कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
कात्तिक २, २०७८
नेपालबाट विदेशमा अध्ययन र वैदेशिक रोजगारीका लागि प्रत्येक वर्ष २ लाखभन्दा धेरै नागरिकहरू बाहिरिन्छन् ।
बाहिरिएका मध्ये अधिकांश वैदेशिक रोजगारीमा खाडी मुलुक जाने गरेका छन् । त्यसपछिको ठूलो संख्या अध्ययन भिसामा युरोप, अमेरिका, अष्ट्रेलिया, जापान तथा क्यानडालगायतका मुलुकमा जाने गरेको छ ।
यसका अलावा केही भने ठूलो रकम खर्चिएर युरोप–अमेरिका जाने लोभमा फस्ने गरेको पाइन्छ । यसरी जानेमध्ये कतिपय तस्करको जालोमा परेर बेचिने गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।
तर यसरी बेचिएकाहरू र पैसा फसाएकाहरूले उजुरी दिन समेत नमान्ने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय युरोप–अमेरिका लैजाने नाममा ठगिने तथा बेचिनेहरूको संख्या धेरै छ ।
प्रहरीको मानव बेचविखन ब्यूरोले भारतबाट २७ जनाको उद्धार गर्यो । तर कसैले पनि प्रहरीमा उजुरी दिएनन् ।
अधिकांश पीडितहरू बेचबिखनमा परेको भनेर उजुरी दिनुभन्दा पनि फसेको पैसा उठ्छ कि भनेर लाग्दा अपराधीहरू उम्कने गरेको ब्यूरोका प्रवक्ता एसपी अनुराग द्विवेदीले लोकान्तरलाई बताए ।
‘अमेरिका, यूरोप जानेले धेरै पैसा फसाएका हुन्छन् । कतिपय त आफू ठगिएको परिवार वा अरू कसैले थाहा पाउँछन् कि भनेर पनि उजुरी दिँदैनन्,’ एसपी द्विवेदी भने ।
मुद्दा दर्ता गर्न समस्या
मानव बेचबिखनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर ल्याए पनि मुद्दा दर्ता गर्न समस्या भएको मानव बेचबिखन ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अनुराग द्विवेदीले बताए ।
उनका अनुसार उद्धार गरेर ल्याइएकाहरूलाई आफूलाई बेच्ने व्यक्तिको वास्तविक पहिचान थाहा नहुनु, नाम ठेगाना नै गलत पर्नु आदि कारणले समस्या हुने गरेको छ ।
‘केही समय अगाडि हामीले भारतबाट २७ जनालाई उद्धार गरेर ल्यायौं तर ४ जनाको मात्र मुद्दा दर्ता गर्न सकेका छौं,’प्रवक्ता द्विवेदीले लोकान्तरसँग भने,‘दलालहरूले उनीहरूलाई इन्फ्लुएन्समा पारेका हुन्छन् भने कतिपयले गलत पहिचान बताएका हुन्छन् ।’
पीडितहरू पछि आफूलाई समस्या हुने डरले पनि अपराधीको विषयमा खुलस्त हुन नचाहने गरेको एसपी द्विवेदीको भनाइ छ ।
कतिपय अवस्थामा पीडक विदेशमा रहेर काम गर्ने भएकाले पनि कानूनको दायरामा ल्याउन अप्ठ्यारो पर्ने गरेको छ ।
विदेशमा उनीहरू त्यहाँको नागरिक भइसकेपछि नेपाललाई लक्षित गरेर मानव बेचबिखन गर्ने भएकाले पनि समस्या हुने गरेको ब्यूरोले जनाएको छ ।
