भीम रावललाई ओलीको व्यंग्य– 'कुन विषयको डा. हो थाहा छैन, केको डा. हो थाहा छैन'

फाइल फोटो

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपा प्रचण्ड-माधव नेपाल समूहमा लागेका नेता भीम रावलप्रति आक्रोश पोखेका छन् ।

महिलाको किड्नी राखेकाले दिमागले काम गरेन भनेर रावलले आफूलाई भनेको आरोप लगाउँदै ओलीले 'के विषयको डाक्टर हो, बुद्धिचाहिँ कहाँ छ ?' भन्दै कटाक्ष गरेका हुन् ।


Advertisement

यद्यपि भीम रावलले ओलीलाई त्यसो भनेको भनी चलाइएको हल्ला पुष्टि हुने आधार आजसम्म भेटिएको छैन र रावलले पनि त्यसको खण्डन गरिसकेका छन् ।

'एकजना भर्खर डा. लेखेकाले भने– केपी ओलीले महिलाको किड्नी राखेकाले दिमागले काम गरेन रे !'


Advertisement

ओलीले थपे– 'डा. लेख्या छ, के विषयको डा. हो थाहा छैन ।​ बुद्धिचाहिँ कहाँ छ ? कुन डा. हो कुन डा. ? केको डा. हो केको डा. ?

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्