![बाढीले छाडेपछि यस्तो देखियो मेलम्ची बजार क्षेत्र [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Melamchi_Bazar_6_MehrGtj7VM.jpg)
मेलम्ची र इन्द्रावतीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो क्षति पुर्याएको छ ।
विशेषगरी मेलम्ची बजार क्षेत्रमा बाढी पसेर कैयन घर पुरेका छन् भने सडकमा मुढा तथा लेदो थुप्रिएको छ ।
खोला आसपासका कतिपय घर पूरै पुरिएका छन् भने अग्ला घरहरू पनि भुँइतला पुरिएको छ ।
बाढीमा परी ७ जना बेपत्ता भएको खुलेको छ भने एक जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
यसक्रममा बाढीमा फसेका ६० भन्दा बढीको उद्धार गरिएको छ ।
हेर्नुहोस्, बाढीले छाडेपछि मेलम्ची बजारको दृश्य :








