मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
फागुन २२, २०७८
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पश्चिमलाई युक्रेनी आकाशमा उडान निषेधित क्षेत्र अर्थात् नो फ्लाई जोनको घोषणा गराउन निकै जोड दिइरहेका छन् ।
पश्चिमी सैन्य गठबन्धन नेटोले जेलेन्स्कीको इच्छामुताबिक घोषणा नगरेपछि उनी खुबै रिसाए । उनले आक्रोशपूर्ण सम्बोधन गर्दै युक्रेनका लागि पश्चिमले सार्थक हस्तक्षेप नगरेकाले रुसलाई युक्रेनका शहर र गाउँमा बमवर्षा गर्ने अनुमति प्राप्त भएको समेत दाबी गरे ।
शनिवार उनले अमेरिकी संसद्का ३०० भन्दा बढी सदस्यसँग भर्चुअल माध्यमबाट कुराकानी गर्ने क्रममा पनि युक्रेनमा नो फ्लाई जोन लागू गराउन अनुरोध गरे । अनि युक्रेनलाई लडाकू विमान उपलब्ध गराउन र रुसी तेलमाथि प्रतिबन्ध लगाएर उसलाई दबाब दिन पनि उनले आग्रह गरे ।
तर नो फ्लाई जोन घोषणा गर्दा रुस र पश्चिम सिधै भिडन्तको स्थितिमा पुग्ने भनी नेटोले जेलेन्स्कीको माग पूरा गर्न मानेको छैन । अमेरिकाको रिपब्लिकन पार्टीका सिनेटर बेन सास्सेले नो फ्लाई जोन घोषणा गरेपछि अमेरिकाले रुसी लडाकू विमान र हवाई प्रतिरक्षासँग लडाइँ गर्न आफ्ना पाइलट पठाउनुपर्ने स्थिति आउने बताए । आणविक हतियार भएका दुई मुुलुकबीच भिडन्त भएमा परिस्थिति नियन्त्रणबाहिर जाने उनको भनाइ छ ।
यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नो फ्लाई जोन घोषणा गरिएमा त्यसको विशाल तथा विनाशक परिणाम देखिने बताएका छन् । त्यसबाट युरोप मात्र नभई सारा संसार चपेटामा पर्ने उनको भनाइ छ । नो फ्लाई जोनको घोषणा गरिएमा रुसविरुद्ध अर्को देशले सशस्त्र द्वन्द्व शुरू गरेको अर्थ लाग्ने चेतावनी पनि पुटिनले दिएका छन् ।
अनेकौं जोखिमलाई निम्त्याउँछ भन्ने जान्दाजान्दै युक्रेनले नो फ्लाई जोनका लागि किन जोड दिएको हो भन्ने प्रश्न उठ्छ ।
विशेषगरी युक्रेनमा रहेको जापोरिझझिया आणविक भट्टीमा रुसले आक्रमण गरी विकिरण स्तर बढाएको आरोप लगाउँदै युक्रेनले नो फ्लाई जोनको माग राखेको हो । यस्ता किसिमका आक्रमण रोक्नका लागि युक्रेनी आकाशमा रुसी विमानलाई उड्न दिन नहुने जेलेन्स्कीको माग छ ।
रुसले चाहिँ उक्त आक्रमण युक्रेनीहरूले नै गरेको र रुसमाथि दोष थोपरेको बताइरहेको छ । सौभाग्यवश, आणविक भट्टीबाट विकिरण निस्कन पाएन र त्यसलाई रुसी सेनाले आफ्नो नियन्त्रणमा पनि लिइसकेको छ ।
युक्रेनले अनेकौं तिकडम लगाएर अमेरिका तथा नेटोलाई रुसविरुद्धको युद्धमा फसाउनका लागि कोशिश गरिरहेको सिलसिलामा नो फ्लाई जोनको माग अघि सारेको हो भन्न सकिन्छ । तटस्थ सैन्य विश्लेषकहरूका अनुसार, युक्रेनले रुसी आक्रमणमा उल्लेख्य क्षति बेहोरिसकेको छ ।
