×

NIC ASIA

धर्म परिवर्तनको डढेलोले मुलुकलाई खतरातर्फ धकेल्यो : कमल थापा

जेठ २६, २०७९

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको डढेलोले मुलुकलाई खतरातर्फ धकेलेको दाबी गरेका छन् ।

Muktinath Bank

पछिल्लो डेढ दशकमा ३० लाखभन्दा बढी नेपालीलाई धर्म परिवर्तन गराइएको भन्दै उनले यसबाट देश धार्मिक द्वन्द्वतर्फ जाने अवस्था सिर्जना हुँदै गएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राप्रपा नेपाल लुम्बिनी प्रदेशले बिहीवार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले भने, ‘धर्म परिवर्तन गर्नेमा बढी आदिवासी जनजाति र दलित समुदाय छन् । यसबाट देश धर्मकै कारण अप्ठ्यारोमा जाने अवस्था देखिन्छ । यो मुलुकका लागि ठूलो अप्ठ्यारो अवस्थातर्फ गएको संकेत हो ।’


Advertisment
Nabil box
Kumari

उनले हिन्दू राष्ट्र र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जानुपर्ने बताए । बहुमत जनता अहिले पनि हिन्दू राज्यको पक्षमा रहेका भन्दै उनले यो विषयमा जनमत संग्रह गर्नुपर्ने बताए ।

Vianet communication

राजतन्त्र पुनःस्थापनाको एजेण्डा राप्रपाले छाडे पार्टी एकता हुने बताए । अहिलेको अवस्थामा राजतन्त्र पुनःस्थापना सम्भव नभएको बताउँदै उनले राजेन्द्र लिङ्देन नेतृत्वको पार्टीले राजतन्त्रको एजेन्डा छाडे पार्टी एकता गरेर आफूले नेतृत्व समेत हस्तान्तरण गर्ने उनले बताए ।

‘असम्भव एजेन्डा बोक्दा आफैं फेल हुने भएकाले राजतन्त्र पुनःस्थापनालाई छाडेर हिन्दूराज्यको एजेन्डा बोकेका हौं । यदि यो राजतन्त्र पुनःस्थापनाको एजेण्डा लिङ्देनले छाडे म पार्टी उहाँलाई बुझाइदिन तयार छु,’ थापाले भने ।

थापाले संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने राप्रपा नेपालको एजेण्डा रहेको उनले बताए ।

सरकारको गलत नीति र अकर्मण्यताका कारण देशमा तीव्रगतिले महंगी बढेको थापाले बताए । पेट्रोलियम पदार्थ, ग्यासमा सरकारले अनावश्यक कर लगाउँदा अत्यधिक मूल्यवृद्धि भएको भन्दै पेट्रोलियम पदार्थ र ग्यासमा लगाउँदै आएको कर घटाएर जनतालाई राहत दिनुपर्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x