मंसिर २, २०८०
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
मुलुक आर्थिक समृद्धिको यात्रामा पुस्तक नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित विक्रम संवत् २०५० देखि २०७६ सम्म नेपाली अर्थतन्त्रमा भएका विभिन्न आर्थिक र वित्तीय परिवर्तन सम्बन्धी पैरवी बूक हाउसले प्रकाशन गरेको सान्दर्भिक लेखहरूको संगालो हो । बहुमुखी प्रतिभाका धनी उहाँ आर्थिक क्षेत्र सँगसँगै नेपाली साहित्य तथा सङ्गीतको क्षेत्रमा पनि परिचित हुनुहुन्छ ।
पुस्तकमा रहेका जम्मा ३८ वटा लेखमध्ये २९ वटा नेपाली र ९ वटा अंग्रेजी भाषामा लेखिएका लेखहरू ४३२ पानामा समावेश गरिएका छन् । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर डा. चिरञ्जीवि नेपाल र प्रथम गभर्नर हिमालय शमशेर राणाको शुभकामना सन्देशबाट शुरू गरिएको पुस्तकभित्र रहेका आर्थिक लेखमा बजेट र आर्थिक समृद्धिको गन्तव्य, नेपालको बाह्य क्षेत्रको विद्यमान अवस्था र चुनौती, नेपालमा रोजगारी र सामाजिक सुरक्षाको सन्दर्भ, नेपालको अर्थतन्त्रको अवस्था र भावी कार्यदिशा, आर्थिक जर्जरताबीच स्वाधिन अर्थतन्त्रका आधारहरू, सम्पति शुद्धीकरण निवारणः समुन्नत नेपाल निर्माणको एक आधार, विश्वव्यापी आर्थिक संकट र नेपालमा यसको असर, नेपालमा मूल्य अभिवृद्धि कर, नेपालमा निजीकरणबारे एक चर्चा र विकासशील देशको लागि विश्व व्यापार संगठनको फाइदा र चुनौती लगायतका विषयमा गहिरो अध्ययन गरी धेरै उत्कृष्ट लेखहरू लेख्नुभएको छ ।
बाह्य क्षेत्रको सन्तुलन यो आर्थिक उदारीकरणको युगमा नितान्त अपरिहार्य रहेको उहाँ बताउनुहुन्छ । विशेषगरी अन्तर्राष्ट्रिय व्यापार, शोधानान्तरण स्थिति, विदेशी विनिमय सञ्चिति र विनिमय दर जस्ता सूचकहरूको निरन्तर अध्ययन र यसले अर्थतन्त्रमा पारेको प्रभावको चित्रण गर्दै समयसापेक्ष बाह्य नीतिहरू निर्माण गर्न सक्नुपर्छ भन्ने उहाँको जोड छ (पेज २६) ।
नेपालमा आर्थिक उदारीकरणको नीति अवलम्बन गरिसकेपछिको बाह्य अवस्थालाई हेर्दा रेमिट्यान्स र पर्यटनले विदेशी विनिमय सञ्चितिमा सहयोग गरेपनि आयातमा भएको विस्तार र निर्यातमा गर्न नसकेको परिवर्तनले गर्दा दिनप्रतिदिन व्यापारघाटा बढ्दो छ । नेपालमा मानवीय साधनको निर्यात भने दिनप्रतिदिन बढ्दै गएकाले रेमिट्यान्समा वृद्धि हुँदै गएको र अरु विकासोन्मुख मुलुकमा जस्तो विदेशी विनिमय सञ्चिति बढेको छ (पेज ३२) । भारतसँगको स्थिर विनिमय दरको कारणले गर्दा भारतसँग भने नेपाली मुद्राको अवमूल्यन हुन पाएको छैन ।
