×

NMB BANK
NIC ASIA

किनेको जग्गा अलपत्र, खोला किनारमा फोहोर फाल्दै विराटनगर महानगरपालिका

जेठ २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

फोहोरबाट मोहर बनेका उदाहरणहरू प्रशस्तै सुन्न पाइन्छ । तर, विराटनगर महानगरपालिकालाई भने फोहोरको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ ।

Muktinath Bank

प्रदेश १ को एक मात्रै महानगरपालिका विराटनगर फोहोरबाट मोहोर बनाउन चुकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरले हालसम्म पनि ल्यान्डफिल्ड साइटको व्यवस्थापन गर्न नसक्दा फोहोर नदी किनारमा थुपारिँदै आएको छ । ल्यान्डफिल्ड साइट बनाउने बहानामा जग्गा खरिद गर्नेभन्दा अन्य काम महानगरले गर्न सकेको छैन ।


Advertisment
Nabil box
Kumari

१२ वर्ष अगाडि बुढीगंगाको हात्तीमुडामा साढे २६ बिगाहा जमिन खरिद गरिएको थियो भने ६ महिनाअघि विराटनगर १६ मा १० बिगाहा जमिन खरिद गरेको विराटनगर महानगरपालिका वातावरण शाखाकी प्रमुख अनिता कोइरालाले बताइन् । 

Vianet communication
Laxmi Bank

फोहोर व्यवस्थापनको काम भने निजी क्षेत्रलाई दिइएको छ । तीन खण्डमा तीनवटा निजी कम्पनीलाई फोहोर संकलनको जिम्मा दिएको छ । उत्तरी क्षेत्रमा नेपाल फूलबारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल नामक कम्पनीले काम गरिरहेको छ भने मध्य क्षेत्रमा स्वास्थ्य र शान्तिका लागि नेपाल नामक संस्थाले फोहोरमैला व्यवस्थापनको काम गरिरहेको छ । यस्तै दक्षिणी क्षेत्रमा आरएसडी सप्लायर्स सर्भिसेज नामक कम्पनीले काम गरिरहेको छ । 

निजी कम्पनीलाई महानगरपालिकाले रकम उपलब्ध गराउने गरेको छ । वातावरण शाखाकी प्रमुख कोइरालाका अनुसार उत्तरी क्षेत्रमा काम गर्ने फूलबारी वेस्टले मासिक ९० हजार, दक्षिणी  क्षेत्रमा काम गर्ने आरएसडी सप्लायर्सले मासिक ३ लाख महानगरपालिकाबाट बुझ्ने गरेका छन् । मध्य क्षेत्रमा काम गर्ने स्वास्थ्य र शान्तिका लागि नेपाल नामक संस्थाले मासिक १ रुपैयाँ बुझ्ने गरेको छ ।

सड्ने तथा नसड्ने फोहोर विराटनगर– ६ स्थित केसलिया खेलाको किनारमा डम्पिङ गर्ने गरिएको छ । अस्पतालमा मरेका बच्चा समेत त्यहीँ फाल्ने गरिएको छ । फोहोर मैला व्यवस्थापन ऐन २०६८ को परिच्छेद –३ मा ‘स्थानान्तरण केन्द्र तोक्दा जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी तोक्नुपर्ने र यसरी तोकिएको स्थललाई दुर्गन्ध नआउने गरी आवश्यक व्यवस्था समेत गर्नु पर्नेछ,’ भनी उल्लेख गरिएको छ । 

यस्तै स्थानीय तहले आफ्नो क्षेत्रभित्र संकलन भएको फोहरमैलालाई व्यवस्थापन तथा स्थायी रूपमा विसर्जन गर्नका लागि वातावरणसम्बन्धी प्रचलित कानूनको अधीनमा रही फोहर मैला व्यवस्थापन स्थल (स्यानिटरी ल्यान्डफिल साइट) तोक्न सक्ने समेत उल्लेख गरिएको छ । तर महानगरले भने निजी क्षेत्रलाई जिम्मा दिएर खोलाको किनारमा फोहोर थुपारिरहेको छ ।

खोलाको किनारमा डम्पिङ साइट बनाउनु उचित नभएको वातावरण क्षेत्रका जानकार बताउँछन् । खोला किनारमा डम्पिङ साइट बनाउँदा यसको असर समुद्रसम्म नै पुग्ने डिग्री क्याम्पस विराटनगरका उपप्राध्यापक समेत रहेका वातावरण क्षेत्रका जानकार रामचन्द्र अधिकारीले बताए ।

महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइराला योजना नै बनाएर विराटनगरको फोहोरलाई व्यवस्थित गरिने बताउँछन् । कुहिने फोहोरलाई मल बनाएर बेच्ने र नकुहिने फोहोरलाई पनि पुनः प्रयोग गर्न सक्ने गरी बनाउने योजना महानगरको रहेको उनले बताए । ‘फोहोरलाई नै आम्दानीको स्रोत बनाउने लक्ष्य लिएको छु,’ उनले भने ‘त्यसका लागि अध्ययन समेत शुरू गरेको छु ।’ 

प्रदेश १ मा धनकुटा नगरपालिकाले भने फोहोरबाट आम्दानी गरिरहेको छ । नगरपालिकाले मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहोरलाई कम्पोस्ट मलका लागि प्रयोग गर्दै आएको छ । कागज, काँच, प्लास्टिक र धातुजन्य फोहोर छुट्ट्याएर बिक्री गरिन्छ । २०७४ सालमा सफा शहरको पुरस्कार समेत धनकुटाले जितेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x