प्रचण्ड-नेपाललाई ओलीको कटाक्ष – आजको जनसभा, खुट्टी देख्दै पत्याइयो !

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै प्रचण्ड-नेपाल पक्षले गरेको जनसभालाई सामान्य भएको टिप्पणी गरेका छन् ।

राजधानीको बबरमहलस्थित कार्की बैंकटमा पेशागत कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा भन्न नमिल्ने बताएका हुन् ।


Advertisement

'साँघुरा गल्लीमा मान्छे भएर आमसभा हुँदैन,' ओलीले भने, 'आजको विशाल जनसभा हेर्दा खुट्टी देख्दै चाल पाइयो भने जस्तो लाग्यो ।'

ओलीले माघ २३ गते विशाल जनप्रदर्शन गर्ने र त्यो आजको आमसभा भन्दा ठूलो हुने दाबी गरे ।


Advertisement

'माघ २३ गते हेर्नुहोला, आमसभा भनेको के हो ?' सम्बोधनका क्रममा ओलीले भने ।

ओलीले सम्बोधन गरेको कार्यक्रममा केही सय पेशागतकर्मी जम्मा भएका थिए । उनले प्रचण्ड-नेपाल पक्षको जनप्रदर्शनलाई लक्षित गर्दै भने, 'उनीहरूको सभामा हामीभन्दा अलिकति बढी मान्छे रहेछन् । देशभरबाट अलिअलि आएका रहेछन् ।'

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्