बाह्य क्षेत्रमा सन्तुलन ल्याउनका लागि अल्पकालीन उपायमा व्यापारघाटा कम गर्न उत्पादन र निर्यात बढाउने, आयात व्यवस्थापन गर्ने, सेवा व्यापार (पर्यटन, शिक्षा, स्वास्थ्य) बढाउने, ट्रान्सफर प्राप्ति बढाउँदै बाह्य पूँजी परिचालन गर्ने भए पनि दीर्घकालमा भने पूर्वाधार निर्माण, विद्युतीय उत्पादन, कृषि र साना–ठूला औद्योगिक उत्पादनमै ध्यान दिनुपर्छ भन्ने कुरा जायज भए पनि नेपालममा यो भनाइमै सीमित रहेको हुनाले मेरो विचारमा कार्यान्वयनमा निकै बढी मेहनत गर्नुपर्ने देखिन्छ ।
समृद्धिको लागि तेस्रो आवश्यकता भनेको रोजगारीमा वृद्धि र सामाजिक सुरक्षाको सुनिश्चितता हो । नेपालमा श्रम बजारमा वार्षिक रूपमा करीब ५–६ लाख युवाहरू प्रवेश गर्छन् । तीमध्ये मुस्किलले १५% ले रोजगारी पाउँछन् भने बाँकी ८५% कि रोजगारी नपाएर भौतारिन्छन् कि विदेशिन बाध्य हुन्छन् (पेज ७५) ।
अझै कोरोना विश्वव्यापी महामारीले वैदेशिक रोजगारी खोसिएर नेपाल फर्कने संख्या बढ्दो हुने भएकाले यो विकराल बेरोजगारी समस्याको दीर्घकालीन समाधान खोज्नको लागि सरकारले गरेका पहल र योजनाको सार्थक कार्यान्वयन हुनुपर्छ, प्राविधिक शिक्षाको माध्यमबाट उद्यमशीलता वृद्धि गर्न जागिरे मानसिकता हटाएर औद्योगिकरण गरी स्रोतसाधनको उच्चतम प्रयोगको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्दै वैदेशिक रोजगारको मोह हटाउन सरकार लागि पर्नुपर्छ ।
नेपालमा जनसांख्यिक लाभांश अर्थात् बढी काम गर्नसक्ने जनसंख्या २०१६ मा ५३.६६% रहेको र २०२१–२०३१ सम्म पनि ५४% को हाराहारीमा रहने भएकाले यस्तो युवा जनशक्तिलाई विदेशिन बाध्य हुनबाट जोगाउन रोजगारीको चाहना अनुसारका कार्यक्रमहरू ल्याइनुपर्ने छ । हालसम्म रेमिट्यान्सले देशको बाह्य क्षेत्रमा सन्तुलन ल्याउन टेवा पुर्याए पनि आयातको वृद्धिदर यसैअनुसार बढ्दै जाने हो भने देशको बाह्य अर्थतन्त्र कमजोर हुन्छ । झण्डै जीडीपीको २५% हुन आउने रेमिट्यान्सको ८०% उपभोगमा खर्च भएर जम्मा २–३% मात्र पुँजी निर्माणमा लगाइने भएकाले वैदेशिक रोजगार पनि मुलुकको दीर्घकालीन हितमा छैन भन्ने जस्ता यथार्थ प्रस्तुत गरेका लेख पुस्तकमा पाइन्छन् ।
उहाँले सम्पत्ति शुद्धीकरणको मुद्धामा निकै जानकारीमूलक लेख लेख्नुभएको छ । हाम्रो देशमा कर छली, भ्रष्ट्राचार, कालोबजारी, आपराधिक क्रियाकलाप जस्ता अनैतिक तवरबाट कालो धन कमाउनेको संख्या बढिरहेको छ । यसले गर्दा अन्तर्राष्ट्रिय स्तरबाटै देशलाई कालोसूचीमा राखी वैदेशिक लगानी नआउने, पुँजी पलायन हुने, व्यापार घाटा बढ्ने, नेपाली वित्तीय क्षेत्र विश्वबाट अलग हुने, विभिन्न द्विपक्षीय र बहुपक्षीय ऋण तथा सहयोग कम हुनसक्ने उहाँ बताउनुहुन्छ ।
