कोरोनाकालमा ३३ देशबाट १ लाख २३ हजार बढी नेपाली फर्किए (तथ्यांकसहित)

कोरोनाभाइरसका कारण विदेशमा अलपत्र परेका तथा नेपाल आउनै पर्ने बाध्यतामा रहेका नेपालीहरु स्वदेश फर्किने क्रम जारी छ।  कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार बुधबारसम्म १ लाख २३ हजार ८४८ नेपाली स्वदेश फर्किएका छन् । यसरी स्वदेश फर्किनेमा खाडी र मलेसियासहित ३३ मुलुक रहेका छन् । 

नेपाल फर्किनेमा खाडी मुलुकमा कार्यरत नेपाली धेरै रहेका छन् । 
बुधबारपनि कतार, कुवेत, युएई, साउदी लगायतका देशबाट नपाली स्वदेश फर्किएका छन् । 


Advertisement

सरकारले कोरोना महामारीका कारण गत चैतमा अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि त्यसको केही समयपछि सरकारले उद्धार उडान सञ्चालनमा ल्याएको थियो भने केही अघिदेखि नियमित उडानमा समेत अनुमति दिँदै आएको छ ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्