विदेशमा रहेर नेपालमा अपराध गरेकाहरूलाई इन्टरपोलमार्फत ल्याउन समेत समस्या हुने गरेको प्रवक्ता द्विवेदीको भनाइ छ ।
‘विदेश जानेहरूले बैंकिङ प्रणालीभन्दा पनि क्यास दिँदा प्रमाण नहुनाले अदालतमा प्रमाण जुटाउन समस्या देखिएको छ,’ प्रवक्ता द्विवेदीले भने ।
अदालतले धरौटीमा छाडिदिँदा पीडित मर्कामा
मानव बेचबिखनका मुद्दामा अभियुक्तलाई अदालतले धरैटीमा छाडिदिँदा पीडित मर्कामा पर्ने गरेका छन् । बेचबिखनमा परेका पीडितहरूले आफ्नो पैसा पनि डुबेको भनेर उजुरी दिन्छन्, प्रहरीले मुद्दा बनाएर अदालतमा लैजान्छ, तर अदालतले न्यूनतम धरौटीमा छाडिदिन्छ ।
अपराधी धरौटीमा छुट्ने र पैसा पनि नउठ्ने डरले पनि कतिपयले उजुरी दिन आनाकानी गर्ने गरेको प्रहरीको भनाइ छ ।
सोही कारण कतिपयको चाहना मेलमिलाप गरेरै भएपनि पैसा उठाऊँ भन्ने हुने गरेको छ ।
‘बेचबिखनका पीडितहरू अहिले प्रहरीकहाँ आउनुभन्दा पनि आफैँ बसेर मेलमिलाप गरेर पैसा उठाउन तिर लाग्ने हुँदा अपराधी उम्कने गरेको देखिन्छ,’ एसपी द्विवेदीले भने ।
देशभित्र पनि बेचबिखन छ, तर पक्राउ गर्न प्रमाण पुग्दैन
मानव बेचबिखन विदेशमा मात्र नभएर देशभित्र पनि रहेको तर, त्यसलाई पुष्टि गर्न र दोषीलाई पक्राउ गर्न प्रमाण नपुग्ने गरेको ब्यूरोले जनाएको छ ।
ब्यूरोका अनुसार देशका पहाडी जिल्लाबाट कामको प्रलोभन देखाएर काठमाडौं, पोखरा लगायतका ठाउँका होटलमा काम लगाउने, श्रम शोषण गर्ने र यौन धन्दामा समेत लगाउने गरेको पाइएको छ ।
‘हामीले केही समयअगाडि होटलका मालिकहरूलाई पक्राउ गर्यौं, तर प्रमाण जुटाउन गाह्रो भएर उनीहरूलाई त्यसै छाड्नुपर्ने अवस्था आयो,’ ब्यूरोका एक अधिकारीले लोकान्तरसँग भने,‘मानवअधिकार, महिला अधिकारवादीहरूले गर्दा पनि समस्या भएको छ ।’
प्रहरीले माइती नेपालको सहयोगमा केही युवतीलाई उद्धार गरेर ल्याएको थियो, तर कतिपय युवतीहरू भागेर फेरि यौन धन्दामै लागेको ती अधिकारीले बताए ।
ब्यूरो स्थापना भएयता विदेशबाट ३४६ जना उद्धार
मानव बेचखिन ब्यूरो स्थापना भएयता भारतका विभिन्न ठाउँसहित इराक, लिबिया, ग्रिस, मालवी, चीन, श्रीलंका लगायतका देशबाट ३४६ जनाको उद्धार गरिएको छ,त्यसमध्ये अधिकांश भारतबाट छन् ।
पछिल्लो ३ वर्षमा ब्यूरोले १७२ पुरुष तथा महिला, युवती र बालिका ४४१ जनालाई काठमाडौंको कोटेश्वर, जडिबुटी, रविभवन, नरेफाँट लगायतका ठाउँबाट उद्धार गरेको छ,जसमा ९१ जना बालिका छन् ।
पछिल्लो ३ वर्षमा मानव बेचबिखनका ५२८ वटा मुद्दा दर्ता भएको छ । त्यसमा ४८७ पुरुष र २०६ जना महिला अभियुक्त छन् । ३५४ पुरुष र ११४ जना महिला गरी ४६८ जना फरार छन्।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...