×

X
Dabur
Nic Asia
Marvel

औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने मुख्य अभियुक्त पक्राउ

रूपन्देही | कात्तिक २, २०७८

TVS INSIDE

रुपन्देहीको मोतीपुरमा निर्माणाधीन औद्यौगिक क्षेत्रको जग्गा अतिक्रमण (कब्जा) गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जग्गा अतिक्रमणका लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने लगायतका काममा संलग्न भएको भन्दै प्रहरीले ४४ वर्षिय साविर अलि मुसलमानलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थायी घर भइ हाल रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नम्बर ११ देवीनगरमा बस्दै आएका उनलाई मुख्य अभियुक्तको रुपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सोमबार अलि बस्दै आएको देवीनगरस्थित उनकै डेराबाट पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए ।  
पक्राउ परेका अलिलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्बजनिक शान्ती बिरुद्धको कसूरमा मुद्दा दर्ता भई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभियुक्तको साथबाट प्रहरीले ३ थान ब्यानर, माइनटिङको प्रतिलिपि, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको १३ थान कागजात र बस्ती विकासको सहयोग रसिद २ थान फेला परेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

प्रदेश गौरबको आयोजनाका रुपमा रहेको मोतीपुर औद्योगिक क्षेत्रमा गएको असोज २४ गते जग्गा कब्जा गर्न आएका व्यक्तिहरु र सुरक्षाकर्मी बीच झडप हुँदा ४ जनाले ज्यान गुमाएका थिए । भने, ५० भन्दा बढी घाइते छन् । अहिले मोतिपुर क्षेत्र त्रसित छ । अतिक्रमणका क्रियाकलाप बढेपछि त्यस क्षेत्रमा अहिले पनि कडा रुपमा सुरक्षा परिचालन गरिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले विरोध गरेका थिए । करिब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । २०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो । बुटवल उप–महानगरपालिका वडा नम्बर १६ र १८ सहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो ।

 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २३, २०७९

गृह मन्त्रालयले नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गर्दै नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न  निर्देशन दिएको हो । ...

साउन २३, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ।  सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरु दर्ता हुने क्रम सुर...

साउन २२, २०७९

 निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि आइतवार प्रतिनिधि सभामा छलफल हुँदैछ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको  बैठकमा महाभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यस...

साउन २३, २०७९

निर्वाचन प्रयोजनका लागि आइतबार निर्वाचन आयोगमा पाँच वटा दल दर्ता भएका छन् । आयोगले आइतबारदेखि नै निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेकामा सो दिन ५ दल दर्ता भएका हुन् ।  आयोगका अनुसार पहिलो नम्बरमा ...

साउन २३, २०७९

आइतवार सार्वजनिक भएको तलबमान लागू नभए पनि आफूहरूको आन्दोलन नरोकिने नायब सुब्बाहरूले चेतावनी दिएका छन् । संघीय निजामति ऐन संशोधन नभएसम्म आफूहरूको आन्दोलन नरोकिने उनीहरूको अडान छ । ‘तलबमानको विषय मात्...

साउन २२, २०७९

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ (पुस १७) देखि सञ्चालनमा ल्याउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जन...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x