बलिउड अभिनेत्री सोनम कपूर नयाँ फिल्म ब्लाइन्डमा दृष्टिविहीन महिलाको भूमिकामा देखिने भएकी छन् ।
यस पात्रका आयामलाई उनले गहिराइका साथ सिकिरहेको बताइएको छ । दृष्टिविहीनको शारीरिक हाउभाउ र ब्रेलमा पढ्ने कुराको तालिम उनले लिइरहेकी छन् ।
फिल्मसँग जोडिएका एक व्यक्तिले बताए, ‘फिल्ममा आफ्नो लूकलाई सटीक बनाउनका लागि सोनम स्वस्थ आहार गरिरहेकी छन् । महामारी कम भएपछि शूटिङ शुरू गर्ने उनको योजना छ । निर्देशकसँग मिलेर उनी अनेकौं विषयमा अनुसन्धान गरिरहेका छन् । एकजना प्रशिक्षकसँग मिलेर उनले पात्रलाई थप उम्दा तवरले निर्वाह गर्ने प्रशिक्षण लिइरहेकी छन् ।’
फिल्मको निर्देशन शोम मखीजाले गर्नेछन् ।
यो एक कोरियाली फिल्मको रिमेक हो ।
एजेन्सी