×
Bajaj Top
Khukuri
FONEPAY

पौराणिक ज्ञानभण्डारमा लिङ्ग महापुराणको छुट्टै स्थान छ । ‘लिङ्गमेकादशं प्रोक्तम्’ अर्थात् यसै पुराणको १।२।३ मा उल्लेख भए अनुसार १८ वटा महापुराणमा यस पुराणको स्थान ११ औंमा पर्छ ।

Sanima Bank
morang Auto yamaha

‘लैङ्गं तु गुल्फकम्’ अर्थात् पद्पुराण स्वर्ग खण्ड ६२।५ का अनुसार यो पुराण पुराणपुरुषोत्तम भगवान्को अंगबिग्रहमा गोलीगाँठो मानिएको छ । गीताप्रेस गोरखपुरको पुराणकथांकमा यस पुराणको २ भाग रहेको उल्लेख छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

यस अनुसार पहिलो भागमा १०८ र दोस्रो भागमा ५५ गरी कूल १६३ अध्याय छन् । भागवतमा व्यासजीले यस पुराणको श्लोकसंख्या ११ हजार रहेको उल्लेख गरेका छन् तर गीताप्रेसको पुराणकथांकमा भने १२ हजार उल्लेख भएको पाइन्छ । 

लिङ्गपुराण शैवपुराण हो । यसको अर्थ यसले शिवजीको मात्र गुणगान गरेको छ भन्ने होइन । प्रसङ्ग अनुसार वैदिक सनातन धर्मावलम्बीहरूले मान्ने अन्य देवीदेवताले पनि यथावसर उत्तिकै चर्चा पाएका छन् । तथापि प्रधान देवता भने शिव नै मानिएका छन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

शैवसिद्धान्त र शैवदर्शन प्रतिपादन गर्ने यस पुराणको पहिलो भागमा लिङ्गोद्भव प्रसङ्ग, शिवपूजा पद्धति, शिवपूजा महात्म्य, शैवसिद्धान्त, शिवका विभिन्न अवतार, शैवपीठ, शिव सहस्रनाम, शिवाद्वैत सम्बन्धी विवेचन आदि विषय रहेका छन् ।

दोस्रो भागमा पाशुपतब्रत, शिवतत्व, दानधर्म, ज्ञानविज्ञान तथा योगाचार आदि विषयलाई प्रकाशित गर्ने प्रयास भएका छन् । 

पुराणहरूका नाम कतै वक्ताको नामका आधारमा, कतै श्रोताका नामका आधारमा र कतै पुराणमा वर्णित विषयवस्तुका आधारमा राखिएका छन् । तिनमा यो पुराण विषयवस्तुका आधारमा नामकरण भएको पुराण हो । वैदिक ग्रन्थहरूले भगवान् शिवलाई निराकार र साकार गरी २ किसिमले अथ्र्याउने काम गरेका छन् । यस अनुसार निराकार स्वरूपमा उनी परब्रह्म परमात्मा मानिएका छन् ।

गुणातीत अवस्थामा रहेकाले यसको रूप, रंग केही पनि हुँदैन । साकार स्वरूप पनि २ किसिमका रहेका छन् । तिनमा एक लिङ्गरूप र अर्को मूर्तिको रूपमा रहेका छन् । तिनै मूर्तिरूपलाई अर्धनारीश्वर पनि भनिन्छ । 

यद्यपि मूर्तिरूपमा उनलाई प्रायः पार्वतीको साथमा देखाइएको हुन्छ तर त्यो प्रतीक मात्र हो, यथार्थ होइन । शिवको अर्धनारी स्वरूपलाई सजिलोसँग बुझाउनका लागि पार्वतीको साथमा देखाउने काम भएको हो । वास्तवमा उनी हुन् अर्धनारीश्वर नै । अर्धनारीश्वर भनेको आधा अंग पुरुषको र आधा अंग नारीको भन्ने हो, जसले प्रकृति र पुरुषको प्रतिनिधित्व गरेको छ । यिनै अर्धनारीश्वरले सृष्टि, स्थिति र प्रलय सम्बन्धी कार्य व्यवस्थापनका काम गरेका हुन्छन् ।

