×

NMB BANK
NIC ASIA

यस्तो छ कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो

फागुन २७, २०७८

NTC
Premier Steels

उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 

Muktinath Bank

कुलमान स्वयंको उपस्थितिमा राज के गोस्वामीको स्वर रहेको ‘बादलहरू’ बोलको गीत सार्वजनिक गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गीतको रचना अभिनेत्री सुरक्षा पन्तले गरेकी हुन् भने संगीत मानव सुवेदीले तयार गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

नेपाली टचको प्रस्तुतिको रहेको गीत सार्वजनिक कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरू राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवानले गायक गोस्वामीलाई शुभकामना दिएका थिए । 

Vianet communication

कार्यक्रममा बोल्दै गायक शिव परियारले आफूले धेरै कुरा बताउने गीत गाए पनि विकासको गीत गाउने संगीत पहिलो पल्ट हेरेको धारणा राखेका थिए । 

‘म आफैँले पनि जीवनमा धेरै भाव र जीवन अभिव्यक्त गर्ने गीत गाएको छु । तर विकासको पनि गीत हुन सक्ने रहेछ भन्ने कुरा यो गीत हेरेपछि महसुस गरेँ,’ उनले भने । 

गीतको भिडियोले गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गर्छ । कथामा गाउँमा बिजुली ल्याउन प्रयत्नरत इन्जिनियरको असामयिक निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको त्यो अपूरो काम पूरा गरेको देखाइएको छ । 

सुरक्षा पन्तकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन् । अभिनेता राजेश हमालले अष्ट्रेलियामा नियमित कार्यक्रम गर्ने नेपाली टचसँग आफ्नो पुरानो नाता रहेको जानकारी गराउँदै समाज र कलाबीचमा लेनदेनको गज्जबको सम्बन्ध हुने यथार्थ उद्घाटन गरेका थिए । 

‘कलाले यो समाजबाटै प्रेरणा लिन्छ र समाज प्रेरित यही कथाबाट हामी थप प्रभावित हुन्छौँ,’ हमालले भने,  ‘कुलमानजीको वास्तविक भिडियोले यो गीत र भिडियो सिर्जना भयो । हामी यो भिडियो हेरेर प्रभावित भयौँ ।’ 

उनले भिडियोमा गायनसँगै अभिनयमा पनि डेब्यु गरेका गोस्वामी र सुरक्षा पन्तको पनि अभिनयको प्रशंसा गरेका थिए । गीतकार, लेखक र अभिनय गरी तीन विधामा जोडिएकी सुरक्षा पन्तले गीतको भिडियोले तीन वटा विम्बलाई प्रस्तुत गर्ने जमर्को गरेको जानकारी दिइन् । 

सुरक्षाका अनुसार भिडियोभित्र आफ्नो चरित्रले नेपाल आमाको प्रतिनिधित्व गर्ने र घनु जोशी र राज के गोस्वामीले निर्वाह गरेको चरित्रले नेतृत्व र भविष्यको अर्थ अभिव्यक्त गरेको छ । उनले कुलमान घिसिङले कुनै गाउँमा जनतालाई बिजुलीको महत्त्व सम्झाउँदै गरेको भिडियोबाट प्रेरित भएर नै भिडियोको खाका बनेको जानकारी गराएकी थिइन् ।

‘मैले उहाँको भिडियो हेरेकी थिएँ जहाँ हाम्रो चरित्रले खोजेजस्तै अवरोध उहाँले खप्नु भएको थियो । एक अर्थमा भन्ने हो यो भिडियो उहाँजस्तै कुशल नेतृत्वकर्तालाई ट्रिब्युट हो,’ सुरक्षाले भनिन् ।

कुलमान घिसिङले आफ्नै पेशालाई केन्द्रमा राखेर बनाएको भिडियो हेर्दा खुशी लागेको बताए । उनले भिडियोमा देखाए जस्तै आफूले बिजुलीको महत्त्व बुझाउन धेरै संघर्ष गर्नुपरेको स्मरण गर्दै आफू नेपालको कुनाकुनामा बिजुली पुर्‍याउन दत्तचित्त रहेको बताएका थिए । 

कुलमानले ९५ प्रतिशत जनताको घर आँगनमा बिजुली पुग्न लागेको पनि जानकारी गराएका थिए । 

गायक राजले भने आफूलाई गायकको रुपमा भन्दा पनि संगीतप्रेमीको रुपमा चिनाउन मन पराउने बताउँदै आफ्नो स्वर सुहाउँदो गीत भएकाले गाउने चेष्टा गरेको बताए । 

निर्देशक मानव सुवेदीले देखिरहेको क्यानभासमा आफूलाई फरक कथा भन्ने रुचि लाग्ने र ‘बादलहरू’को भिडियोमा पनि आफूहरूले देखे सुनेकै कथा प्रस्तुत गरेको बताएका थिए । 

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतलाई सुशील सापकोटाले छायांकन गरेका हुन् भिडियोको सम्पादन मानव स्वयंले गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x