जेठ ११, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर या फागुमा प्रतिनिधि सभाको चुनाव हुने भन्दै अहिलेदेखि नै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानीय तह निर्वाचनबाट कांग्रेसको लोकप्रियता बढेकाले जनतालाई...
काठमाडाैं | माघ १०, २०७८
आज मिति २०७८ साल मंसिर महिनाको १० गते सोमबार । बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई ‘लोकान्तर राउण्ड अप’ मा समेटिएको छ । स्थानीय तहको चुनाव वैशाखमै गर्नुपर्ने चौतर्फी दवाबलाई वेवास्ता गर्दै सत्ता गठबन्धनले चुनाव पर सार्ने संकेत गरेको छ । निर्वाचन आयोगले आगामी २०७९ वैशाख १४ र २२ गतेका लागि चुनाव गर्न प्रस्ताव गर्दै सरकारसँग मिति घोषणाको लागि आग्रह गरेको थियो । वैशाखको चुनाव सार्नेबारे औपचारिक निर्णय नभएपनि सो मितिमा चुनाव हुन नसक्ने आफूहरुको निष्कर्ष रहेको बैठकमा सहभागि एक नेताले बताए ।
स्थानीय तहको कार्यकालबारे संविधान र कानूनमा देखिएको छिद्रलाई देखाएर गठबन्धनले चुनाव पर सार्ने तयारी गरेको हो । गठबन्धनले तीन चरणमा भएको चुनावबाट गठित पालिकाको कार्यकाल पूरा भएपछि चुनाव गर्ने योजना बनाएको स्रोतको दावी छ । अब गठबन्धनले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको चुनाव एकैपटक गर्न प्रस्ताव गर्ने नेताहरुले बताएका छन् । सरकारले चुनाव सार्न लागेपछि विपक्षी दल एमालेले आक्रोश पोखेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्तिमार्फत निर्वाचन पर धकेल्न सत्तारुढ गठबन्धनकै कतिपय नेता प्रयासरत रहेको भन्दै आपत्ति जनाएका छन् । उनले नेपालको संविधानले स्थानीय तहहरूको रिक्तताको परिकल्पना नै नगरेको प्रस्ट पार्दै संविधानअनुसार समयमै निर्वाचन गराउनुपर्नेमा जोड दिएका छन् ।
स्थानीय तहहरू जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सबैभन्दा नजिकको सरकारको भूमिकामा रहेकाले स्थानीय तहलाई रिक्त राख्नु भनेको जनतालाई सेवा–सुविधाबाट बञ्चित तुल्याउनुसरह हुने उनको टिप्पणी छ । सरकारको काम कारबाहीलगायतका विषय समेटेर ओलीले आइतबार १५ बुँदे विज्ञप्ति जारी गरेका थिए ।
००००
सरकार चुनाव सार्न खोज्ने विपक्षी दल एमाले वैशाखमै चुनाव हुनुपर्ने पक्षमा देखिएको छ । यही विवादका बीच एमाले महासचिव शंकर पोखरेलले पनि प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गरेका छन् । देउवालाई विगतमा पूर्वराजा ज्ञानेन्द्र शाहले उचालेको र आजका दिनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उचालेको उनको टिप्पणी छ । उनले हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भएको उल्लेख गर्दै भनेका छन्, ‘हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ । हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड ।’
००००
कानून व्यवसायीहरूले स्थानीय तहको निर्वाचनसम्बन्धी कानून संविधानसँग बाझिएकाले त्यसलाई सुधार गर्न सुझाव दिएका छन् । आइतबार कानून व्यवसायीसँगको छलफलपछि सरकार स्थानीय तहको निर्वाचन कानूनमा देखिएको जटिलता हटाउन सहमत भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
‘स्थानीय तह ऐन २०७३ र संविधानको धारा २१५, २२० र २२५ बाझिएको देखिएकाले संविधानअनुसार कानून अमान्य हुने भएकाले सो अनुसार कानून संशोधन गर्ने सुझाव प्राप्त भएको छ,’ कार्कीले भने ।
००००
नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अवैध भएकोले कारोबार नगर्न नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।
नेपालमा यसको अवैध कारोबार हुने गरेको र सर्वसाधारण ठगिने गुनासो आउन थालेपछि राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्र्दै यस्तो कारोबार नगर्न आग्रह गरेको छ । कसैले यस्तो सूचनाको बेवास्ता गरी अवैध कारोबार गरेको पाइएमा कानून बमोजिम कारवाही हुने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।
००००
चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी–एमएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थीसहित तीन जनालाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।
परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने, बिचौलियाको रुपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने र परीक्षामा अमर्यादित कार्य गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
००००
भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको गृह मन्त्रालयले अब भने केही व्यक्तिहरूको हकमा प्रस्थान अनुमति दिने भएको छ ।
सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंकका तथा वित्तीय संस्थाका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि भई भ्रमण जानेहरू, नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरूलाई सम्बन्धित कार्यका लागि प्रस्थान अनुमति दिने गृह मन्त्रालयले जनाएको छ ।
००००
मोरङको विराटनगरसँग जोडिएको दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुरक्षा पोष्ट बनाउँदा पनि सरकार भने मौन बनेको छ । विराटनगर वडा नं १६ को दरैयास्थित दशगजामा भारतीय सीमा सुरक्षा बलले आफूखुशी सुरक्षा पोष्ट बनाएको हो । उक्त सुरक्षा पोष्टमा २४ घण्टा नै हतियारसहितका भारतीय सुरक्षाकर्मी बस्ने गरेको स्थानीयवासिन्दाले बताएका छन् । त्यहाँ बसेका एसएसबीले नेपालीलाई दुःख समेत दिने गरेका छन् ।
००००
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष ओलीका सचिवालयका अनुसार उनी घरमै आइसोलेसनमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनका लागि आवस्यक अध्ययन, विश्लेषण र योजना बनाउन पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । आइतवार पार्टीमा ५ बुँदे आन्तरिक सर्कुलर जारी गर्दै प्रचण्डले २०७९ साल निर्वाचन वर्ष हुने भन्दै तयारी थाल्न निर्देशन दिएका हुन् ।
००००
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आफ्नो विधानका केही अंशहरू नसच्याए आयोगले उपयुक्त निर्णय गर्ने स्पष्ट पारेको छ ।
आयोगका सहसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले राप्रपाको विधानको धारा ४ मा सनातन हिन्दू एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भनेकोले सो कुरा अहिलेको प्रचलित विधानले स्वीकार गर्न नदिने भन्दै त्यसलाई हटाउन अनुरोध गरेको बताए । राप्रपाले भने आयोगको निर्णयको विरोध गर्दै राजनीतिक र कानुनी उपचार खोज्ने निर्णय गरेको छ ।
००००
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ ।
चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी गरी ५० जनाभन्दा बढी संक्रमित भएपछि माघ १६ सम्म खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ ।
००००
पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ नमूना परीक्षणमध्ये ५५९८ पीसीआर र ८६४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । नेपालमा करिब ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर या फागुमा प्रतिनिधि सभाको चुनाव हुने भन्दै अहिलेदेखि नै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानीय तह निर्वाचनबाट कांग्रेसको लोकप्रियता बढेकाले जनतालाई...
आठ हजार १९० रोपनी सरकारी, सार्वजनिक र गुठी जग्गा हिनामिना भएको भन्दै सरकारलाई बुझाइएको प्रतिवेदन डेढ वर्ष बित्न लाग्दा पनि कार्यान्वयन हुन सकेको छैन । विशेष अदालतका पूर्व अध्यक्ष मोहनरमण भट्टराईको संयोजकत्वमा...
भरतपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले बुधबार (आज) बिहान पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै दाहालले २ निर्णय गरेकी छिन् । उनले दोस्रो कार्यकालको पहिलो निर्णयमा अब भरत...
रूपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका चित्रबहादुर कार्कीले नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र शर्मालाई २ हजार ७२७ मतान्तरले पराजित गरेका थिए । कार्कीले १३ हजा...
सरकारले पाँचजना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले पाँच सचिवको सरुवा गर्ने निर्णय गरेको हो । जसअनुसार रवीन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट राष्ट्रिय स...
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जीत पक्का भएको छ । पाँचवटा वडाको १९ हजार ३२३ मत गन्न बाँकी नै रहँदा बालेनले गणितीय रूपमा जीत पक्का गरेका हुन् । अन्तिम परिणाम घोषणा हुन भन...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...