यसै सन्दर्भमा रुसीभाषी इन्टरनेट (रुनेट) मा युक्रेनको एक आन्तरिक दस्तावेज सर्कुलेट भइरहेको टेलिग्राममा चर्चा छ । युक्रेनको सुरक्षा परिषदबाट लीक भएको भनिएको दस्तावेजमा युक्रेनको ४० प्रतिशत भूमिमा रुसको नियन्त्रण कायम भइसकेको तथा युक्रेनी सेनाले ७५ प्रतिशतभन्दा बढी क्षति बेहोरिसकेको उल्लेख छ ।
यस दस्तावेजलाई स्वतन्त्र पुष्टि गर्न नसकिएपनि जेलेन्स्कीले पश्चिमी मुलुकहरूसँग लडाकू विमान र नो फ्लाई जोनका लागि बिलौना गरेको देख्दा युक्रेनी सेना अब लगभग आत्मसमर्पणको स्थितिमा पुगिसकेको आभास हुन्छ ।
यस्तो स्थितिमा रुसलाई आफ्नो बलबुतामा कसैगरी हराउन नसकिने देखेपछि जेलेन्स्कीले अन्य मुलुकहरूलाई पनि युद्धमा सामेल गराउन सकिन्छ कि भनी दाउ हेरिरहेका हुन सक्छन् । तर पोल्यान्ड, बुल्गेरिया र स्लोभाकियाले आफ्ना लडाकू विमान युक्रेन पठाउन अस्वीकार गरेर जेलेन्स्कीको दाउलाई विफल तुल्याइदिएका छन् ।
नो फ्लाई जोन घोषणा गरिएपछि युक्रेनको आकाशमा अनुमति नलिइकन कुनै पनि विमान उडाउन पाइँदैन । यात्रुवाहक विमान यस्तो घोषणापछि जोखिमको डरले नै उड्दैनन् ।
सन् १९९१ मा भएको खाडीयुद्ध, सन् १९९३ देखि १९९५ सम्म बोस्निया र हर्जगोभिनामा भएको युद्ध र सन् २०११ मा लिबियामा गरिएको युद्धमा ती देशको आकाशमा नो फ्लाई जोन घोषणा गरिएको थियो ।
माथि उल्लेख भएबमोजिम, युक्रेनमा नो फ्लाई जोन घोषणा गरिएको खण्डमा नेटोका लडाकू विमानका पाइलटहरूले रुसी विमानलाई गोली हानेर खसाउन पाउँछन् । त्यति मात्र नभई नेटोले लडाकू विमानलाई तेल भर्ने ट्यांकर र विद्युतीय निगरानी गर्ने विमान समेत तैनाथ गर्नुपर्ने हुन्छ ।
यस्ता सहयोगी विमानहरूको रक्षाका लागि नेटोले रुसका हतियार नष्ट गर्नुपर्ने हुन्छ । विशेषगरी रुस र बेलारुसको जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रलाई नेटोले ध्वस्त पार्नुपर्ने हुन्छ । त्यस्तो स्थितिमा यो युद्ध युक्रेनमा मात्र सीमित नभई बृहत्तर क्षेत्रमा फैलिन्छ ।
नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले यसैलाई इंगित गर्दै नो फ्लाई जोनको घोषणा गर्दा सम्पूर्ण युरोप युद्धमा होमिने बताए । यस युद्धलाई युक्रेनबाहिर जान नदिने जिम्मेवारी नेटोको भएको उनको भनाइ छ ।
जेलेन्स्कीले केटाकेटी तर्क गरेको भए पनि नेटोका सैन्य विश्लेषकहरूलाई नो फ्लाई जोन घोषणाले ल्याउने परिणामको राम्रो जानकारी छ ।
त्यसै पनि रुसले यस सैन्य कारवाहीमा आफ्नो वायुसेनाको पूर्ण उपयोग गरेकै छैन । युद्धको पहिलो दिन रुसले क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको भए पनि त्यसपछिका दिनमा उसले निकै तौलेर मात्र वायुसेनाको उपयोग गरेको छ । तैपनि युक्रेनको हातहतियार नष्ट गरेर असैन्यीकृत गर्ने लक्ष्यमा रुस लगभग सफल भइसकेको छ र युक्रेनको आकाशमा पकड (एयर सुपेरियोरिटी) कायम गरिसकेको छ ।
