के गर्दैछन् अहिले हरिहर अधिकारी ?

ज्योतिषी विधामा छुट्टै पहिचान बनाएका थिए हरिहर अधिकारीले ।

दैनिक ५० जनासम्मको भविष्य हेर्ने अधिकारीले छोटो समयमा राम्रै आम्दानी गरे । घर, गाडी जोडे । राम्रै बैंक ब्यालेन्स पनि जोडे ।


Advertisement

तर, समय सधै उस्तै नहुने रहेछ बरै । जब आफ्नै चलचित्र ‘शुभ लभ’को भविष्यवाणी गरे त्यसपछि उनी अलोकप्रिय हुँदै गएको चर्चा चल्न थालेको छ । शुभ लभ नचलेपछि उनी अर्को एक चलचित्र निर्माणको तयारी थालेका थिए । तर, उक्त चलचित्र निर्माण भएन । त्यसपछि उनी अन्य दुईवटा चलचित्रमा काम गर्ने हल्ला बजारमा आयो, तर ति दुबै चलचित्रमा हरिहर अधिकारी मुख्य भुमिकामा नरहने पक्का भएको छ ।

उनै ज्योतिष तथा अभिनेता अधिकारीको मुख्य भुमिका रहने भनिएको चलचित्र ‘कबिर सिंह–नेपाली भर्सन’ र प्रेम पूजा हुन् । तर, यी दुबै चलचित्रका लागि अब उनी नरहने सम्बन्धित निर्माण पक्षको भनाइ छ ।


Advertisement

हरिहर अधिकारी अहिले प्रेमिकाको रुपमा चर्चामा आएकी अभिनेत्री निता ढुंगानासँग मिलेर एक चलचित्र निर्माण गर्ने मुडमा छन् ।  तर, यो चलचित्रको काम खासै अघि बढ्न सकेको छैन । चलचित्रलाई नीता ढुंगानाले निर्माण गर्ने खबर सार्वजनिक भएको थियो, तर पछिल्लो समय नीता वेब सिरिज निर्माण गर्ने मुडमा फर्किएको बुझिएको छ ।

चलचित्र ज्योतिषी विधामा नेपालभर चर्चामा आएका अधिकारीले चलचित्र क्षेत्रमा आएर आफ्नो मुख्य पेशा धरापमा त पारेनन् ? त्यो कि उनले जानून्, कि भगवानले ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्