×

NMB BANK
NIC ASIA

अन्ततः कांग्रेस र माओवादीले बहुमत जुटाउन सकेनन्, ओलीको रणनीति सफल

बैशाख ३०, २०७८

NTC
Premier Steels

संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले निरन्तर पहल गरेपनि बिहीबार साँझसम्म आइपुग्दा सम्पूर्ण प्रयास विफल हुन पुगेको छ । बहुमतको सरकार बनाउनका लागि कांग्रेस र माओवादी केन्द्रलाई जसपाको उपेन्द्र महतो समूहले सघाएपनि कानुनी रुपमा महन्थ ठाकुर समूह समेतको सहयोग चाहिनेमा त्यो हुन सकेन । ठाकुरलाई मनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो बूढानीलकण्ठमा आमन्त्रण गरेर आग्रह गरेपनि ठाकुरले त्यसलाई स्वीकार गरेनन् बरु उनले आफू पक्षीय सांसदलाई भक्तपुरको रिसोर्टमा राखेर एमाले अध्यक्ष केपी ओलीलाई सहयोग पुग्नेगरी गतिविधि गरे । 

Muktinath Bank

यस्तै माधव नेपाल समूहले सहयोग गर्दा बहुमतको सरकार बन्न सक्ने आशा विपक्षी गठबन्धनमा थियो त्यो सम्भावना पनि नेपाल समूह सांसदबाट सामूहिक राजीनामा नआएपनि बहुमत जुटाउने कसर भ्यागुताको धार्नी जस्तै बन्न पुग्यो । यद्यपी नेपाल समूहले राजीनामा दिएपनि संविधानअनुसार बहुमत सदस्य संख्या १३८ नै बनाउनुपर्ने बालुवाटारको निष्कर्ष रहेको थियो । 
कुनैपनि माध्यमबाट बहुमतको सरकार बन्न नसक्ने देखिएपछि बिहीबार साँझ काँग्रेस बहुमतको सरकारको दावीबाट पछि हट्यो माओवादी पनि नयाँ सरकार बनाउन नसकिने निष्कर्ष निकाल्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीबार साँझ काँग्रेस पदाधिकारी बैठक बसेर सरकार गठनका लागि बहुमत पुराउन नसकेको निष्कर्ष निकाल्दै दौडबाट पछि हट्यो । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले बहुमत नपुग्ने भएपछि सरकारको नेतृत्वको दाबी गर्ने अवस्था नबनेको निष्कर्ष निकालेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । एकपटक प्रतिनिधिसभामा विश्वासको मत गुमाइसकेका प्रधानमन्त्री ओलीले धारा ७६ को उपधारा २ बमोजिम जसपासँग मिलेर सरकारको नेतृत्वको दाबी गर्न नमिल्ने तर्क पनि गरे । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘संविधानको धारा ७६ को उपधारा २ अनुसार जुन आजसम्म दाबी गर्ने समय थियो । यसभित्र अरु सहयोगी दलहरूको पनि निर्णयको आवश्यकता पथ्र्यो । जसपामा पनि एकमतको निर्णय गर्ने अवस्था देखिएन र माधवजीहरुले पनि निर्णय गर्न सक्नुभएन । त्यसो हुनाले दाबी गर्ने अवस्था अब रहेन । परिणाम नआउने दाबी गर्न जाने कुरा भएन । एक ÷दुई घण्टामा अचानक समर्थन जुट्ने अवस्था आयो भने बेग्लै कुरा हो । तर अहिलेसम्म त्यो स्थिति देखिएन । ७६/२ (संविधानको धारा ७६ को उपधारा २ ) अन्र्तगत त उहाँ(प्रधानमन्त्री केपी शर्मा ओली)ले दाबी गर्न सक्नुहुन्न । त्यो त गलत नजिर बस्छ । उहाँले एकपटक संसदमा विश्वासको मत लिन असफल भइसकेपछि फेरी ७६÷२(संविधानको धारा ७६ को उपधारा २ ) अन्र्तगत दाबी गर्नु अनुपयुक्त हुन्छ । त्यो अनुसार गर्नु हुदैन भन्ने हाम्रो निष्कर्ष हो ।”
 
यसैगरी नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल खनाल समुहका कारण बहुमतको सरकार गठन प्रक्रिया अघि बढाउन नसकिएको जनाएको छ । 
विहिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी संग मिलेर सरकार गठन प्रक्रिया अघि बढाउने कुरा भएपनि अन्तिम समय सम्म जसपाले निर्णय गर्न नसकेको ठहर गरेको हो । 

Vianet communication

आफ्नै दलका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको नेपाल खनाल पक्षले पनि अन्तिम समयमा आएर धोका दिएको निष्कर्ष माओवादी केन्द्रले निकालेको छ । बैठक पछि संचारकर्मीलाई प्रतिक्रिया दिदै प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरु कांग्रेस, जसपा र एमालेको नेपाल खनाल पक्षको निर्णय पर्खेर बसेको समेत बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीको बहुमत नपुग्ने विश्लेषणका साथ वैशाख २७ मा प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । संसदमा ओलीले आफ्नै पार्टीका दुई दर्जन बढी सांसदको असहयोगका कारण विश्वासको मत पाएनन् तर त्यसपछि जसपाको महन्थ ठाकुर र आफ्नै पार्टीका नेपाल समूहलाई फकाउन सफल भए । जसले ओलीलाई पुनः प्रधानमन्त्री बन्ने बाटो खुला गरिदिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x