मेरो विचारमा उहाँको यस धारणामा हामी सबै सहमत हुँदै सम्पत्ति शुद्धीकरण निवारणको लागि व्यक्तिगत र संस्थागत रूपमै कानूनी दायरामा बसेर धन कमाइ समृद्धिको बाटोमा सहयोग गरिदिन जरुरी छ ।
अर्कोतर्फ उहाँको भनाइमा नेपालमा प्रमुख समस्या राजस्व संकलन र परिचालनमा भएको दुरुपयोग हो । राजस्व संकलन पारदर्शी बनाउँदै चुहावट हटाउन र करको दायरा बढाउन मूल्य अभिवृद्धि करको प्रयोगले खेलेको भूमिकाबारे २०५५ सालमा दिएको प्रशिक्षणको कुरा यस पुस्तकमा राख्नुभएको छ । यसको साथै नेपालमा निजीकरणको आवश्यकता महसूस गरी २०५० सालबाट यसका प्रयासहरू नेपालमा शुरू भए । संसार नै खुला अर्थव्यवस्थाको अनुशरण गर्दै विश्व व्यापार संगठनमा सहभागी हुँदा नेपालमा यसको आवश्यकता, प्रभावका साथै अवलम्बनमा देखिएका चुनौती र अवसरलाई विश्लेषणात्मक तरिकाले बुझाउने प्रयास गर्नुभएको छ ।
अर्कोतर्फ देशलाई आर्थिक समृद्धिको बाटोमा डोर्याउने प्रमुख भूमिका भनेको सबल वित्तीय प्रणाली नै हो । जबसम्म वित्तीय साक्षरता, वित्तीय पहुँच र वित्तीय समावेशिता जस्ता कुरालाई बढावा दिन सकिँदैन, तबसम्म सबल वित्तीय क्षेत्रको परिकल्पना गर्न सकिँदैन भन्ने उहाँको विचारमा सहमत हुन सकिन्छ । नेपाल जस्तो कम विकसित मुलुकमा वित्तीय साक्षरता, वित्तीय समावेशीता र वित्तीय पहुँच जस्ता विषयहरू अहिले पनि जल्दाबल्दा र बहसका विषय हुन् । जनता जति शिक्षित र सचेत हुन्छन्, त्यति नै देशले आर्थिक विकासको फड्को मार्न सक्छ (पेज १६९) ।
सबै नेपालीको बैक खाता अभियान किन आवश्यक छ ? वित्तीय साक्षरता, वित्तीय समावेशिता र वित्तीय पहुँचको विस्तारका लागि चलाइएका अभियान, विदेशी विनिमय व्यवस्थापनको लागि गरिएका प्रयास, नेपालमा मुद्रा र पुँजी बजारको अवस्था र देश विकासमा यसको भूमिका लगायत वित्तीय क्षेत्रका सबै प्रमुख विषयवस्तुलाई स्पष्ट रूपले प्रस्ट्याउनुभएको छ ।
देशको आर्थिक विकासको मेरुदण्ड भनेको वित्तीय क्षेत्र भएकाले यसका सरोकारवाला निकायहरू नेपाल राष्ट्र बैंक, सबै बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा कम्पनी लगायत सबै निकायले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन सक्यो भने देशको भविष्य उज्जवल हुनेछ भन्ने उहाँको विचारमा सहमत हुन सकिन्छ । उहाँको विचारमा समृद्धिको लागि पहिलो अपरिहार्य कुरा स्थायी सरकार, यसले ल्याउने नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा हुने सुशासन (भ्रष्टाचारमा शून्य सहनशीलता) हो ।
