×

NMB BANK
NIC ASIA

राजनीतिमा नयाँ ट्विस्ट

प्रधानमन्त्री-जसपा वार्ता नयाँ मोडमा : संविधान 'रिभ्यू' आयोगदेखि मुद्दा फिर्ता सहमतिउन्मुख !

बैशाख ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधनका लागि संवैधानिक पुनर्विचार आयोग 'कन्स्टिच्युसनल रिभ्यु कमिसन' गठन गर्न तयार भएको दाबी जसपाका वरिष्ठ ने‍ता राजेन्द्र महतोले गरेका छन् ।

Muktinath Bank

लोकान्तरसँग शुक्रवार संक्षिप्त कुराकानी गर्दै महतोले सर्वोच्च अदालतका बहालवाला वा पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक क्षेत्रका विज्ञहरू समेत राखेर आयोग गठन गर्नका लागि प्रधानमन्त्री ओली तयार भएको दाबी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसपाका नेताहरू र प्रधानमन्त्री ओलीबीच भएको पटक-पटकको वार्ताको परिणामस्वरूप उक्त कुराका लागि ओली तयार भएको महतोले खुलासा गरे ।


Advertisment
Nabil box
Kumari

संविधानमा जे जति त्रुटि देखिएका छन्, ती सबै त्रुटिलाई सच्याएर सम्बोधन गर्नका लागि उक्त आयोग गठन हुन लागेको महतोले बताए ।

Vianet communication
Laxmi Bank

आयोगको टीओआरमा संविधानको रिभ्यु गर्नका लागि विगतको अन्तरिम संविधान, विभिन्न समयमा मधेश आन्दोलनकारी शक्तिहरूसँग गरिएका लिखित सम्झौता, सडक आन्दोलनका क्रममा व्यक्त गरिएका माग तथा नाराहरू आधारका रूपमा रहने महतोले बताए ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव ओली सरकारमै रहेका बेला उक्त आयोग गठन गर्नका लागि माग गरेका थिए । त्यति बेला प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए ।

अहिले आफूहरू प्रतिपक्षमा रहेका बेला त्यो माग पूरा गराउन सफल भएको महतोले दाबी गरे ।

उक्त आयोग नेपालमा पहिलोपटक बन्न गइरहेको भन्दै महतोले थपे, 'भारतमा पनि त्यस्तो कमिसन बनेको थियो जसले त्यहाँको संविधान रिभ्यु गरेर दिएको प्रतिवेदनका आधारमा संविधान संशोधन हुँदै गएको थियो । ठीक त्यसैगरी अब बन्ने उक्त आयोगले दिने प्रतिवेदन संसदमा प्रस्तुत हुने र त्यहाँ दुई तिहाइबाट संविधान संशोधन हुने उनले बताए ।

'संसदमा उक्त प्रतिवेदन प्रस्तुत भइसकेपछि त्यो संसद्को प्रोपर्टी हुनेछ,' महतोले भने, 'त्यसपछि दुईतिहाइले पारित गर्नुपर्नेछ ।'

यसअघि ओलीले नै आवश्यकता र औचित्यका आधारमा मात्र संविधान संशोधन हुने भनेर अडान राखिरहेका बेला ओली त्यसका लागि तयार हुनु भनेको ठुलो 'ब्रेक थ्रु' भएको समेत महतोले दाबी गरे ।

ओली यसरी यू-टर्न हुनु निकै ठूलो कुरा भएको उनको टिप्पणी छ ।

'संसद्मा त्यो विषय प्रवेश गरिसकेपछि अन्य राजनीतिक दलको पनि अग्निपरीक्षा हुनेछ,' महतोले भने, 'सीमांकन हेरफेरदेखि संविधानमा जे जति त्रुटिहरू वा कमी कमजोरीहरू देखिएका छन्, ती सबै कुरा संशोधनका लागि उक्त आयोगले आफ्नो प्रतिवेदनमा सुझाव दिनेछ ।'

भारतमा पटक-पटक संविधान संशोधन भएका कारण हालसम्म संविधान जीवित रहेको भन्दै उनले नेपालको संविधानलाई पनि जीवन्त राख्ने हो भने संशोधन गर्नैपर्ने बताए ।

'यदि संविधान संशोधन भएन भने यो संविधानको मृत्यु निश्चित छ, जसरी विगतका ६ वटा संविधानको अन्त्य भयो त्यसैगरी यो सातौँ संविधानको पनि अन्त्य हुने हुनाले संविधान संशोधनको आवश्यकता र औचित्यसमेत प्रधानमन्त्रीज्यूले बुझ्नुभयो र आयोग गठन हुन लागेको हो,' महतोले भने ।

त्यसबाहेक मुद्दा फिर्ता, नागरिकता विधेयक संशोधनसहित अन्य माग समेत पूरा गर्नका लागि ओली सरकार तयार रहेको र सकारात्मक तरिकाले कामहरू अगाडि बढिरहेको पनि उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x