'एनिमल'मा रणवीरको पत्नी बन्दै परीणीति, के हुन्छ अनिल कपूरको रोल ?

यस वर्षको शुरूवातमा रणवीर कपूरको नयाँ चलचित्र एनिमलको घोषणा गरिएको थियो । 

यस चलचित्रमा रणवीर पहिलो पटक कवीर सिंह चलचित्रका निर्देशक सन्दीप वांगासँग काम गर्न लागेका हुन् । 


Advertisement

चलचित्रमा उनीसँगै परिणीति चोपडा र अनिल कपूर पनि हुनेछन् । 

हालसम्म कसले कस्तो भूमिका निभाउने भन्नेबारे औपचारिक जानकारी आइसकेको छैन । 


Advertisement

यद्यपी स्रोतहरूका अनुसार, परिणीति यस चलचित्रमा रणवीरको पत्नीको भूमिकामा हुनेछिन् । यस्तै अनिल कपूर रणबीरको पिता बन्दैछन् । 

चलचित्रको कहानी पनि रोचक छ । यो चलचित्र एक ग्याङ्स्टार ड्रामा हो । जसमा इमोसन्स, बदलाको भावना लगायतको मिश्रण छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्