×

NMB BANK
NIC ASIA

प्रकाश दुतराजको नयाँ गीत, ‘बैनी झ्यालैमा’देखि ‘जाम भो माईली’भित्रका पात्रहरू समेटेर ल्याए ‘मन भुल्छ’

जेठ २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आफ्ना मौलिक सांगीतिक सिर्जनामार्फत स्रोता दर्शकको मन जितिरहेका प्रकाश दुतराजले नयाँ गीत सार्वजनिक गरेका छन् – मन भुल्छ । 

Muktinath Bank

मंगलबार राति सार्वजनिक यो उनको ‘जाम भो माईली’पछिको अफिसियल गीत हो । जुन गीत उनले ७ महिनाको अन्तरमा श्रोता/दर्शकमाझ ल्याएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रकाश आफ्ना गीतका शब्दलहर आफै बुज्दै आएका छन्, आफै भाका हाल्दै आएका छन् । ‘मन भुल्छ’मा पनि उनकै शब्द र संगीत छ । कृष्ण बि.कले गीतको एरेन्ज गरेका छन् ।


Advertisment
Nabil box
Kumari

गीतमा प्रकाशसँगै गायिका शान्तीश्री परियारले स्वर दिएकी छिन् । प्रकाश र शान्तीश्रीले स्वर दिएका ‘घर कता हो बहिनी’ र ‘जाम भो माईली’ गीत यसअघि करोड क्लबमा पुगिसकेका छन् । 

Vianet communication
Laxmi Bank

‘मन भुल्छ’को भिडियोमा भने प्रकाशले नयाँ र रचनात्मक प्रयोग छन् । त्यो के भने यसमा आफ्ना यसअघि स्रोता दर्शकले रुचाएका सिर्जनाभित्रका पात्रहरुलाई एउटै भिडियोभित्र प्रस्तुत गरेका छन् ।

प्रकाशको ‘बैनी झ्यालैमा’ गीतलाई स्रोता दर्शकले रुचाए ।

त्यसपछि सार्वजनिक गीत ‘चोली मैलै भो’ले विस्तारै चर्चा पाउँदै गएर करोड क्लबको नजिक पुग्यो । 

‘घर कता हो बैनीको’ निकै लोकप्रिय भयो । अनि ‘जाम भो माइली’ले प्रकाशलाई करोड क्लबमा ‘ह्याट्रिक’ गराइदियो ।

 हो, यीनै चारवटा ‘हिट’ सिर्जनाभित्रका पात्रहरुलाई ‘मन भुल्छ’मा एउटै भिडियोभित्र हेर्न सकिन्छ । 

भिडियोमा प्रकाश दुतराजसँगै सुजल बम, भूमिका गिरी, जुना सुन्दास, आयुष्मा कार्की, विजय पुन, रोशनी कार्कीलाई प्रस्तुत गरिएको छ ।

यीबाहेक यसअघिका चार गीतमा नरहेकी मोडल गीता ढुंगाना भिडियोमा प्रस्तुत छिन् ।

भिडियोमा उनले यसअघिका पात्रको पहिरन शैली, अभिनयलाई पनि उही रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । 

‘स्रोता दर्शकहरुले रुचाइदिनुभएको पात्रहरुलाई एकै ठाँउमा राखेर, एउटा कथा बुनेर, शब्दहरुमा लय राखेर गीत बनाएको हुँ’ प्रकाशले भने । 

भिडियोमा उनी ‘क्रियटर’को भूमिकामा प्रस्तुत छन् र उनले अघिल्ला सिर्जनाका पात्रहरुलाई कल्पना गरेका छन् । प्रकाश सांगीतिक क्षेत्रमा सम्भावना बोकेका पछिल्लो पुस्ताका सर्जक हुन् । 

मौलिक मिठासले भरिपूर्ण सिर्जनाहरु ल्याउँदै आएका उनका सिर्जनाहरुलाई स्रोता दर्शकले रुचाउँदै आएका छन् । 

मौसम हिमालीको निर्देशन रहेको ‘मन भुल्छ’को भिडियोलाई अनिल के. मानन्धनले छायाँकन गरेका हुन् ।

नबिन घर्ती मगरको सम्पादन तथा कलरपछि भिडियो सार्वजनिक गरिएको हो । अघिल्ला सिर्जनाहरुलाई जस्तै यसलाई पनि स्रोता दर्शकले रुचाउने प्रकाशले विश्वास लिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x