फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
काठमाडौंको टोखा नगरपालिकामा ४० मतदान केन्द्र राखिने भएको छ ।
काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १५ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने टोखा नगरपालिकाका सहायक निर्वाचन अधिकृत अनिलप्रसाद जोशीले जानकारी दिए ।
टोखामा विभिन्न ५६ पदका लागि २४६ जनाले उम्मेदवारी दिएका छन् ।
नगर प्रमुखमा १५, उपप्रमुखमा ६, वडाध्यक्षमा ५६, खुला वडा सदस्यमा ९४, महिला वडा सदस्यमा ४४ र दलित महिला सदस्यमा ३१ जनाको उम्मेदवारी परेको जोशीले बताए ।
जोशीका अनुसार कूल ५७ पदका लागि निर्वाचन हुनुपर्नेमा १ दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । उनले टोखा–२ का दलित महिला सदस्य लक्ष्मी हिङमाङ निर्विरोध निर्वाचित भएका जानकारी दिए । उनी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुन् ।
टोखाको स्थानीय निर्वाचनका लागि १० राजनीतिक दलले भाग लिएका छन् भने अन्य स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
सहायक निर्वाचन अधिकृत जोशीले पछिल्लो समय निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमन लगायत काम गरिरहेको बताए । साविक झोर महांकाल, टोखा चण्डेश्वरी, धापासी, गोंगबु लगायतका गाउँ विकास समितिलाई समेटेर निर्माण भएको टोखा नगरपालिकामा ११ वडा रहेका छन् ।
नगरपालिकामा स्थानीय तहको निर्वाचनका लागि कूल ३४ हजार ६७६ मतदाता रहेको निर्वाचन कार्यालय टोखाले जनाएको छ ।
टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट रजनी थापा र उपप्रमुखमा मुरारी तामाङ तथा नेकपा एमालेको तर्फबाट प्रमुखमा प्रकाश अधिकारी र उपप्रमुखमा ज्ञानमाया डङ्गोलले उम्मेदवारी दिएका छन् ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...