गम्भीर आर्थिक संकटलाई सामना गर्दै मुलुकलाई समृद्धिको बाटोमा डोर्याउन नेपाल राष्ट्र बैंकको दायित्व के हो र भूमिका कसरी खेलेको हुन्छ भन्ने जस्ता उहाँका सान्दर्भिक लेखले धेरै अस्पष्ट कुरालाई स्पष्ट पारेको छ । अहिले सन् २००८ सालको भन्दा ठूलो आर्थिक संकट कोरोना महाव्याधिले हामीमाझ निम्ताइसकेको बेला व्याजदर, बाह्य क्षेत्र र मूल्य स्थायीत्व ल्याउँदै प्रभावित क्षेत्रलाई राहत दिएर आर्थिक वृद्धिका लागि स्रोत परिचालन गर्न ल्याएका मौद्रिक नीतिका राहत प्याकेजले पनि समृद्धिमा राष्ट्र बैंकको भूमिका के भन्ने स्पष्ट पार्छ । सहुलियत कर्जा, पुनर्कर्जा, उत्पादनशील क्षेत्र कर्जा जस्ता कर्जाले बेरोजगारी, गरीबी र असमानता हटाइ सिमान्तकृत समूहको जीवनस्तर उकास्न र प्रतिस्पर्धी लाभ हुने क्षेत्रका आन्तरिक उत्पादन गर्न कसरी भूमिका खेलेको छ भन्ने प्रस्ट्याउनुभएको छ ।
हाम्रो छिमेकी देश भारतमा लेखिएका यस्ता प्रकारका किताबलाई टीभी बहस साथै पत्रपत्रिकाले विशेष महत्त्व दिएर प्रचार गर्छन् र सर्वसाधारणदेखि धेरै थोरै अर्थतन्त्रमा चासो राख्नेले देशको स्थिति बुझ्नका लागि सामग्री हुने गर्छन्, जुन अबका दिनमा हामीले पनि सिक्नु अपरिहार्य भइसकेको छ । भारतका पूर्व गभर्नर रगु राम राजनको ‘आई डु ह्वाट आई डु’ भन्ने पुस्तक केही समय अघि पढेकी थिएँ, जुन भारतका ठूला–ठूला पत्रिका जस्तै टाईम्स अफ इन्डिया, हिन्दूस्थान टाईम्स, इन्डिया टुडे लगायत पत्रिकादेखि टीभी च्यानलमा पनि विज्ञका विश्लेषण धेरै आएका छन् । यस्ता बहस र विश्लेषण हाम्रोमा पनि हुनु जरुरी छ ।
नेपालको आर्थिक र वित्तीय क्षेत्रको सम्पूर्ण विश्लेषणात्मक जानकारी प्राप्त हुने यी आलेखहरू आर्थिक क्षेत्रमा सरोकार राख्ने पाठकवर्ग लगायत बैंक, वित्तीय संस्थामा काम गर्ने कर्मचारी, अर्थशास्त्र र व्यवस्थापनका विद्यार्थी, नीति–निर्माणको तहमा हुनुहुने विज्ञ र राजनीतिज्ञ, उद्योगी व्यापारी, बैंकिङ सेवामा जान चाहने, लोक सेवाको तयारी गर्ने विद्यार्थीका साथै वित्तीय क्षेत्रको चासो हुने साधारण आम जनताका लागि उपयोगी यो ज्ञानबद्र्धक पुस्तक देशले चाहेको समृद्धि प्राप्त गर्नका लागि मार्गदर्शक हुनसक्छ । यस्ता महत्त्वपूर्ण विषय समेटेर मुलुकको समृद्धिको लागि जीवनभर संघर्षरतहरूका लागि समर्पित गर्दै पुस्तक प्रकाशन गर्नुभएका राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीज्यूलाई अनेकौं बधाई तथा शुभकामना !
पुस्तकको नाम : मुलुक आर्थिक समृद्धिको यात्रामा
लेखक : चिन्तामणि शिवाकोटी
प्रकाशक : पैरवी बूक हाउस प्रालि
मूल्य : व्यक्तिगत रु. ७००
संस्थागत : रु. १०००
इमेल : [email protected]
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...