लिङ्गपुराणले यिनै कुरालाई अथ्र्याउने, बुझाउने र बताउने काम गरेको छ । यसै अर्थमा यसलाई लिङ्गपुराण भनिएको हो । 

जहाँसम्म लिङ्ग भनेको के हो भन्ने कुरा छ त्यसको अर्थ भने निकै गहन रहेको पाइन्छ । पौराणिक ग्रन्थहरूमा आकाशलाई लिङ्ग र लिङ्ग घेर्ने योनी आकारको बाटुलो घेरालाई पृथ्वी भनिएको छ । सबै देवीदेवताको आलय र विलयको आधार भएकाले लिङ्ग भनिएको हो भन्ने उल्लेख भेटिन्छ । 

आकाशं लिङ्गमित्याहु पृथिवी तस्य पीठिका ।
आलयं सर्वदेवानां लयनाल्लिङ्गमुच्यते । 

तर यसको अर्थ त्यतिमा मात्र सीमित भने छैन । यसले अखिल विश्व ब्रह्माण्ड र त्यसभित्र हुने यावत गतिविधिलाई अथ्र्याउने काम गरेको छ । बनाउने पनि लिङ्ग हो, बनेको पनि लिङ्ग हो । खाने पनि लिङ्ग हो, खाइने पनि लिङ्ग हो । कर्ता पनि लिङ्ग हो, कर्म र क्रिया पनि लिङ्ग हो । सृष्टि कर्ता पनि लिङ्ग, सृष्टि पनि लिङ्ग, सृष्टिभित्रका गतिविधि पनि लिङ्ग । खगोल पनि लिङ्ग, भूगोल पनि लिङ्ग, खगोल र भूगोलभित्रका गतिविधि पनि लिङ्ग । ब्रह्माण्डमा ग्रह, नक्षेत्र, तारा लगायत समग्र आकाशादि पिण्डहरू छिपेर रहेका हुन्छन् । ब्रह्माण्डले समय अनुसार तिनलाई प्रकट गर्छ । त्यसैले ब्रह्माण्ड पनि लिङ्ग हो । 

हरेक वृक्षभित्र बीज पहिले नै रहेको हुन्छ । यद्यपि सतही रूपमा हेर्दा वृक्षभित्र बीज देखिँदैन तर समय आएपछि उसले आफूभित्रबाट बीज निकाल्ने काम गर्छ । त्यसैले वृक्ष पनि लिङ्ग हो । त्यसैगरी बीजभित्र वृक्षको अस्तित्व पनि रहेकै हुन्छ । यद्यपि यहाँ पनि बीजलाई फोरेर हेर्दा वृक्ष देखिँदैन । यसको अर्थ उसको भित्र वृक्ष छैन भन्ने होइन । वृक्ष, उसका हाँगा, लहरा, पात, फल, फूल सबै रहेकै हुन्छन् र समय आएपछि आफैं प्रकट हुन्छन् । त्यसैले बीज पनि लिङ्ग नै हो । 

ग्रह, नक्षेत्र आदि विशाल पिण्डदेखि सूक्ष्म परमाणुसम्ममा गणितको सूत्र अन्तरनिहित हुन्छ तर यसलाई हिसाब गरेर देखाउन कुनै चेतन तत्वको आवश्यकता पर्छ । यहाँ हिसाब गरेर देखाउने काम जुन चेतन तत्वले गरेको हुन्छ त्यो पनि लिङ्ग नै हो ।

