×

NMB BANK
NIC ASIA

शिवरात्रीका नागाबाबाहरूको आक्रोश : मन्त्री सन्त्री चिन्दैनौं, राजा चाहियो !

फागुन २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शिवरात्री मनाउन भारतदेखि नेपाल आएका बाबाहरूको पशुपति क्षेत्रमा चहलपहल बढेको छ । बिहीवार पर्ने शिवरात्रीका लागि निकै दिन पहिलेदेखि बाबाहरूको आउने क्रम चलिरहेको थियो ।

Muktinath Bank

महाशिवरात्रीको दर्शन गर्न भारतबाट आएका साधुहरुले नेपाल ३ हजार वर्षदेखि हिन्दूराज्य भएको बताउने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाशिवरात्रीको समयमा भारतबाट आएका नागा बाबा र साधु बाबाहरुले नेपाल सदिऔंदेखि सनातन धर्मको राज्य भएको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

शिवरात्री मनाउन ९ वर्षदेखि पशुपति आइराखेका राजस्थान चित्तडगढका महन्थ सन्त मनोहर दासले लोकान्तरसँग भने, ‘नेपालमा त्रेता युगदेखि नै रामको राज्य र भगवान शिवले आफ्नो बासस्थान बनाएको ठाउँ हो यहाँ कसैले पनि अरु राज्य भन्नै पाउँदैन् यो त हिन्दू राज्य हो ।'

Vianet communication
Laxmi Bank

उनले थपे – ‘अहिले जे नाम दिए पनि हिन्दू धर्मका ग्रन्थ वेद पुराण, रामायण सबै यो देशलाई हिन्दू राज्य भनेर प्रमाणित गरिएको छ ।’

भागवान शिवलाई हरिण सम्झेर दशरथले वाण हानेपछि शिव त्यहाँबाट अलप भएर पशुपतिमा आएर प्रकट भएकाले यसलाई शुद्ध भूमिको रूपमा पुजन गर्दै हरेक वर्ष नेपाल आउने गरेको बताए ।

उनले नेपालको पशुपतिनाथ र भारतको बैदनाथको सम्बन्धलाई स्पष्ट पार्दै यसले दुईदेशको सम्बन्ध पनि सदियौंदेखि स्वच्छ र सुमधुर बनाउँदै आएको बताएका छन् ।

यस्तै भारतको हस्तीनापुरबाट आएका सन्यासी पवन गिरीले आज शिवरात्रीको दिन भगवान शिवले विवाह गरेकाले त्यसलाई उत्सवका रुपमा मनाउन २५ वर्षदेखि नेपाल आउने गरेको बताएका छन् ।

‘शिवरात्री भनेको भगवान शिवको विवाह उत्सवको पवित्र भूमि पशुपतिमा मनाउनलाई सधैं आउने गरेको छु,’ सन्यासी गिरीले लोकान्तरसँग भने, ‘पशुपतिमा आउन पाउँदा सधै धन्य भएको ठान्छु ।’

पशुपतिमा आएका अधिकांश बाबाहरुले नेपालमा अरुलाई नचिन्ने तर राजालाई चिन्ने बताएका छन् ।

‘नेपालमा हामीले चिन्ने विष्णुको अवतार भएका राजालाई चिन्छौं अरु त को हुन् को,’ भारतको गाजियावाद भदौली शिवमन्दिरबाट आएका नागा बाबा राम गिरीले लोकान्तरसँग भने, ‘हामी भगवान शिवलाई मान्छौं राजा मान्छौं ।’

पशुपतिमा चहलपहल न्यून

शिवरात्रीको पूर्वसन्धामा पशुपतिमा चहलपहल न्यून देखिएको छ । कोरोना भाइरसको संक्रमण चलिरहेका कारण र नेपाल भारत सीमा आंशिक बन्द भएकाले चहलपहल कम देखिएको छ । पशुपतिमा अघिल्लो बर्षजस्तो बाबाहरु पनि देखिएका छैनन् ।

पशुपति क्षेत्रमा देखिएको बाबाको चहलपहललाई लोकान्तरकर्मी गगन अर्याल र विश्वास खनालले तस्वीर र भिडियोमा उतारेका छन् ।

हेर्नुहोस् तस्वीर र भिडियो –

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x