नेपाली काँग्रेसका नेता गगन थापाले लोकतान्त्रिक संविधानको रक्षाको पक्षमा उठ्न सबैलाई आग्रह गरेका छन् ।
बिहीवार एक ट्वीट गर्दै नेता थापाले लोकतान्त्रिक संविधान रक्षाको पक्षमा हुने विरोध कार्यक्रममा जुट्न सबैलाई आग्रह गरेका हुन् ।
नेपाली काँग्रेसले बिहीवार वडा स्तरीय विरोध कार्यक्रम सञ्चालन गर्दैछ । जसमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का १२ वटै वडामा हुने प्रदर्शनमा सहभागी हुन नेता थापाले अनुरोध गरेका हुन् ।
उनले संसद विघटनको विरुद्धमा ऐक्यबद्धता प्रकट गर्न अपिल समेत गरेका छन् ।
जुटाैं ! उठाैं लाेकतान्त्रिक संविधान रक्षाकाे पक्षमा !
आज माघ ८ गते वडा स्तरीय विराध कार्यक्रम अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं.४ का बाह्रैबटा वडामा हुने प्रदर्शनमा सहभागी भई, संसद विघटन विरुद्ध ऐक्यबद्धता प्रकट गर्न सबैमा हार्दिक अनुरोध गर्दछु।
— Gagan Thapa (@thapagk) January 21, 2021
लोकान्तर संवाददाता