×

NIC ASIA

झ्याप्पझ्याप्प बिजुली गएपछि उद्योगीले मागे लोडसेडिङ तालिका

चैत १५, २०७८

Prabhu Bank
NTC
Premier Steels

मोरङका उद्योगीहरूले १२ घण्टासम्म लोडसेडिङ हुँदा उत्पादनमा भारी गिरावट आएको बताएका छन् ।

Muktinath Bank

मोरङका तीन व्यापारिक संस्थाहरूले बुधवार पत्रकार सम्मेलन गर्दै उत्पादन गरेको वस्तुमा ६० प्रतिशतसम्म गिरावट बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ तथा उद्योग संगठन मोरङले संयुक्त पत्रकार सम्मेलन गर्दै सहजरुपमा उद्योग सञ्चालन गर्ने वातावरण बनाइदिन माग गरेका छन् । 


Advertisment
Nabil box
Kumari

गत चैत ८ गतेदेखि नियमित १२ घण्टासम्म बिजुली कटौती हुँदा उद्योगधन्दा नै बन्द गर्नुपर्ने अवस्था उनीहरूको भनाइ छ । 

Vianet communication

दुई वर्षदेखि कोरोना महामारीले थला परेका उद्योग व्यवसाय क्षेत्रले केही महिनायता भोग्नुपरेको वित्तीय संकट तथा बढ्दो ब्याजदरले मरणासन्न अवस्थामा पुर्‍याएको बेला विना सूचना लामो समयसम्म गरिएको लोडसेडिङले समस्या भएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । ‘ऊर्जामन्त्री तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले उद्योग–उद्योगमै आएर विद्युत दिन्छौँ लगानी बढाउनुहोस् भनेर पहिला हौसला दिएका थिए,’ उनले भने, ‘तर यति बेला भने उनीहरू फोनसमेत उठाउँदैनन् ।’ 

पिक समयमा विद्युत कटौती गर्दा मजदुरसमेत मारमा परेको उनीहरूको भनाइ छ । विद्युत कटौती भएपछि मजदुर कामविहीन हुँदा उनीहरूको चुल्होसमेत बल्न छाड्ने उनीहरूको भनाइ छ । 

विद्युत संकटको अवस्था सिर्जना भएको भन्दै आपूर्ति बन्द गरिनु सरकारनै गैरजिम्मेवार देखिएको नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेको आरोप छ । ‘हाम्रो उत्पादनमा ६० प्रतिशतसम्म गिरावट आएको छ,’ उनले भने, ‘राज्यले ध्यान नदिने हो भने हामी अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्दिनँ ।’ 

खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुसमेत अन्य देशबाटै खरीद गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । 

उद्योगलाई आवश्यक विद्युत उपलब्ध गराउनसमेत उनीहरूले माग गरेका छन् । उनीहरूले ३८ रूपैयाँ प्रतियुनिटले बिजुली किन्न नसक्ने समेत बताएका छन् । 

चैत १० गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय बजारमा बिजुलीको भाउ निकै बढेकाले नेपालको मागलाई धान्न महँगोमा बिजुली किन्नु परेको बताएका थिए । तर, उद्योगीहरूले भने आफूले ३८ रूपैयाँ तिरेर उद्योग नै चलाउन नसक्ने बताएका छन् । 

सहज र सरल हिसाबले सरकारले उद्योगीहरूलाई सहयोग गर्नुपर्ने उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको भनाइ छ । 

उनीहरूले लोडसेडिङको तालिकासमेत मागेका छन् । ६ घन्टासम्म लोडसेडिङको मार खेप्न सकिने भन्दै उनीहरूले प्राधिकरणसँग तालिका माग गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x