कात्तिक २०, २०८०
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
कोरोना भाइरस संक्रमणको जोखिम र लकडाउनका कारण ठप्प चलचित्र क्षेत्रका काम बिस्तारै शुरू हुन थालेका छन् । चलचित्र छायांकन रोकिएका फ्लोरमा गएका छन् ।
चलचित्रको कथा लेखनको काम सकेर बसेकाहरू कलाकार खोज्ने, गीत संगीत निर्माण गर्ने, छायांकनस्थल खोज्ने लगायतमा व्यस्त छन् । चलचित्र छायांकन गर्ने वातावरण भइसकेपछि कतिपय चलचित्रकर्मीहरू धमाधम कथा लेख्न लेख्न व्यस्त छन् ।
चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन शनिवार अर्थात् घटनास्थापनादेखि शुरू गरियो । अनमोल केसी, सुहाना थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको छायांकन धमाधम भइरहेको थियो । तर कोरोना भाइरस महामारीको कारण सरकारले गरेको लकडाउनसँगै लगभग आधा चलचित्र खिचेर निर्माण टीम आ–आफ्नो घर फर्किएको थियो ।
निर्माण पक्षले अब आगामी तिहारसम्म दिनरात गरेरै भए पनि छायांकन सक्ने तयारी गरेको छ । निर्माता सुनिलकुमार थापाका अनुसार चलचित्र आगामी नयाँ वर्ष अथवा दशैंमध्ये एउटा सही समय रोजेर प्रदर्शन गर्ने तयारी छ । निर्माता थापा भन्छन्, ‘अहिले शुरूमा चलचित्रको बाँकी छायांकन सक्छौं । त्यसपछि चलचित्र प्रदर्शन मिति तोक्नेछौं ।’
घोषणा भएर पनि लामै समय छायांकनमा जानबाट रोकिएको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन पनि शुरू भएको छ । ‘इन्टु मिन्टु लन्डनमा’बाट मन पराइएका अभिनेता धिरज मगर र लिलिबिलीबाट मन पराइएकी अभिनेत्री जसिता गुरुङको अभिनय रहने भनिएकाले पनि चलचित्र प्रतिक्षित थियो । यो चलचित्र प्रतिक्षित हुनुको अर्को कारण ‘हिट’ चलचित्र दिएकी रेनशा राईको निर्देशन रहने भएकाले पनि हो । काठमाडौंबाट छायांकन शुरू गरिएको चलचित्र त्यसपछि धरान र केही अन्य जिल्लाका रमणीयस्थलमा पनि खिच्ने बुझिएको छ ।
चलचित्र ‘प्रेम गीत ३’को पोस्ट–प्रोडक्सनको काम शुरू भएको छ । अहिले धमाधम चलचित्र सम्पादन भइरहेको निर्माता सन्तोष सेनले बताए । उनले भने, ‘अघिल्लो चैत २८ गते प्रदर्शन गर्ने योजनाअनुसार काम गरेका थियौं । तर लकडाउनका कारण सबै काम बाँकी राखेर घरमै सुरक्षित भएर बस्यौं ।’ उनका अनुसार अब चलचित्रको सम्पूर्ण काम केही हप्तामै सकिने छ । त्यसपछि उनको टीम अर्को चलचित्र ‘हुतुतु’को काममा लाग्नेछ । हुतुतुका निर्देशक समेत रहेका सेनले थपे, ‘हुतुतु’को अहिले स्क्रिप्टको काम भइरहेको छ । कलाकार सबै फाइनल भइसकेका छन् । स्क्रिप्ट सक्नासाथ चलचित्र फ्लोरमा जानेछ ।’
हरिवंश आचार्य, प्रदिप खड्का, नाजिर हुसेन, गौरव पहारी, पल शाह लगायतका कलाकारको अभिनय रहने भएकाले पनि हुतुतु चलचित्र छायांकनमा नजाँदैदेखि प्रतिक्षित बनेको छ ।
आइतवार मात्रै चलचित्र ‘चोर र पुलिस’ युनिट छायांकनका लागि फ्लोरमा निस्किएको छ । चलचित्रको छायांकन कालिञ्चोकबाट शुरू भएको हो । चलचित्र निर्माण टीम हेलिकप्टर लिएर काठमाडौैंदेखि कालिञ्चोक पुगेको हो ।
आरएल लामाको निर्देशन रहने चलचित्रमा अभिनेत्री कविता राय, निर्देशक लामा स्वयंको मुख्य अभिनय रहने जनाइएको छ । चलचित्र दोलखाबाहेक सिन्धुपाल्चोकसँग जोडिएका मुडे, चरिकोटल, कुलेखानी, हेटौंडा, पोखरा र काठमाडौं लगायतका स्थानमा पनि खिचिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा बुद्धि तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य, कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता राय, अर्नव बिष्ट, कौसल राई लगायतको पनि अभिनय रहने जनाइएको छ ।
चलचित्र ‘सम्झना बिर्सना’को ट्रेलर निर्माण भइरहेको छ । मुभी फ्याक्ट्रिमा धमाधम यो चलचित्रसँगै रण, गीत गजल लगायतका चलचित्रको अहिले ट्रेलर निर्माण भइरहेको छ । ट्रेलर सकिएपछि यी चलचित्र निर्माता आ–आफ्ना चलचित्रको प्रचारमा व्यस्त हुनेछन् ।
निर्माता रोहित अधिकारीले चलचित्र ‘छ माया छपक्कै’को सिक्वेल बनाउने भएका छन् । गत वर्षको ‘ब्लक–बस्टर’ चलचित्रको सिक्वेल निर्माण हुने पक्का भएको हो । यो चलचित्रको कथा दिपेन्द्र लामाले लेखिरहेका छन् । दिपेन्द्रले नै चलचित्रको निर्देशन गर्नेछन् । कथाको काम सकिएपछि कलाकार खोज्ने काममा व्यस्त हुने र त्यसपछि मात्रै कहिले छायांकनमा जाने भन्ने विषयमा निर्णय हुने निर्माता अधिकारीले जानकारी दिए ।
चलचित्र ‘छ माया छपक्कै’का मुख्य कलाकार दिपकराज गिरी र उनको टीमले चलचित्र ‘छक्का पन्जा ४’ बनाउने निर्णय गरेका छन् । दिपकराजका अनुसार यो चलचित्रको कथाको काम भइरहेको छ ।
चलचित्र ‘भाँडाकुटी’ पनि निर्माण हुने भएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरेर चलचित्र निर्माणको घोषणा गरिएको छ ।
चलचित्रको कथा कथा लेखन एवं निर्देशन किरण विकले गर्दैछन् । बेनिशा हमाल र मुकुन भुसाल लगायत अन्य केही कलाकारको अभिनय रहने चलचित्र फागुनदेखि फ्लोरमा जाने भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । चलचित्रलाई निश्चल पौडेलले खिच्नेछन् ।
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...