×

NMB BANK
NIC ASIA

हलमा फ्लप फिल्मको सिक्वेल बनाउने सोचमा किन पुगे शोभित ?

जेठ २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

हल प्रदर्शनमा असफल भएको फिल्म हो, ‘डाँडाको वरपीपल’ ।

Muktinath Bank

गत वर्षको असोजमा प्रदर्शनमा आएको फिल्म हेर्न हलमा दर्शकको खडेरी परेको थियो । तर, हलमा असफल यस फिल्मको सिक्वेल निर्माण हुने भएको छ । निर्देशक शोभित बस्नेतले ‘डाँडाको वरपीपल २’ निर्माण गर्ने घोषणा गरेका छन् । ‘फिल्मको लागि तयारीमा लाग्न थालिसकेका छौं,’ बस्नेतले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा प्रायः हलमा सफल भएका फिल्मको मात्र सिक्वेल निर्माण हुँदै आएका छन् । तर शोभितले हलमा असफल भएको फिल्मको सिक्वेल बनाउने सोँच किन बनाए ? 


Advertisment
Nabil box
Kumari

‘हलमा कमजोर देखिएपनि फिल्मले युट्युबमा निकै राम्रो भ्युज पाएको छ । अपलोड भएको १८ घण्टामा फिल्म ट्रेन्डिङको पहिलो नम्बरमा आयो । युट्युबमा प्रतिक्रियाहरु समेत शत प्रतिशत प्रतिक्रिया राम्रो आएको छ’ शोभितले लोकान्तरसँग भने, ‘सोही कारण नै सिक्वेल बनाउने सोँचमा पुगेका हौं ।’ 

Vianet communication
Laxmi Bank

उसो त सिक्वेल बनाउने सोँचका साथ नै ‘डाँडाको वरपीपल’को छायाँकन प्रारम्भ गरिएको थियो । कलाकारहरुसँग सोही अनुसार कुरा पनि भएको शोभित बताउँछन् । 

‘तर, रिलिजका बेला विभिन्न घटना, परिघटनाहरु भए । हल पनि कोरोनापछि भर्खरै खुलेको थियो । सोही कारण हामी धेरै दर्शकसम्म पुग्न सकेनौं । हलमा राम्रो दर्शक नआउनुभएपनि ठिकै छ दोस्रो पार्ट नगर्ने भनेर बसेका थियौं’ बस्नेतले भने, ‘तर अहिले युट्युबमा रिलिज भएपछि निकै राम्रो प्रतिक्रिया आएका छन् । सोही कारण सिक्वेल बनाउने निर्णय लिएका हौं ।’

उसो त युट्युबमा प्रायः जसो फिल्मले राम्रो भ्युज पाउने गरेका छन् । तर, प्रतिक्रिया भने सबैको शतप्रतिशत राम्रो नआउने बस्नेत बताउँछन् । भ्युज भन्दा पनि राम्रो प्रतिक्रियाका कारण सिक्वेल बनाउन लागेको उनी बताउँछन् । सिक्वेलमा यसअघिकै कथालाई निरन्तरता दिने बस्नेतले बताए । 

‘डाँडाको वरपीपल’मा सलोन बस्नेत, रुबिना थापा, शिव श्रेष्ठ, गौरी मल्ल लगायतको मुख्य भूमिका छ । सिक्वेलमा पनि उनीहरु नै रहने यद्यपी टुंगो भने लागिनसकेको निर्देशक बस्नेतले बताए । ‘अरु दिमागमा हुनुहुन्न । उहाँहरु चार जनासँग नै एकचरण कुरा गर्दैछौं । त्यसपछि मात्र अरु कलाकारहरु तय हुन्छ’ उनले भने ।  फिल्मको निर्मातामा भने बुढासुब्बा मुभिजनै हुने बस्नेतको भनाइ छ । 

‘डाँडाको वरपीपल’गत शनिबार युट्युबमा सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको दोस्रो दिनदेखि नै फिल्म ट्रेन्डिङको शीर्षस्थानमा रहिरहेको छ । फिल्मले लोभलाग्दो भ्युज पाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x