×

NMB BANK
NIC ASIA

एमसीसीमाथिको छलफल

प्रचण्ड-नेपालप्रति बाबुरामको टिप्पणी: पातलो लँगौटी लगाएर लाज छोप्नु भयो

फागुन १५, २०७८

NTC
Premier Steels

पूर्वप्रधानमन्त्री एवं जसपाका नेता डा. बाबुराम भट्टराईले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई विषाक्त बनाएर जान नसकिने ढंगले अफवाह फैलाइएको आरोप लगाएका छन् । 

Muktinath Bank

एमसीसीमाथि आइतवार प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलमा भाग लिँदै भट्टराईले एमसीसीको विरोध गर्ने दलहरूले जनतालाई अतिरञ्जित तरिकाले भ्रममा पारेको आरोप लगाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एमसीसीबारे तलसम्म यति विषाक्त प्रचार गरिएको छ कि सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जान नसकिने अवस्था छ । ढिलै भए पनि साथीहरुले व्याख्यात्मक टिप्पणीमार्फत् एमसीसी पारित गर्ने कुरा गर्नुभएको छ,’ भट्टराईले भने, ‘पहिला आफैंलाई जनताको बीचमा जान नसकिने गरी वातावरण विषाक्त गर्नुभयो, अहिले पातलो लँगौटी लगाएर जनतामा लाज छोप्ने काम गर्नुभएको छ ।’


Advertisment
Nabil box
Kumari

भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालप्रति लक्षितगर्दै एमसीसीबारे जनतामा अतिरञ्जित तरिकाले भ्रममा पार्ने काम गरेको आरोप लगाए । 

Vianet communication

आफ्नै पालामा एमसीसी अगाडि बढाउने निर्णय गर्ने पूर्वप्रधानमन्त्रीले अहिले आएर राष्ट्रघाती भन्न नमिल्ने उनले टिप्पणी गरे । आफैले गरेको सहमतिलाई राष्ट्रघात भन्ने नेताले राजनीतिबाट संन्यास लिनुपर्ने उनले बताए । 

भट्टराईले भने, ‘राजनीति भनेको सम्भावनाको खेल मात्र होइन, सत्यानाश र अप्रियता बीचको छनौट हो । देश समस्यामा जाँदैछ भने अप्रिय विषय भएपछि छनौट गर्न तयार हुनुपर्छ । एमसीसी अलिकति अप्रिय भए पनि देशको हितमा छ ।’

गठबन्धनमा रहेका दलहरूले जनतालाई हामीले एमसीसीबारे बुझेका रहेनछौं अब बुझ्यौँ भन्नुपर्ने भट्टराईले बताए । 

‘हामीले भनेको त  ठीक हो तर, सत्ता छोड्न सकेनौँ भन्ने हो भने जनता भ्रममा पर्छन् । गठबन्धनमा रहेका नेताहरुले हामीले बुझेका रहेनछौं । अब बुझ्यौँ भन्न सक्नुपर्छ’, उनले भने ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x