पाणिनीय व्याकरणका नियम अनुसार गत्यर्थक र चित्रीकरणार्थक धातुबाट लिङ्ग शब्द बन्छ । यस अनुसार जसले यस विचित्र संसार रचना गरी उसलाई चेतन र गतिशील बनाउने काम गर्छन् र जो सोही संसारमा सदा अनुस्यूत भएर रहेका हुन्छन्, तिनै परब्रह्म स्वरूप परमात्मा नै लिङ्ग हो । ब्रह्माण्ड भनेकै लिङ्ग र लिङ्गीको समन्वय हो । व्यष्टिरूपमा भन्नुपर्दा हामी ब्रह्माण्डलाई लिङ्ग र त्यसलाई सञ्चालन गर्ने चेतन तत्वलाई लिङ्गी भन्न सक्छौं । अर्थात् लिङ्ग ब्रह्माण्ड, लिङ्गी  ब्रह्म तर समष्टिरूपमा भन्नुपर्दा लिङ्गी र लिङ्ग अर्थात् ब्रह्म र ब्रह्माण्ड एउटै हुन् । 

यसलाई एउटा रुख र उसमा फल्ने फलसित तुलना गर्न सकिन्छ । जस्तो आँपको बोटमा फल्ने आँप नै हुन्छ । अम्बाको बोटले फलाउने पनि अम्बा नै हुन्छ । मान्छेले जन्माउने मान्छे नै हुन्छ घोडाले जन्माउने घोडा नै र हात्तीले जन्माउने हात्ती नै हुन्छ । ब्रह्म र ब्रह्माण्ड पनि त्यस्तै हो । ब्रह्माण्डको उत्पत्ति ब्रह्मबाट हुन्छ । त्यसैले ब्रह्माण्ड पनि ब्रह्म नै हो र छोराछोरीको शरीरमा बुवाआमाको अंश पनि रहे जस्तै ब्रह्माण्डभित्र ब्रह्म पनि रहेकै हुन्छन् । त्यसैले यी सबै ब्रह्म नै हुन्, जसलाई लिङ्ग शब्दले सम्बोधन गरेको छ, हुन्छ । 

Kumari
TATA Below
NLIC
Mega Bottom
पुस १७, २०७८

नेपाल सरकारका पूर्व सचिव एवम् वरिष्ठ साहित्यकार गोपी मैनालीको निबन्ध संग्रह 'घाउ आफैंलाई दुख्छ' विमोचन गरिएको छ ।  शनिवार सुरभि साहित्य प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निबन्ध संग्...

पुस ४, २०७८

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले आजको साहित्यिक लेखनीले अध्यात्मवादका राम्रा कुरालाई ग्रहण गर्दै समाज बदल्ने वैज्ञानिक विश्व दृष्टिकोणलाई आत्मसात् गर्नुपर्ने बताएका छन् । साहित्य सन्...

माघ १, २०७८

प्राध्यापक महेन्द्र पी. लामाको नयाँ पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ले नेपाल र भारतका विभिन्न राजनीतिक आयाम र जल्दाबल्दा विषयवस्तुलाई प्राञ्जल भाषामा विश्लेषण गरेको छ ।  ...

माघ ८, २०७८

प्रकृतिको अनुपम उपहारमध्यको एक कास्कीको ‘कापुचे लेक’लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार क्यान्भासमा नौला सिर्जनाका साथै अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन् ।  धेरैजसो ...

पुस २४, २०७८

ज्येष्ठ नागरिक योद्धा स्व. सीताराम ढकालको कृति लोकार्पण भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, पूर्व मन्त्रीहरू शंकर कोइराला, टंक ढकाल, पूर्व राज्यमन्त्री पदम राई लगायतले शनिवार राजध...

माघ १०, २०७८

पत्रकार तथा साहित्यकार कमल रिजालको ‘पूर्वीय दर्शन मीमांसा’ नामक पुस्तक सार्वजनिक भएको छ । विद्यार्थी पुस्तक भण्डार काठमाडौंद्वारा प्रकाशित पुस्तकमा पूर्वीय दर्शनसित सम्बन्धित ४५ वटा निबन्ध समावेश छन् । &...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...