामूहिक बैठकमा भित्र को के बोले ?कसले के भने ?भनेर सोध्यो भने फरकफरक नेताले आफू अनुकूलका वा आफू वा आफ्नो पक्षलाई हित हुने समाचार मात्र छानीछानी टिपाउँदा रहेछन् । पत्रकार ती बैठकमा बसेको हुँदैन । स्रोतलाई विश्वास गरेर न्यूज सम्प्रेषण गर्दा पाठक नै भ्रममा पर्ने अवस्था आउँदोरहेछ ।

यो आलेखमा समस्या केबल नेतामा मात्र छ भनेर देखाउन खोजिएको होइन । समस्या हामी पत्रकारमा पनि छन् । हामीमा गम्भीर समस्या पनि छन् । पत्रकारमा भएका समस्याबारे मैले लेखेको आलेख यो लिंकमा पढ्न सकिन्छ ।

हेरौं उक्त आलेखको लिंक :

बहसमा लाइसेन्स : तर के नेपालमा पत्रकारको इज्जत छ ?

त्यसैले समस्या हाम्रा स्रोतहरूमा पनि छन् र पत्रकारमा पनि । यद्यपि समस्याबाट डराएर भाग्ने चाहिँ समाधानको उपाय होइन । समाजमा सही सूचना सम्प्रेषण गर्ने र जनतालाई सही सूचना दिएर सुसूचित,शिक्षित र जागरित गराउने हो भने दुवै पक्षले आआफ्नो भूमिकाको गम्भीर समीक्षा गर्न र सच्चिन ढिला भैसकेको छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

असोज ३१, २०७९

आज विश्व ३० औं अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइरहेको छ । १७ अक्टोबर, १९८७ मा पेरिसमा भेला भएका सरकार प्रतिनिधि, सामुदायिक अभियन्ता, विकास साझेदार, मानव अधिकारकर्मी र राष्ट्रसंघीय उच्चपदस्थ प्रतिनिधिले शान्त...

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

कात्तिक ५, २०७९

घर कहाँ हो ? काठमाडौं । कति वर्ष हुनुभो ? ६५ । चुनावमा कसलाई भोट हाल्नुहुन्छ ? जित्नेलाई । मत नगन्दै यो उम्मेदवारले जित्लान् भनेर कसरी थाहा हुन्छ ? थाहा हुन्छ । कसरी ? चुनाव जित्ने भनेकै सत्ता, साम...

असोज २९, २०७९

बालेनजी नमस्कार ! भगवान् भन्यो भनेर नरिसाउनुहोला । दुःखी–गरीबका लागि भगवान् बनेर आउनुभएको थियो । तपाईंको तुलना राजा वीरेन्द्रसँग भइरहेको थियो । यसकारण भगवान् भन्न पुगे । वास्तवमा तपाईं मेयर नै हो ।...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x