३१ देशबाट हालसम्म ७० हजार ५०० नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ? (विवरणसहित)

काठमाडौं । आइतबारसम्म ३१ देशबाट ७० हजार ५०० बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाइ उडान बन्द भएयता आइतबार सम्म विभिन्न ३१ मुलुकबाट ७० हजार  ५९७ नेपाली स्वदेश फर्किएका हुन् । 

फर्किनेमध्ये सबैभन्दा धेरै युएईबाट २० हजार ३९९ जना रहेका छन् भने मलेसियाबाट १० हजार ७५८ जना फर्किएका छन् । यसैगरी साउदी अरेबियाबाट १० हजार ४५१ जना फर्किएका छन् । 
आइतबारमात्रै साउदीको रियादबाट २५९, दमामबाट १४७, चीनबाट २१, दुबईबाट १४३, सिंगापुरबाट २५८, र शारजाहबाट १५५ यात्रु नेपाल फर्किएका  छन् । 


Advertisement

विस्तृत विवरण हेर्नुहोस्


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्