×

NMB BANK
NIC ASIA

चुनावी सुरक्षाको प्रश्न

संसदीय चुनाव एकै चरणमा गराउन आयोगले खोजेको सुरक्षा, वैशाख ३० मा के कमजोरी भएको थियो ?

असार ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सुरक्षाका हिसाबले कमजोरी भएको गुनासो स्वयं निर्वाचन आयोगले नै गरेको छ । 

Muktinath Bank

नयाँ संविधान जारी भएपछि यसपालि दोस्रोपटक निर्वाचन भएको हो । यसअघि २०७४ सालमा पहिलोपटक तीन चरणमा स्थानीय चुनाव भएको थियो । यसपालि वैशाख ३० मा एकैपटक स्थानीय निर्वाचन भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले स्थानीय तहको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै संघीय चुनाव कात्तिक/मंसिरमा गर्ने तयारी अगाडि बढाएको छ ।


Advertisment
Nabil box
Kumari

तर, निर्वाचन आयोगले भने सुरक्षा व्यवस्था स्थानीय तह निर्वाचनका बेलामा जस्तो हुने हो भने समस्या हुने भन्दै सचेत गराएको छ ।

Vianet communication
Laxmi Bank

समयमा निर्वाचन गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेपनि सुरक्षामा सरकारले विशेष ध्यान देओस् भन्ने उसको चाहना छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया सुरक्षा कमजोरीकै कारण कतिपय ठाउँमा दोहोर्‍याएर निर्वाचन गर्नुपरेको बताउँछन् ।

‘जुन–जुन ठाउँमा पुनः निर्वाचन गर्नुपर्ने भएको छ, त्यहाँ निर्वाचन आयोगका कारणभन्दा पनि सुरक्षा कमजोरीका कारण त्यस्तो अवस्था आएको हो,’ प्रमुख आयुक्त थपलियाले लोकान्तरसँग भने ।

सुरक्षाका दृष्टिकोणले संवेदनशील देखिएका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । अन्यथा संघ र प्रदेशको चुनावमा पनि समस्या निम्तिन सक्ने चिन्ता थपलियाले व्यक्त गरे ।

निर्वाचन आयोगको तथ्यांकअनुसार बाजुराको बुढीगंगा नगरपालिकाका १० वटा मतदान केन्द्रसहित देशभरका ८२ स्थानमा सुरक्षा कमजोरीका कारण समस्या उत्पन्न भएको थियो ।

तर गृहमन्त्रालयले भने सुरक्षाका कारणले कुनै पनि ठाउँमा निर्वाचनलाई असर नपुगेको बताएको छ । 

‘सुरक्षा ल्याप्सेसले गर्दा कुनै ठाउँमा निर्वाचनमा समस्या आएको होइन,’ गृह मन्त्रालयका सह–प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘गृह मन्त्रालयले सुरक्षा दिन नसकेका कारणले त्यस्तो कुनै समस्या आएको होइन ।’

निर्वाचनको समयमा हवाई फायरलगायतका सुरक्षाका उपाय अपनाउन पर्नाको कारण सामाजिक, सांस्कृतिक र राजनीतिक रहेको उनको भनाइ छ ।

त्यो बेलामा झडप भएका ठाउँहरू तत्कालै समस्या समाधान भएको र निर्वाचन पनि भइसकेकाले सुरक्षा ल्याप्सेस भएको भन्न नमिल्ने उनले बताए ।

स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर र यसपालि झडप भएका क्षेत्रलाई आधार बनाएर निर्वाचनलक्षित सुरक्षा योजना बनाउने तयारी गृहमन्त्रालयको छ ।

‘अहिलेको झडप भएका क्षेत्रलाई विश्लेषण गरेर आगामी निर्वाचनमा सुरक्षा योजना बनाउँदा निश्चय नै ध्यान जान्छ,’ सह–प्रवक्ता पोखरेलले लोकान्तरसँग भने ।

गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी लगायत गठबन्धनलाई जिताउनका लागि सुरक्षा निकायलाई अप्रत्यक्षरूपमा निर्देशन दिएको भन्ने आरोप लागेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले सुरक्षा निकायको दुरुपयोग गरेको आरोप लगाएका थिए । 

चितवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बहालवाला मन्त्रीहरू निर्वाचनको अघिल्लो दिन सुरक्षाकर्मीहरू सहित सडकमा देखिनुले पनि सुरक्षा कति फितलो थियो भन्ने देखाएको थियो ।

निवार्चनको दिन कहाँ–कहाँ भएको थियो तनाव ?

स्थानीय तहको निर्वाचनको दिन देशका विभिन्न मतदान केन्द्रमा सुरक्षाकर्मीले हवाई फायर गर्नुपरेको थियो ।

काभ्रे, रामेछाप, दोलखा, रौतहट, धनुषा, सप्तरी, गोरखा, अर्घाखाँची, डोल्पा लगायतका जिल्लामा निर्वाचनका दिन तनाव भएको थियो ।

काभ्रेको कात्तिके देउरालीमा विवाद हुँदा मतपेटिका नै फुटाइएको थियो । 

रौटहटको फतुवा विजयपुर नगरपालिका– ३ स्थित शीतलपुर मतदान केन्द्रमा २ पक्षबीच विवाद हुँदा हवाई फायर गर्नुपरेको थियो ।

मतदानस्थलमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर गरेको थियो । 

धनुषाको शहीदनगर नगरपालिकामा एक दृष्टिविहीन मतदाताको इच्छाविपरीत सहायक मतदान अधिकृतले छाप लगाएको विषयमा विवाद उत्पन्न भएपछि हवाई फायर भएको थियो । 

महोत्तरीको बलवा नगरपालिकामा प्रहरीले हवाई फायर गरेको थियो । बलवा नगरपालिकाको वडा नम्बर ५ स्थित मनशिखा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा तनाव हुँदा हवाई फायर गर्नुपरेको थियो ।

बझाङको जयपृथ्वी नगरपालिका–७ को मतदान स्थलमा झडप भएको थियो ।  त्यहाँ पनि प्रहरीले दर्जनौं राउन्ड हवाई फायर गरेको थियो । 

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदान केन्द्रमा स्थानीयले मतपेटिका फुटाएका थिए । 

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ मा मतदानस्थल तोडफोडका कारण रणमैदान बनेको थियो ।

दोलखाको बैतेश्वर मतदानस्थल र मेलुङ गाउँपालिकाको ४ नम्बर मतदान स्थलमा झडप हुँदा प्रहरीले १३ राउन्ड हवार्ई फायर गरेको थियो । 

निर्वाचन अयोगको तथ्याङ्क अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिकाको २ नम्बर वडा, जुम्लाको गुठीचौर गाउँपालिकाको ३ नम्बर वडा, कालिकोट रास्कोट गाउँपालिकाको ४ नम्बर र पचलझरनाको ३ नम्बर वडा, बझाङको जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडा, धनकुटाको शहीदभूमि गाउँपालिको ६ नम्बर वडा, सप्तरीको रुपनी गाउँपालिको ५ नम्बर वडासहित देशभरका ८२ ठाउँमा समस्या आएर पुनः मतदान गर्नुपरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x