मंसिर १९, २०८०
पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...
ललितपुरको ग्वार्कोस्थित आकाशे पुल आसपासमा पुग्नुभयो भने एक महिला कोइलाको भुङ्ग्रोमा हरियो मकै राखेर हम्किँदै गरेको भेटिन्छिन् ।
काठमाडौंमा यस्तो दृष्य नौलो त होइन, तर यी महिलाको कथा अलि फरक छ ।
नाम माया । घर धनकुटा । माइती झापा । ५ दिनको पिरतीलाई विवाहमा परिणत गर्दै माइतीबाट भागेको ३८ वर्ष पुगेछ । भागी विवाहपछि काठमाडौं छिरेकी उनी ३० वर्षदेखि मकै पोल्दै गुजारा गरिरहेको बताउँछिन् ।
उनका पती काठमाडौंमा गाडी चालक थिए । अचानक एक दिन सुतिरहेकै अवस्थामा हृदयाघातका कारण निधन भयो । त्यसको ६ वर्षपछि नै अर्को शोक आइलाग्यो । दुवै मिर्गौला फेल भएर २८ वर्षीया छोरीले ज्यान गुमाइन् । उपचारमा लाखौं खर्चिँदा पनि छोरीको ज्यान जोगाउन नसकेकोमा उनलाई अफसोच छ ।
भविष्यको सहारा एउटा छोरा छन् । उनले ब्याच्लर लेभल अध्ययन गर्दै रहेछन् । छोरालाई डाक्टर बनाउने धोको भए पनि पढाउन नसकेकी उनी ब्याच्लर लेभलसम्मको अध्ययन गराउन सकेकैमा गर्व गर्छिन् ।
उनले यसबीचमा १० वर्ष एउटा कम्पनीमा जागिर पनि खाएकी रहिछन् । बिहानको समयमा जागिर अनि दिनभर ठेलामा मकै पोल्ने गरेको उनी सम्झिन्छिन् । जागिर छोड्नुको पनि आफ्नै पीडा रहेछ ।
हात खुट्टा चलुञ्जेल काम गरेर खानुपर्छ भन्ने उनको मान्यता छ । आफ्नो काम गर्दा जति आनन्द र खुशी अरूको काम गर्न नमिल्ने उनले बताइन् ।
हेर्नुहोस्, भिडियो :
पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...
हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो । ...
गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो । नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ । श्रीकृष्ण जन्माष्टमीका...
ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सरकारी मर्यादाक्रममा मुख्यसचिव ...
'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...