×

NMB BANK
NIC ASIA

म्यादी प्रहरीका लागि साढे ४ अर्ब बजेट, दाताबाट पाउने आशामा नयाँ गाडीलाई भने छुट्ट्याइएन पैसा

फागुन ३०, २०७८

NTC
Premier Steels

लामो समयदेखि नयाँ सवारी साधन प्रयोग गर्न नपाएको नेपाल प्रहरी यसपटकको चुनावमा पनि निराश बन्नुपर्ने अवस्था आएको छ ।

Muktinath Bank

सरकारले सवारी साधन खरिदका लागि बजेट उपलब्ध नगराएपछि चुनावमा नयाँ गाडी खरिद गर्ने प्रहरीको तयारीमा 'ब्रेक' लाग्ने स्थिति आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेको अवस्थामा करीब २ हजार सवारी साधन आवश्यक रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार सवारी साधन खरिदका लागि सरकारले बजेट छुट्ट्याएको छैन । 

Vianet communication

भारतबाट अनुदानमा सवारी प्राप्त हुने आशामा सरकारले बजेट नछुट्याएको प्रहरी प्रधान कार्यालयकै अर्का एक उच्च अधिकारीले बताए ।

‘यसपालि पनि भारतले अनुदानमा दिन्छ भन्ने आशामा बजेट छुट्ट्याइएको छैन्,’ ती अधिकारीले लोकान्तरसँग भने ।

२०७० सालको दोस्रो संविधान सभा चुनावमा भारतले दिएका गाडीले २०७२ सालमा भएको चुनावमा पनि काम चलाइएको थियो । त्यसयता प्रहरीमा नयाँ गाडी थपिएका छैनन् ।

म्यादीलाई ४ अर्ब ४३ करोड बजेट

सरकारले म्यादी प्रहरी भर्ना, उनीहरूको तलब भत्ता, तालिम लगायतमा भने ४ अर्ब ४३ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

भत्ताका लागि ३ अर्ब २ करोड ४० लाख, कपडाका लागि ६० करोड, तालिमका लागि १ करोड ५४ लाख र रासनका लागि ७० करोड रुपैयाँ बजेट छुट्ट्याएको प्रहरी प्रवक्ता केसीले बताए ।

प्रहरीले १ लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव पठाए पनि अर्थमन्त्रालयले भने १ लाख म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको थियो ।

यस्तै प्रहरीमा प्रयोग हुने सञ्चारका साधनका लागि ३० करोड रुपैयाँ प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भौगोलिक हिसाबले जटिल ठाउँमा कमजोर गाडी

उपयुक्त सवारी साधन नहुँदा पहाडी र हिमाली जिल्लाका दुर्गम भेगमा सुरक्षा निगरानी र अपराध भएको स्थानमा समयमै पुग्न नसकिने समस्या छ ।

‘पहाडी र हिमाली जिल्लामा भएका सवारी साधन पुराना हुँदा नतान्ने, छिटोछिटो बिग्रिने समस्याले अपराध भएको ठाउँमा समयमै पुग्न नसक्ने समस्या छ,’ ती अधिकारीले लोकान्तरसँग भने, ‘झन् बिग्रिएका गाडीहरू बनाउन समय लाग्छ, त्यसले गर्दा सुरक्षा निगरानीमा समस्या परेको छ ।’

प्रहरी प्रधान कार्यालयका अनुसार अहिले संघीय व्यवस्था लागू भएपछि प्रहरी चौकीको संख्या अत्यधिक वृद्धि भएको छ ।

तराईका जिल्लामा भन्दा पनि पहाडी जिल्लामा चौकीहरू वृद्धि भएका छन्, तर सवारी साधन थप नहुँदा भएका सवारी साधनलाई नै व्यवस्थापन गर्दै आएको छ । 

अहिले प्रहरीसँग देशभरमा करीब १५ सयको हाराहारीमा हेभी र लाइट सवारी साधन छन् । २ हजार १ सयको हाराहारीमा मोटरसाइकल रहेको प्रहरीका एक उच्च अधिकारीले बताए । 

त्यसमा पनि १ सयको हाराहारीमा गाडी र ७५ वटा मोटरसाइकल काम नलाग्ने अवस्थामा छन् ।

प्रहरी प्रधान कार्यालय मातहत २६६ वटा मोटरसाइकल र २ सय ५३ वटा गाडी गरी ५१९ सवारी साधन छन् ।

यसैगरी महानगरीय प्रहरी कार्यालय र मातहतका प्रहरी परिसरहरू, अपराध महाशाखा, ट्राफिक महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा २४० मोटरसाइकल र २६९ गाडी गरी ५०९ वटा सवारी रहेको तथ्यांक छ ।

प्रहरीसँग अहिले रहेका सवारी साधनहरू छिट्टै बिग्रिँदा समस्या हुँदै आएको छ । मर्मतमा पनि ठूलो धनराशी खर्च हुँदै आएको छ ।

‘३ वटा गाडी छन्, तीमध्ये २ वटा बिग्रिएका छन्, तर बनाउने बजेट छैन,’ एक जिल्ला प्रहरी कार्यालयका प्रमुखले लोकान्तरसँग भने, ‘स्थानीय समुदाय र व्यापारीहरूले बनाइदिन्छन् कि भन्ने आशामा छौं ।’

अहिले चुनावका बेला गाडी खरिद गर्ने योजनामा प्रहरी रहेपनि बजेट उपलब्ध नभएपछि अन्योल बढेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x