×

NMB BANK
NIC ASIA

सिन्धुपाल्चोकको विपत व्यवस्थापन तथा राहत कार्य तत्काल अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन

असार ११, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपतको व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । 

Muktinath Bank

जिल्लामा हालैको बाढी पहिरोले पुर्याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित शुक्रबार प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमती प्रदेश कमिटिको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री यस्तो निर्देशन दिएका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिन्धुपाल्चोकको विपत्ति एक मानवीय संकट भएको बताउँदै उनले भने, ‘यस कुरामा कसैले  राजनीति गर्नु हुन्न  मानवीय हिसाबमै जानुपर्छ’ । पुल बगाएको स्थानमा बेलिब्रिज व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्रीले बताए। साथै उनले बाढीको पुर्व सूचना दिन साइरन राख्ने,  कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवासको व्यवस्था गर्न निर्देशन दिए ।


Advertisment
Nabil box
Kumari

यस्ता विपत्तिमा स्थानीय आवश्यकता अनुसारको राहत उपलब्ध गराइनुपर्ने बताउँदै प्रधानमन्त्रीले भने, त्यस्ता ठाउँमा दाताहरू पुगेका छन्, उनीहरुलाई त्यहाँ के चाहिएको छ भन्ने थाहा छैन । लगेर चाउचाउ बाँडेपछि केटाकेटी खुसी होलान् । तर त्यहाँको आवश्यकता त्यो हो कि होइन भन्ने बुझ्नु पर्छ,’ प्रधानमन्त्रीको भनाई थियो । 

Vianet communication

 प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्दै नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीका अध्यक्ष आनन्द पोखरेलको मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन सरकारद्वारा  गर्न , बहु आयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पुनः निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरिएको छ । 

यसै गरी विस्थापित ४ सय परिवारको अस्थायी बसोबासको लागि प्रति परिवार ८ बन्डल जस्ता उपलब्ध गराई अस्थायी बासस्थान निर्माण गर्ने नदी किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्न र भत्केका घरहरूको पुनर्निर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गर्न र बिग्रे भत्केका मोटर बाटोहरुको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था  गर्न ज्ञापनपत्रमा माग गरिएको छ । 

यसै गरी भत्केका मोटर पुलमा अस्थायी (बेलीब्रिज वा कज वे निर्माण गरी)  मोटर बाटो सञ्चालनमा ल्याउन र मानिस आवत जावतको लागि तत्कालै झोलुङ्गे पुल निर्माण गर्न माग गरिएको छ । साथै ध्वस्त भएको सञ्चार र विद्युत प्रशारणको लाइनको मर्मत गरी तत्कालै विद्युत आपूर्ति सञ्चालन गर्न पनि ज्ञापन पत्रमा माग गरिएको छ । 

ज्ञापनपत्रमा ध्वस्त सबै खानेपानीका मुहान र संरचनाहरु मर्मत सुधार गरी मुहानको संरक्षण, फिल्ट्ररेशन सहित सफा खानेपानीको व्यवस्था,मेलम्ची आयोजनाको मुहानमा भएको क्षतिको मर्मत सुधार गरी र  भत्केका दुईवटा विद्यालय सञ्चालनको लागि तत्कालै सुरक्षित स्थानमा निर्माण गरी पठन पाठन सुचारु गर्न माग गरिएको छ । 

साथ क्षतिग्रस्त प्रहरी चौकीको पुन:स्थापना, पानी जन्य रोग तथा अन्य सरुवा रोग रोकथाम नियन्त्रण र उपचारको लागि स्वास्थ्य शिविर सञ्चालन  तथा तत्कालै खाद्यान्न र अन्य राहतको उचित प्रवन्ध गरियोस् । 

यसका साथै नदि किनारमा तार जाली लगाई  पुरानै मार्गमा फर्काउने व्यवस्था, जनतालाई जोगाउन सुरक्षित स्थानमा स्थानान्तरण , नदि किनारमा सञ्चालन भएका कृषि बाली, पशु चौपाया, कृषि फर्म होटल, रिसोर्ट, पसल र अन्य व्यवसाय सञ्चालन गर्नेहरुको लगानी संरक्षण गर्न बैंकको व्याज मिनाहा र कर्जा पुन: संरचना गर्ने व्यवस्था गर्न र नदि किनारामा बाढीको पूर्व जानकारी दिने साइरन तत्काल जडान  गर्न माग गरिएको छ । 

 सिन्धुपाल्चोकमा असार १ गते पछि परेको अबिरल वर्षापछि उत्पन्न बाढी पहिरोका कारण १६ जनाको मृत्यु  तथा  ४०० परिवार विस्थापित भएका छन् । सबै स्थानमा गरी ३ सय ३७ वटा घर र ६० वटा गोठ ), ६ वटा मोटर पुल र १३ वटा झोलुंगे पुल बगाएको छ ।

यसै गरी हेलम्बु २ को किउल बगरमा रहेको  प्रहरी चौकी भवन लडाएको छ भने २ वटा विद्यालय (सरस्वती मा.वि. हेलम्बु र तेर्से मावि तालामाराङ) भवन उच्च जोखिम रहेका छन् । विभिन्न स्थानमा सडक मार्ग भत्किएर बगरमा परिणत भएका छन् नदिकिनारका वस्ती पहिरोले पुरेको र लेदो थुप्रिएर पुरै यातायात बन्द भएको भएको पनि ज्ञापनपत्रमा उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x