×

NMB BANK
NIC ASIA

मृत्युदर्ता भएको ६ वर्षपछि सुभाषले पाए नागरिकता, यसरी गराइएको थियो ‘पुनर्जन्म’

साउन २९, २०७८

NTC
Premier Steels

मृत्युदर्ता भएको ६ वर्षपछि मोरङ बेलबारीका सुभाष तामाङले नागरिकता पाएका छन् । उनको नाम सरकारी अभिलेखमा मृतकको विवरण थियो ।

Muktinath Bank

भोजपुरको षडानन्द नगरपालिका–२ पुर्ख्यौली घर भएका तामाङ २०७१ सालमा साउदी अरबको एक कम्पनीमा रोजगारीका लागि गएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७२ असार २४ गते दुर्घटना भएपछि तामाङको मृत्यु भएको भन्दै कम्पनीले अर्कैको शव पठाएको थियो । परिवारले दाहसंस्कार गरेर २०७२ साउन ६ गते षडानन्द नगरपालिका–२ मृत्युदर्ता गराएको थियो । 


Advertisment
Nabil box
Kumari

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बसाइँ सरेका तामाङ आफ्नो मृत्यु दर्ता खारेज गरिदिन माग गर्दै जिल्ला प्रशासनदेखि वडा कार्यालयसम्म धाएका थिए । 

Vianet communication

‘नागरिकता पाएपछि पुनर्जीवन पाएको महसुस भएको छ,’ नागरिकता पाएपछि उनले भने । 

मृत्युदर्ता भएपछि आफू जीवितै छु भनेर सरकारी अड्डा धाएका सुभाषलाई किन यत्तिका वर्ष लाग्यो त ? 

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला भन्छन्, ‘पीडित व्यक्ति समस्या लिएर सम्बन्धित ठाउँमा नआएका कारण ढिलो भएको हो । 

‘६ महिनाअघि आउनु भएको थियो, त्यसपछि हराउनु भयो,’ उनले भने, ‘मैले नै जनप्रतिनिधिलाई खोजेर ल्याउन भनेको हुँ ।’

के हो घटना ?

मोरङ बेलबारी–११, लक्ष्मीमार्गका सुभाष २०७१ सालमा परिवारमा खुशी ल्याउने सपना बोकेर साउदी हानिए । उनी हुन्डाइ कम्पनीमा काम गर्ने सम्झौतामा विदेश गएका थिए । 

काम गरेबापतको तलब बैंकमा आउने भएकाले आफू बसेको ठाउँबाट अलि टाढा जानु पर्थ्यो । बैंकबाट रकम झिकेर फर्कने क्रममा २०७२ असार २४ मा उनी चढेको गाडी दुर्घटना भयो । दुर्घटनापछि सुभाषको मृत्यु भएको भन्दै परिवारलाई जानकारी गराइयो । 

साउदीमै रहेका सुभाषका आफन्तले शव नेपाल पठाउन पहल गरे । १५ दिन नबित्दै शव त्रिभुवन विमानस्थल काठमाडौं आइपुग्यो । 

श्रीमती सन्तोषी र बुबा हर्कबहादुरले शव ल्याएर आफ्नो रीतिरिवाजअनुसार बेलबारीमा दाहसंस्कार गरे । पैसा कमाएर सुखको जिन्दगी काट्ने सपना बोकेर विदेश गएका सुभाषको मृत्युको खबर आएपछि परिवार शोकमा डुब्यो । 

सुभाष दुर्घटनामा परेको केही महिनापछि श्रीमतीलाई सुभाषका साथीहरूले फोन गरे । विदेशको नम्बरबाट फोन आउँदा सन्तोषीको मन झस्कियो । 

पहिलो आवाज सुन्दा उनले फिल्मको कथा जस्तै महसुस गरिन् रे । उनलाई पहिलो फोनमै ‘भाउजू सुभाष दाइ जिउँदै हुनुहुँदो रहेछ अस्पतालमा उपचार हुँदैछ,’ भनेर फोनमा भनिएको थियो । 

सुभाषकी श्रीमती सन्तोषीले भनिन्, ‘खबर सुनेर अनुहारमा केही छिन हाँसो त थपियो तर, दाहसंस्कार गरेको शव कसको थियो भन्ने चिन्ता भयो ।’ 

सुभाष भनेर दाहसंस्कार गरेका व्यक्ति भने बागलुङका टेकेन्द्र भण्डारी थिए । 

एउटै कम्पनीमा काम गर्ने चार जना तथा ट्याक्सी ड्राइभर एक जना गरी पाँच जना गाडीमा गएका थिए । ‘रातको करीब १ बजेको थियो होला हामी कोठातिर आउँदै थियौँ,’ सुभाषले भने, ‘बाटोमा गाडी दुर्घटनामा परेछ मेरो होस आउँदा म अस्पतालमा थिएँ । हामी पाँच जना गाडीमा गएकोमा म मात्रै बाँचेछु । म ६ महिना अस्पतालमा बसेपछि ठीक भएर कम्पनीमा गएर काम गरेँ ।’ 

आफन्तले उनलाई घरमा आउन हुँदैन भनेका थिए । उनको काजकिरिया गरिसकेकाले पुनर्जन्मको प्रक्रिया गर्नुपर्थ्यो । ‘मलाई आफन्तले तँ घरमा आउनु हुँदैन भनेकाले मेरो जन्मथलो भोजपुरको कुदाककाउले हाल षडानन्द नगरपालिकामा गएँ,’ उनले भने, ‘त्यहाँ जाँदा मलाई घरमा पस्न दिइएन । गाई बाँध्ने ग्वालीमा भकारीले बेरेर राखेको रहेछ । म गएर भकारीले बेरेर राखेको ठाउँमा पसेँ ।’ 

केही छिनमा उनकी आमा आएर ‘ऐया-ऐया’ भन्दै कराइन् । ‘म छक्क परेँ । मुनिबाट बुबाले के-के भो भनेर कराउनु भयो । म झन आत्तिएँ । केही छिनमै आमाले छोरो जन्मियो भनेर भन्नुभयो र नुहाइदिनुभयो ।’

उनका बुबाले त्यसपछि मात्रै आफूलाई हेरेको उनले बताए । ‘काजकिरिया सकेको मान्छे आउँदा पुनर्जन्म भएको भनेर कर्म गर्नुपर्दाे रहेछ,’ उनले भने, ‘संस्कार अनुसार मलाई पनि त्यसै गरियो ।’

सुभाषका एक छोरा, एक छोरी र श्रीमती छन् । अहिले उनी सफारी चलाउने गर्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x