×

NMB BANK
NIC ASIA

गभर्नर निलम्बनले तरंग : कसले के भने ?

चैत २६, २०७८

NTC
Premier Steels

अर्थतन्त्रलाई ध्वस्त बनाउन भूमिका खेलेको तथा गोप्य सूचना चुहाएको आरोपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनपछि यसको पक्षविपक्षमा बहस सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा नेपाललगायतले निलम्बनको विरोध गरेका छन् भने सत्तारुढ दलका नेताहरु मौन छन् । 

Muktinath Bank

सामाजिक सञ्जालमा भने कतिपयले अर्थतन्त्र संकटमा गएका बेला सरकारले ‘गलत’ कदम चालेको भनेर टिकाटिप्पणी भइरहेको छ । यस्तै चुनावको मुखमा चालिएको यो कदमले गठबन्धनलाई नै राजनीतिक रुपमा क्षति हुने पनि कतिपयको टिप्पणी छ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले गभर्नरमाथि छानबिन गर्न तीन सदस्यीय छानबिन समिति बनाएसँगै अधिकारी स्वतः निलम्बनमा परेका हुन् । अहिले निमित्त  गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई दिइएको छ । 


Advertisment
Nabil box
Kumari

अर्थमन्त्री हटाउनुपर्छः रिजाल
नेकपा एमालेका प्रचारविभाग उपप्रमुख विष्णु रिजालले गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले ‘टाउको दुखेको औषधी नाइटोमा’ लगाएको टिप्पणी गरेका छन् । 

Vianet communication

तस्करीको लाइन खुलेआम खुलाएर देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गनुपर्नेमा अर्थतन्त्र सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेका गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले गलत कार्य गरेको उनको आरोप छ । 

‘यसले मुलुकलाई द्रूततर गतिमा श्रीलंकाको बाटोमा लैजानुबाहेक केही गर्दैन । अर्थतन्त्रका बारेमा कुनै सरोकार नभएका र ‘अर्थ’मा मात्रै विशेष रुचि भएका जनार्दन शर्माका गुरिल्लागिरीबाट अर्थतन्त्रलाई मुक्त गर्ने होइन भने देश टाट पल्टिने दिशामा दौडिनबाट कसैले रोक्न सक्दैन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

रवीन्द्र मिश्रको कटाक्ष–बाँकी नेपाली सेना मात्र छ
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले हुँदाहुँदा राष्ट्र बैंकपनि प्रत्यक्ष राजनीतिक हस्तक्षेपमा परेको भन्दै कटाक्ष गरेका छन् ।  उनले सर्वोच्चदेखि प्रहरी, प्रशासन, विश्वविद्यालय, केही राजनीतिक हस्तक्षेपबाट टाढा नरहेको टिप्प्णी गर्दै अब  ‍बाँकी नेपाली सेना मात्र रहेको बताएका छन् ।

सेना पनि कहिले विथोलिने हो थाहा नभएको मिश्रको कटाक्ष छ उनले जे रोप्यो फल्ने  त्यही हो भन्दै काम गर्दा कमजोरी हुनु र नियतवस राष्ट्रघाति हुनमा आकाश जमिनको अन्तर हुने पनि बताएका छन् । 
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हुँदाहुँदा राष्ट्र व्याङ्क पनि प्रत्यक्ष राजनीतिक हष्तक्षेपमा पर्यो। सर्वोच्चदेखि प्रहरी, प्रशासन, विश्वविद्यालय, केही बाँकी छैन। ‍बाँकी, नेपाली सेना मात्र छ। त्यो पनि कहिले विथोलिने हो थाहा छैन। भोगौँ। जे रोप्यौँ त्यही फल्ने न हो। काम गर्दा कमजोरी हुनु र नियतवस राष्ट्रघाति हुनमा आकाश जमिनको अन्तर छ।’

 रिमालले भने–‘ढङ्ग मरु–कसो गरूँ !’
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको विषयमा एमालेका उपमहासचिव विष्णु रिमालले ‘ढङ्ग मरु–कसो गरूँ !’ भन्दै कटाक्ष गरेका छन् । निरन्तर बिग्रिरहेको अर्थतन्त्रलाई ठीक बाटोमा ल्याउन सबैसँँग सहयोगको याचना गर्नुपर्ने बेला अर्थमन्त्री जनार्दन शर्माले लिएको निर्णय गलत भएको पनि उनको टिप्पणी छ । 

‘आफ्नो अक्षमता छोप्न अरूमाथि जाई लाग्नेलाई  हाम्रो तिर भन्थे–‘ढङ्ग मरु–कसो गरूँ!’, उनले सामाजिक सञ्जालमा कटाक्ष गरेका छन्, ‘निरन्तर बिग्रिरहेको अर्थतन्त्रलाई ठीक बाटोमा ल्याउन  सबैसँँग सहयोगको याचना गर्नुपर्ने बेला प्रिय अर्थमन्त्रीजी, अर्थकै ‘वैधानिक’ सल्लाहकार गभर्नरलाई  निलम्बन गरेर महान काम गर्नुभयो ।’ 

हिजो अस्ति करोडको चर्चा हुनु  र अहिले गभर्नरलाई  निलम्बन गर्नुले शंका जन्माएको उनको भनाइ छ । ‘स्याल कराउनु र  बाख्रा हराउनु” जस्तै हो त ?’, उनले प्रश्न गरेका छन् ।
कमल थापाको यस्तो सुझाव

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय सच्याउन सरकारलाई सुझाव दिएका छन् । गभर्नर निलम्बनले समग्र आर्थिक क्षेत्रमा गलत सन्देश प्रवाहित भएको थापाको भनाइ छ । 
‘अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा नेपाल राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शी, गैरजिम्मेवार र निन्दनीय छ’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसले समग्र आर्थिक क्षेत्रमा गलत सन्देश प्रवाहित भएको छ। यो निर्णय तत्काल सच्याउनु राम्रो हुन्छ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x