जमीनबाट मार हान्ने रकेट र आर्टिलरी प्रणालीले नै रुसलाई आफ्नो लक्ष्य हासिल गर्न सफलता दिइरहेको छ । अमेरिकी सेनाका सेवानिवृत्त कर्नेल डग्लस म्याकग्रेगरले फक्स न्युजसँगको कुराकानीमा रुस अब १० दिनभित्र विजयी भइसक्ने अनुमान गरेका छन् ।
यस्तो स्थितिमा आफ्ना साझेदारहरूलाई अतिरिक्त जोखिममा पार्ने कदम नेटोले किन चाल्थ्यो ? त्यसै पनि नेटोले शुरूदेखि नै युक्रेनको प्रतिरक्षाका लागि आकाश वा जमीन कतै पनि सैन्य कारवाही नचलाउने स्पष्ट पारिसकेको थियो । युक्रेन नेटोको सदस्य नभएकाले नेटोको उसको प्रतिरक्षाका लागि बाध्य नबनेको हो ।
युरोप महादेशमा नेटो सदस्य मुलुकहरूले चालेको जोखिमरहित कदमलाई विश्वका अन्य कुनामा बस्ने मानिसले कायरपनाको संज्ञा दिनु स्वाभाविक छ । तर रुससँग भिडन्तको स्थिति आएमा आफूहरूले बेहोर्नुपर्ने अकल्पनीय क्षतिका बारेमा उनीहरू जानकार भएकाले नै हतारमा कुनै निर्णय गरिरहेका छैनन् ।
रुसलाई अफगानिस्तानमा जस्तै युक्रेनको भासमा फसाउने हिसाबले हातहतियार आपूर्ति गर्न चाहिँ नेटो र पश्चिम तयार छ । तर अत्याधुनिक आणविक हतियार भएको रुससँग सिधै युद्धको स्थितिमा आफूलाई पार्न युरोप र नेटो तयार छैन किनकि त्यसको परिणाम भयानक हुने उसलाई थाहा छ ।
युक्रेनलाई रुस र नेटोबीच तटस्थ हैसियतमा बस्नका लागि रुसले राखेको माग पूरा गराउन कूटनीतिक पहल नगर्नु चाहिँ पश्चिमको चरम गैरजिम्मेवारी हो । अहिलेको युद्ध नेटोको आक्रामक विस्तारकै कारण भएको तथ्यलाई मनन गर्नुपर्ने हुन्छ । अझ आपत्तिजनक रूपमा, रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने अनि युक्रेनलाई हातहतियार उपलब्ध गराउने नीति लिएर पश्चिमले यस युद्धलाई लामो समयसम्म तन्काउन खोजेको देखिन्छ ।
रुससँग आफू चाहिँ नभिड्ने तर रुसलाई ‘ठेगान लगाउन’ ठूलो संख्यामा युक्रेनीहरूको बलिदान चढाउन चाहिँ नहिचकिचाउने पश्चिमको नीति देखिन्छ । युद्ध कहिलेसम्म लम्बिन्छ आफूलाई थाहा नभएको भनी अमेरिकाका परराष्ट्रमन्त्रीले बीबीसीका पत्रकार जेम्स ल्यान्डलसँग ब्रसेल्समा लिइएको अन्तर्वार्तामा बताए । अर्थात्, उनी यो युद्ध लामै समय जाने र रुस यसमा फसेर विश्व मञ्चबाट थप एक्लिने आशा गरिरहेका छन् ।
कूटनीतिमार्फत यसको समाधान खोज्न अमेरिकाले पहल नगर्ने पनि ब्लिन्केनको भनाइले स्पष्ट पार्छ । सार्थक कूटनीतिको जिम्मेवारी रुसकै रहेको भनी उनी पन्छिन खोजेका छन् । त्यसैले रुससँग प्रतिष्ठाको लडाइँमा अमेरिकाले युक्रेनीहरूलाई बलिवेदीमा चढाउन नहिचकिचाएको देखिन्छ ।
यस्तो स्थितिमा युक्रेनले खोजे जस्तो नो फ्लाई जोन पश्चिमले घोषणा गर्ला वा युक्रेनलाई सार्थक सैन्य सहयोग उपलब्ध गराउला भनी आशा गर्नु बेकार छ । रुससँग तटस्थता, निःशस्त्रीकरण तथा डोनबास क्षेत्रमा शान्तिको विषयमा सार्थक वार्ता गर्नुमै युक्रेन र जेलेन्स्कीको हित छ ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...